• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चौथो ‘पिपुल्स हेल्थ एसेम्ली’ बंगालादेशको साभरमा सुरु

November 16th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चौथो ‘पिपुल्स हेल्थ एसेम्ली’ बंगालादेशको साभरमा सुरु

हेल्थ टुडे,

ढाका, बंगालादेश, ३० कात्तिक :  चौथो ‘पिपुल्स हेल्थ एसेम्ली’ बंगालादेशको साभरस्थित ब्राक सेन्टरमा शुक्रबारदेखि सुरु भएको छ । पिपुल्स हेल्थ मुभमेन्टको आयोजनामा सुरु भएको सम्मेलनमा नेपाल लगायत युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अफ्रिका र एशियाका विभिन्न देशका करिव १४ सय स्वास्थ्यका अगुवा अधिकारकर्मि र जनस्वास्थ्य विज्ञहरुको सहभागिता छ । सम्मेलन सोमबारसम्म चल्ने छ ।

नेशनल हार्ट फाउण्डेसन अफ बंगालदेशका अध्यक्ष अब्दुल मल्लिकले सम्मेलनको उद्घाटन गरेका हुन । उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका मल्लिकले सबैलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध हुनु पर्ने अवधारणाका साथ सुरु भएको ‘पिपुल्स हेल्थ एसेम्ली ’ को दोश्रो पटक बंगालादेशले आयोजना गर्न पाउनु खुशीको कुरा भएको स्मरण गर्दै पछिल्ला वर्ष महंगो उपचार हुने नसर्ने रोगहरुको संक्रमण बढ्दै जानु चिन्ताको बिषय भएको बताए । बंगालादेशका कुल मृत्युको ६७ प्रतिसत नसर्ने रोगका कारण हुने गरेको तथ्यांक प्रस्तुत गर्दै विकसित देशहरुको तुलनामा विकाशोन्मुख देशहरुले नसर्ने रोगको उपचारमा ठूलो धनरासी खर्च गर्न सक्ने अवस्था नभएकाले स्वास्थ्यका बिषयमा अझै जनचेतना जगाउनमा बिशेष जोड दिनु पर्ने अहिलेको आवश्यकता रहेको बताए । मल्लिकले  हेल्थ एसेम्लीले पारित गर्ने घोषणापत्रलाई विभिन्न देशका सरकार, गैरसरकारी संस्था, विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघ समेतले लागु गर्ने विश्वास व्यक्त गरे । 

उद्घाटन समारोहका अध्यक्ष एवं ब्राक सेन्टरका संस्थापक सर फ्रज्ले हसन अबेडले पिपुल्स हेल्थ मुभमेन्टकै कारण विश्वका विभिन्न देशमा स्वास्थ्यको अवस्था सुधार हुदै गइरहेको तथ्यमाथि प्रकाश पार्दै सबैलाई स्वास्थ्य भन्ने नारालाई व्यवहारमा परिवर्तन गर्न सबैको संयुक्त प्रयास आवश्यक रहेको बताए । पिपुल्स हेल्थ मुभमेन्ट बंगालादेशका अध्यक्ष जकिर हुसैनले सर्वसुलभ स्वास्थ्य सेवा पाउनु हरेक नागरिकको मानव अधिकार भएकाले यसको प्राप्तिका लागि संयुक्त अभियान आवश्यक रहेको बताए । कार्यक्रममा बंगालदेशकी प्रधानमन्त्री सेख हसिनाले सम्मेलन सफलताको कामना गर्दै पठाएको लिखित सन्देश बाचन गरिएको थियो । सम्मेलनमा स्वास्थ्यका विविद् बिषयमा विभिन्न देशका विज्ञहरुले चार दर्जनभन्दा बढी कार्यपत्र प्रस्ुतुत गर्ने छन् । नेपाली पिपुल्स हेल्थ मुभमेन्ट नेपालका राष्ट्रिय अध्यक्ष डा.शरदराज वन्तले स्वास्थ्य अधिकार प्राप्तिको अभियानमा सम्मेलन कोशेढुंगा सावित हुने बताए ।

पिपुल्स हेल्थ एसेम्ली पहिलो पटक सन् २००० मा बंगालदेशको साभारमै आयोजना भएको थियो भने दोश्रो पटक इक्युडरमा सन् २००५ मा र तेश्रो पटक दक्षिण अफ्रिकाको केपटाउनमा २०१२ मा भएको थियो ।

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article धेरै तिर्खा र पिसाव लाग्ने भए मधुमेहको शंका गरौ : डा. पोखरेल
Next article नर्भिकलाई अन्तर्राष्ट्रिय सम्मान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133248
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

48
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

56
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web