• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आयुर्वेदबाट नयाँ रोगको प्रभावकारी उपचार गर्न सम्भव हुने–स्वास्थ्यमन्त्री यादव

June 15th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आयुर्वेदबाट नयाँ रोगको प्रभावकारी उपचार गर्न सम्भव हुने–स्वास्थ्यमन्त्री यादव

काठमाडौँ, १ असारः उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आयुर्वेद मार्फत नयाँ रोगको उपचार सम्भव बनाउनुपर्ने बताउनुभएको छ । नेपाल आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रले आज राजधानीमा आयोजना गरेको नेपाल, भारत र चीनका विशेषज्ञ सहित अन्तर्रा्ष्ट्रिय गोष्ठीमा उहाँले भारत र चीनसँगको सहकार्यले मात्र आयुर्वेदबाट नयाँ रोगको प्रभावकारी उपचार गर्न सम्भव हुने बताउनुभयो ।

उपप्रधानमन्त्री यादवले आयुर्वेद परम्परा, संस्कृतिसँग जोडिएकाले यसको प्रवद्र्धन गर्दै नयाँ रोगको उपचार पनि आयुर्वेद पद्दतिबाट गर्न आधुनिक ज्ञान, प्रविधिको विकास गरिनुपर्ने बताउनुभयो । उहाँले नीतिनिर्माण तहमा आयुर्वेदलाई महत्व नदिइएकाले अपेक्षित विकास र विस्तार हुन नसकेको बताउनुभयो ।

जडीबुटीको प्रचुर सम्भावनालाई उपयोग गर्दै आयुर्वेद उपचार पद्दतिको गुणस्तर बृद्धि गर्न सकेमा आधुनिक औषधि आयात गर्नुपर्ने अवस्थामा समेत कमी आउने मन्त्री यादवको भनाइ थियो ।

स्वास्थ्य सचिव पुष्पा चौधरीले सरकारले आयुर्वेदलाई सधैँ प्राथमिकतामा राखेको उल्लेख गर्दै देश संघीयतामा गइसकेकाले यसको अझ विकास हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रका कार्यकारी निर्देशक डा सिद्धार्थकुमार ठाकुरले आयुर्वेदको अनुसन्धानका लागि काम शुरु भइसकेको बताउनुभयो ।

नेशनल इन्स्टिच्युट अफ आयुर्वेद जयपुर भारतका निर्देशक प्राध्यापक डा सञ्जीव शर्माले नेपाल आयुर्वेदको जननी भएको उल्लेख गर्दै आयुर्वेदको पाण्डुलिपिमा नेपालसँग भएको ज्ञान अरुसँग नभएको बताउनुभयो । नेपाल र भारत वातावरणीय, सांस्कृतिक, भौगोलिक र जैविक विविधतामा समान छन भन्दै हामीले आयुर्वेदको विकासका लागि आपसी सहकार्य गर्दै आएका छौँ, यसलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।
आयुर्वेद नेपालको पनि सम्पत्ति भएकाले शैक्षिक, प्राविधिक लगायतका क्षेत्रमा सहकार्य गर्न राजदूतावास मार्फत सहकार्य गर्न सके प्रभावकारी हुने प्राडा शर्माले बताउनुभयो । नेपाल, भारत र चीनका आयुर्वेदका विशेषज्ञसहितको गोष्ठीमा आयुर्वेदको विकासका लागि अनुसन्धान, आमबाथ, प्रविधि उपकरण विकासबारे छलफल हुने बताइएको छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्टार भ्रमण योजना असार मसान्तसम्म थप
Next article ब्रेन ट्युमर कति भ्रम कति वास्तविकता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

38
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web