• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 4th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रदेश भित्र पर्ने स्वास्थ्य संस्थाहरु प्रदेश सरकारलाई हस्तान्तरण

January 23rd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रदेश भित्र पर्ने स्वास्थ्य संस्थाहरु प्रदेश सरकारलाई हस्तान्तरण

हेल्थ टुडे,

काठमाण्डौ ,९ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशलाई  मातहत रहने गरि सम्बन्धित प्रदेश भित्र पर्ने स्वास्थ्य संस्थाहरु हस्तान्तरण गरेको छ । बुधबार स्वास्थ्य मन्त्रायलमा आयोजिक कार्यक्रममा उपप्रधान मन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सातवटै प्रदेशका समाजिक विकास मन्त्रीहरुलाई स्वास्थ्य संस्थाहरुको स्वामित्व हस्तान्तरण गरेका हुन । यसरी केन्द्रिय सरकारले प्रदेश सरकारहरुलाई हस्तान्तरण गरेको स्वास्थ्य संस्थाहरुमा क्षेत्रिय स्वास्थ्य निर्देशनालयहरू , क्षेत्रिय स्वास्थ्य तालिम केन्द्रहरू, क्षेत्रीय मेडिकल स्टोरहरू ,उपक्षेत्रिय स्वास्थ्य तालीम केन्द्रहरू, जिल्ला जनरस्वास्थ्य कार्यालयहरू, तोकिएका क्षेत्रिय अस्पतालहरू, तोकिएका उपक्षेत्रिय अस्पतालहरू ,तोकिएका अञ्चल अस्पतालहरू ,जिल्ला अस्तालहरू ,क्षेत्रिय आयुर्वेद चिकित्सालयहरू ,अञ्चल आयुर्वेद औषधालयहरू र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरू छन । प्रदेश कानून नबनेसम्म केन्द्रिय मन्त्रालयमा रहेको नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ नियम १२९ को उपनियम (२) बमोजिम सात वटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई प्रत्यायोजन गरिएको हो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका समाजिक विकास मन्त्री कुष्ण सुवेदी, कर्णाली प्रदेशका दल रावल सहित प्रदेशहरुका समाजिक विकास मन्त्री र सचिवहरुको उपस्थिति थियो ।

के के अधिकार हस्तान्तरण गरियो त प्रदेश सरकारलाई ?

१. प्रत्येक प्रदेश मातहतका प्रदेश स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्यरस्वास्थ्य कार्यालय, प्रदेश मेडिकल स्टोर, प्रदेश स्वास्थ्य तालीम केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आवश्यकता अनुसार स्वीकृत दरबन्दी पदपूर्ति गर्ने ।

२. प्रदेश मातहत रहेका कार्यालयहरुमा कार्यालय प्रमुखलाई आर्थिक तथा प्रशासनिक अधिकार सहित जिम्मेवारी दिने ।

३. प्रदेश मातहतको कार्यालयको पद, तह, समूह, उपसमूह मिलाई रिक्त स्थानमा स्वास्थ्य सेवा तर्फ दशौं तह सम्मका कर्मचारीहरुलाई स्वास्थ्य सेवा ऐन, २०५३ र नियमावली २०५५ को अधिनमा रही सरुवा र कामकाज गर्न खटाउने ।

४. लोक सेवा आयोगबाट सिफारिस भई आएका स्वास्थ्य सेवा तर्फ दशौं तहसम्मका उम्मेदवारहरुलाई पदस्थापना गने ।।

५.स्वास्थ्य सेवा तर्फको अत्यावश्यक कामको लागि आवश्यक पर्ने स्वीकृत दरवन्दी अनुसारको रिक्त स्थानमा चौथो, पाँचौं, सातौं, आठौं तह सम्मको पदमा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ८ ख. को प्रतिबन्धात्मक बाक्याँश अनुसार स्वास्थ्य सेवाको कुनै पदमा योग्यता प्राप्त चिकित्सक वा स्वास्थ्यकर्मीलाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ८ख. को खण्ड (क) मा कुनै  चिकित्सक वा स्वास्थ्यकर्मी अध्ययन वा असाधारण विदामा रहेको अवस्थामा अध्ययन वा असाधारण विदामा बसेको अविधभर र खण्ड (ख) मा सेवाको कुनै पद कुनै कारणवश रिक्त हुन गई सोको मागको आकृति फाराम भरी लोक सेवा आयोगमा पठाइसकिएको तर पदपूर्ति भई नसकेको अवधिभर करार सेवामा नियुक्ति गर्न सकिने व्यवस्था अनुसार करार नियुक्ति गर्ने र सो को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराउने ।

६. प्रदेश मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरुको नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम ५१ को उपनियम (२) बमोजिमको बेतलवी प्रसूति विदा स्वीकृत गर्ने ।

७. नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम ५३ को उपनियम (५) बमोजिम सम्बन्धित समूह उपसमूहलाई उपयोगी र आवश्यक पर्ने विषयमा दशौं तह सम्मको नियमावलीमा व्यवस्था भए बमोजिम अध्ययन पूर्व स्वीकृति दिने ।

८. नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ अनुसार अध्ययन बिदा र असाधारण बिदा स्वीकृति गरी सो को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराउने ।

९. यस मन्त्रालयबाट करार सेवामा नियुक्ति भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको नेपाल स्वास्थ्य सेवाको चिकित्सक वा स्वास्थ्यकर्मीको पदमा करार नियुक्ति सम्वन्धी कार्य्विधि, २०७२ बमोजिम म्याद थप गर्ने ।

१०. प्रदेश मातहतमा सरकारी स्वास्थ्य संस्था, अस्पतालहरुको चल अचल सरकारी सम्पतिको संरक्षण, संभार, परिचालन गरी सो को अद्यावधिक विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउने ।

११. प्रदेश मातहतका कार्यालयमा कार्यरत दशौं  तह सम्मको कर्मचारीहरुको राजीनामा स्वीकृत गर्ने र अनिवार्य अवकाश दिने व्यवस्था मिलाउने र सो को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराउने ।

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मानव अंग प्रत्यारोपण केन्द्रलाई औषधि उत्पादकको साथ
Next article आनन्दबन अस्पताल गोदावरी नगरपालिकाको गहना : महर्जन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

Aug 27th 4:50 PM
समाचार

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131807
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web