• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

औषधि व्यवस्था विभाग घेराउ र विरोध सभा

May 26th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औषधि व्यवस्था विभाग घेराउ र विरोध सभा

३५ प्रकारका औषधिमाथि प्रतिवन्ध लगाउने स्वास्थ्य मन्त्रालयको निर्णय विरुद्घ आन्दोलनमा उत्रिएका नेपाल  औषधि आयातकर्ता संघ ( मियान ) सहित नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ, नेपाल औषधिगत बिक्री प्रवन्धक संघ, नेपाल खाद्य, आयुर्वेदिक न्युट्रास्विटिकल तथा कस्मास्विटिकल समाज, नेपाल भेटेनरी औषधि आयातकर्ता संघ र पशुपंछी आषधि व्यवसायी संघले शुक्रबार बिजुलीबजार स्थित औषधि व्यवस्था विभागमा घेराउ सहित विरोध सभा गरेका छन् । सहभागीहरुले सरकारको निर्णय विरुद्घ चर्को नाराबाजी गरेका थिए ।

घेराउपछि आयोजित बिरोध सभालाई सम्बोधन गर्दे नेपाल औषधि तथा विक्री प्रतिनिधि संघका महासचिव अनुप पाण्डेले सिमित औषधि व्यवसायीको औषधिमा एकाधिकार स्थापित गरेर हजारौ विक्री प्रतिनिधि सहित व्यवसायीको रोजीरोटी खोस्ने काम सह्य नहुने चेतावनी दिए । सस्तोमा गुणस्तरीय औषधि आयात भई विक्रीबितरण भइरहेको अवस्थामा सस्तो लोकप्रियताका लागि स्वास्थ्य मन्त्री गगन थापाले आफूहरुलाई बदनाम गर्न खोजेकाले बाध्य भएर आन्दोलनमा उत्रिएको पाण्डेले बताए । कार्यक्रममा मियानका महासचिव पवन आचार्यले स्वदेशी औषधिको तुलनामा आयाततित औषधि गुणस्तरीय भएको तथ्य प्रस्तुत गर्दै डब्लूएचओ जिएममी समेत नलिएका र लिए पछि नविकरण नगराएका कतिपय स्वदेशी औषधि उद्योगको गुणस्तरमाथि शंका रहेको बताए ।

उनले भने, ‘ हामीले सस्तोमा गुणस्तरीय औषधि आयात गरेर बेच्दा कसरी कालाबजारिया भयौ ? यहाँ डब्लूएचओ जिएमपी पनि नलिएका र नविकरण नगराएका स्वदेशी उद्योगले उत्पादन गर्ने औषधि कसरी गुणस्तरीय भयो ? यसको जवाफ चाहियो । ’

नेपाल औषधिगत विक्रीप्रवन्धक संघका अध्यक्ष सुरजित दत्तले विश्व व्यापर संगठनको सदस्य भएको नाताले पनि नेपालले आयात भइरहेका कुनै पनि बस्तुमाथि प्रतिवन्ध गलाउन नसक्ने दाबी गरे । सरकारले जवरजस्ती गर्न खोजे आफूहरु अन्तर्राष्ट्रिय अदालतसम्म जान तयार रहेको उनले बताए । नेपाल खाद्य, आयुर्वेदिक न्युट्रास्विटिकल तथा कस्मास्विटिकल समाजका उपाध्यक्ष सुरेन्द्र मानन्धरले औषधि व्यवस्था विभागले सिमा नाघेर खाद्य तथा गुण नियन्त्रण विभागको काममाथि हस्तक्षेप गरेर सप्लिमेन्ट फुड आइटममाथि प्रतिवन्ध गलाउने काम गरेकाले आन्दोलनमा होमिएको बताए । विरोध कार्यक्रममा सयौं औषधि आयातकर्ता , बिक्रीप्रतिनिधि, विक्री प्रवन्धक र व्यवासयी सहभागी थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सम्पादक जोशीलाई रोटरी इन्टरनेशनल हेल्थ अवार्ड
Next article औषधिको निर्णय फिर्ता लिन राज्यमन्त्रीलाई ज्ञापन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133338
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web