• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सिकल सेल एनिमियाको छुट्टै अस्पताल बनाउन माग

February 6th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सिकल सेल एनिमियाको छुट्टै अस्पताल बनाउन माग

हेल्थ टुडे,

काठमाडौं, २३ माघ : बर्दिया क्षेत्र नम्बर दुईका प्रतिनिधि सभा सदस्य सन्तकुमार थारुले सिकल सेल एनिमियाको उपचारका लागि सरकारले छिट्टै अस्पताल बनाउन माग गरेका छन । ‘सिकल सेल एनिमिया’ रोग थारु जातिमा देखिने प्रमुख स्वास्थ्य समस्या हो । अहिलेसम्म निश्चित औषधिको पत्ता लाग्न नसकेको सिकल सेलले वर्षेनी कयौं थारुको मृत्यु हुने गरेको छ । यसको उपचार महंगो छ । सामान्य परिवारका थारुले सिकल सेलको उपचार गराउन नसक्ने भएकाले यसको उपचारका लागि सरकारले छिट्टै अलग अस्पता खोलेर उपचार सेवा उपलब्ध गराउनु पर्ने सांसद थारुले बताए ।

‘सिकल सेल एनिमियाको समस्या झनै बढ्दै गएको छ । पहिले त जानकारी हुँदैन थियो कुन रोग हो भनेर । तर अहिले रोगको पहिचन भइसकेको छ ।’ सांसद थारु भन्छन, ‘ लामो अनुसन्धानबाट जानकारीमा आएको सिकल सेल पछिल्लो समय थारुको वंश विनास गर्ने गरी बढ्दो छ । थारु बाहुल्यको क्षेत्र दाङ, बाँके, बर्दिया, कैलाली, कञ्जनपुरमा मात्र होइन चितवनमा पनि यसले जरो गाडेको छ ।’

सिकल सेलबारे बारम्बार चर्चा गरिए पनि राज्यबाट ठोस कदम उठ्न नसकेको उनको भनाई छ । संसदमा एक पटक सिकल सेलबारे सार्वजनिक महत्वको प्रस्ताव पारित भएको जानकारी दिँदै उनी भन्छन, ‘ सार्वजनिक महत्वको प्रस्ताव संसदबाट पारित भएपछि सरकारले एक लाख रुपैयाँ दिने निर्णय गरेको थियो । तर त्यो एक लाखले उपचार सम्भव छैन ।’

‘ एक लाख रुपैयाँले के पुग्छ? हामी जस्ता मध्यम वर्गका किसानले गर्न त उपचार गराउन धौधौ हुन्छ । तर, मुक्त कमैया, गरिब किसान, कमलरीहरुलाई त मर्नै पर्ने हुन्छ । तिनीहरुले कहाँबाट उपचार गराउने ?’ सांसद थारु भन्छन, ‘हजारौं थारुको घर–जग्गा सिकलसेलको उपचार मै सकिसक्यो ।  तर पनि उपचार भएन । घर–जग्गा पनि गयो, ज्यान पनि गयो ।’ सिकलसेलको उपचार निःशुल्क हुनु पर्ने माग उनले गरेका छन ।  अहिलेसम्म उपचार निःशुल्क हुन नसकेकोमा सासद थारुको आपत्ती छ ।

‘मुटु रोगको छुट्टै अस्पताल छ। मृगौला रोगको छुट्टै । सिकल सेल एमिनियाका विरामीका लागि किन छुट्टै अस्पताल हुन सक्छैन?’ थारुले भने, ‘छुट्टै अस्पताल स्थापना गरेर थारुहरुलाई निःशुल्क उपचार दिनु पर्छ । त्यो अस्पतालले सिकल सेलकाबारे थप अनुसन्धान पनि गर्नेछ । औषधीबारे पनि अध्ययन गर्ने छ ।’ हाल सिकल सेल एमिनियाका विरामीको केही अस्पतालमा उपचार भइरहेको भए पनि राम्रो उपचार पाउन नसकेको उनको गुनासो छ । ‘भेरी अञ्जल अस्पतालमा केही बिरामीको उपचार हुन्छ । र केही विरामीको नेपालगन्ज मेडिकल कलेजमा उपचार हुने गरेको छ । ’ उनले भने,‘ तर कतिपय अवस्थामा औषधिको अभाव हुने गरेको छ । अन्य अस्पतालहरुमा उपचारको व्यवस्था छैन ।’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बर्दियाको वारबर्दिया नगरपालिकाका २० हजार थारु समुदायको रगत परिक्षण गरेर सिकलसेल एनिमियाको अवस्थाका बिषयमा पहिलो पटक अध्ययन गरिरहेको छ । दुई तिन महिना भित्र यसको वास्तविक तथ्यांक परिषद्ले सार्वजनिक गर्ने तयारी गरिरहेको परिषद्का अध्यक्ष डा. अञ्जनी झाले बताए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रिदम न्यूरोसाइकियाट्रीको तेश्रो वार्षिकोत्सव सम्पन्न
Next article स्वास्थ्य मन्त्री यादवकी बुहारीको निधन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133248
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

48
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

56
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web