• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अब एमबिबिएस पास गरेपछि एक वर्ष दुर्गम जानै पर्ने

February 7th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे
एमबिबिएस पास गरेपछि हरेक डाक्टरले अब अनिवार्य रुपमा एक वर्ष दुर्गमका सरकारी स्वास्थ्य संस्थामा काम गर्नै पर्ने भएको छ । सरकारी डाक्टर दुर्गममा जान नमान्ने प्रवृतिमा सुधार आउन नसकेपछि स्वास्थ्य मन्त्रालयले मेडिकल कलेजहरुको सहकार्यमा एमबिबिएस पास गरेपछि अनिवार्य रुपमा एक वर्ष दुर्गममा गएर सेवा दिनै पर्ने व्यवस्था गर्न लागेको हो ।
अहिलेसम्म छात्रवृतिमा पढेका एमबिबिएस पास डाक्टरले मात्र दुर्गममा गएर काम गर्ने गरेका छन । अब छात्रवृतिमा पढेका मात्र नभएर सरकारी र निजी मेडिकल कलेजमा अध्ययन गरेका सबै एमबिबिएस उर्तीणले अनिवार्य रुपमा जानै पर्ने छ । त्यसका लागि उनीहरुले नेपाल मेडिकल काउन्सिलको लाइसेन्सिङ परीक्षा पास गरेको हुनु पर्ने छ । राजधानीमा मंगलबार आयोजित स्वास्थ्य मन्त्रालय र दातृ निकायको संयुक्त बार्षिक समिक्षा कार्यक्रममा स्वास्थ्य मन्त्री गगन थापाले दुर्गमका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मिको अभाव पूर्ति गर्न यस्तो व्यवस्था गर्न लागिएको बताए । स्वास्थ्य मन्त्रालयले केही दिन पहिले चिकित्सकका लागि विज्ञापन गर्दा समेत प्रयाप्त दर्खास्त नआए पछि मन्त्रालयले यस्तो नियम बनाउन लागेको मन्त्री थापाले जानकारी दिए । यसका लागि मेडिकल कलेजका अधिकारीहरुसंग छलफल भइरहेको उनले बताए ।
नेपालमा बर्षेनी १५ सय भन्दा बढी विद्यार्थी एमबिबिएस उर्तीण हुने गरेका छन । एमबिबिएस पास गरेपछि एक वर्ष दुर्गममा जानै पर्ने सर्तनामा भर्ना हुने बेला नै विद्यार्थीले गर्नु पर्ने गरि मेडिकल कलेजहरुसंग छलफल भइरहेको मन्त्रालयका एक अधिकारीले बताए । एमबिबिएस गर्न पाँच वर्ष लाग्छ । त्यसैगरि विशेषज्ञ चिकित्सकको अभाव कमगर्न मन्त्रालयले एमडी पास गरेपछि हरेक विशेषज्ञ चिकित्सकले ३ महिना राजधानी बाहिर जानै पर्ने नियम बनाएको छ । मेडिकल काउन्सिलले यस बिषयमा मेडिकल कलेज र चिकित्साशास्त्र अध्ययन प्रतिष्ठानलाई परिपत्र गरिसकेको छ । नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले एमडी उर्तीण हरेक चिकित्सकले विशेषज्ञ सेवा प्रदान गर्न कम्तिमा ३ महिना राजधानी बाहिरका सरकारी स्वास्थ्य संस्थामा जानै पर्ने परिपत्र गरिएकाले यसबै बर्षदेखि यो नियम लागु हुने बताए ।
सरकारले चाल्न थालेको यो कदम सकारात्मक भएको उनले बताए । नेपालको सरकारी सेवामा जम्मा १३०० चिकित्सक दरबन्दी छ । त्यस मध्ये ४०० जना हाकिम नै छन । २०० जति विदेश अध्ययनमा छन । बाकी ७०० जनाले सरकारी स्वास्थ्य सेवा धानी रहेका छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article महानगर र उपमहानगरका सामुदायिक अस्पतालले अनुदान नपाउने
Next article दन्त सहायकहरुलाई बेवास्ता नगर्न शिक्षा मन्त्रीको चेतावनी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134198
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

141
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

145
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web