• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 29th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालगन्जमा सैनिक अस्पताल स्थापना

July 27th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालगन्जमा सैनिक अस्पताल स्थापना

हेल्थ टुडे,
नेपालगन्ज, ११ साउनः प्रधानसेनापती राजेन्द्र क्षेत्रीले बाँकेको नेपालगन्ज स्थित नं ४ बाहिनी नेपालगन्जमा नवनिर्मित सैनिक अस्पताल उद्घाटन गर्नुभएको छ । अस्पताल उद्घाटनपछि प्रधानसेनापति क्षेत्रीले अस्पतालका विभिन्न वार्डको अवलोकन गर्नुका साथै अस्पतालबाट प्रदान गरिने सेवाका बारेमा जानकारी लिनुभएको छ ।
क्षेत्रीले अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफुल वितरण गर्नुका साथै उनीहरुको उपचारको अवस्थाका बारेमा जानकारी लिनसभएको थियो । सैनिक कल्याणकारी कोषको करिव १७ करोड २० लाख रुपैयाँको लागतमा करिव १४ रोपनी क्षेत्रमा निर्माण गरिएको अस्पतालमा ५० शय्या छन् । सैनिक अस्पताल नेपालगन्ज काठमाडौंको छाउनी अस्पताल पछिको दोस्रो ठूलो र सुविधा सम्पन्न अस्पताल हो ।
अस्पतालमा जनरल ओपिडि, प्रसुती, बाल रोग, सर्जिकल, आइसोलेशन, मेडिकल सघन उपचार केन्द्र, डेन्टल र पोष्ट अपरेटिभ वार्ड रहेका छन् । अस्पतालमा आइसियु, आकस्मिक कक्ष, प्याथोलोजी, इन्डोस्कोपी, अल्ट्रासाउन्ड, एक्सरे र अप्रेशन कक्षको समेत सुविधा उपलब्ध छ ।
अस्पातलमा हाल १० जना चिकित्सक, स्वास्थ्यकर्मी सहित ८० जना कार्यरत छन् भने निकट भवष्यमै अस्पतालमा थप चिकित्सक र स्वास्थ्यकर्मी थपिदै जाने अस्पतालका प्रमुख डा नरेन्द्रप्रसाद बाँस्कोटाले बताउनुभएको छ ।
नेपाली सेनाका कार्यरत सैनिक तथा भूतपूर्व सैनिक तथा उनका आफन्तहरुलाई सहज रुपमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले अस्पताल निर्माण गरिएको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सरकार–केसी बीचको नौबूँदे सहमतिमा के छ
Next article चिकित्सा शिक्षा विधेयक, २०७५ संसदमा प्रस्तुत

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132267
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web