• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

शल्यक्रिया गरिएकी सुत्केरीको पाठेघरमा समस्या

June 26th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
शल्यक्रिया गरिएकी सुत्केरीको पाठेघरमा समस्या

तेह्रथुम, १२ असारः जिल्ला अस्पताल तेह्रथुममा शल्यक्रिया गरिएकी सुत्केरीको पाठेघरमा समस्या भएपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ । म्याङ्लुङ नगरपालिका–५, अम्फुवाकी २७ वर्षीय दिलु लिम्बूको शल्यक्रिया गरी प्रसूति गराइए पनि पाठेघरमा समस्या आएपछि मंगलबार मध्याह्न काठमाडौँ लगिएको हो । दिलुको जिल्ला अस्पतालको आकस्मिक प्रसूति कक्षमा आइतबार शल्यक्रिया गरेर प्रसूति गराइएको थियो ।
उहाँले दोस्रो सन्तानका रुपमा छोरी जन्माउनुभएको छ । तर प्रसूतिका क्रममा पाठेघरमा समस्या भएको र त्यसको शल्यक्रिया गर्दा बढी रक्तश्राव भएर ज्यान जोखिममा पर्ने भएपछि जिल्ला अस्पतालले आइतबारै धरान लैजान सिफारिस गरेको थियो । हिलाम्मे सडकबाट धरान उपचारका लागि लैजाँदा झन समस्या हुने भन्दै परिवारले हेलिकप्टर भाडामा लिएर काठमाडौँ लगिएको छ ।
रु तीन लाख ६० हजार भाडामा लिएर श्री एयर मार्फत टिचिङ अस्पताल काठमाडौँ लगिएको दिलुका श्रीमान् गणेश लिम्बूले बताउनुभयो । सामान्य आर्थिक अवस्थाको परिवार भएकाले रकम जुटाउन ढिलाइ भएकाले बिरामी लैजान ढिला भएको परिवारले जनाएको छ ।
मौसम अनुकूल नभएकाले समेत सोमबार दिनभर पर्खिनुपरेको स्रोतले जनाएको छ । जिल्ला अस्पतालमा जटिल प्रकृतिका प्रसूति गराउन आकस्मिक शल्यक्रिया कक्ष स्थापना गरिए पनि ब्लड बैंक नहुँदा बिरामी सास्ती व्यहोर्न बाध्य रहेका छन् ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सोह्र जनामा हेपाटाइटिसको संक्रमण
Next article सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बहिरङ्ग सेवा सुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131638
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web