• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 26th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य सूचना केन्द्र र प्याब्सनबिच समझदारी

June 1st, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य सूचना केन्द्र र प्याब्सनबिच समझदारी

 

विद्यार्थीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर निजी विद्यालयले एक जना नर्सको व्यवस्था गर्नु पर्ने भएको छ । मुटु, मिर्गौला, क्यान्सर, उच्चरक्तचाप, मधुमेह जस्तो नसर्ने रोगहरुको संक्रमणदर बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले यो अवधारणलाई अगाडि सारेको हो । यसकालागि स्वास्थ्य मन्त्रालयले निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याव्सन) संग सहकार्य गरेको छ ।

विश्व धूमपान दिवसको अवसरमा बुधबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक बद्रीबहादुर खड्का र प्याव्सनका अध्यक्ष बिजय सम्बाहाम्पेले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखेर हरेक निजी विद्यालयमा एकजना नर्स विद्यालयले राख्नुपर्ने, नर्सको तालिम लगायतका विषयमा सरकारले व्यवस्थापन गर्ने, विद्यार्थीहरुको स्वास्थ्य परिक्षण स्थानीय स्वास्थ्य संस्थाबाट सरकारले गराउने, कम्तिमा एक विद्यार्थी एक खेलका अनिवार्य व्यवस्था विद्यालयले गराउनुपर्ने छद । त्यसैगरि विद्यार्थीलाई आफ्नो स्वास्थ्यप्रति सजग गराउन विद्यालयले स्वास्थ्य सम्बन्धि कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थीलाई धुमपान तथा मध्यपानबाट टाढै राख्न सचेतनासम्बन्धि कार्यक्रमहरु अनिवार्य गर्नुपर्ने, विद्यालयमा जंकफुडमुक्त बनाउने लगायतका प्रावधान राखिएका छन । ‘ नसर्ने रोगको जोखिम कम गर्न प्याव्सनसँग भएको समझदारीले भविश्यमा परिणाममूखी नतिजा ल्याउने छ, केन्द्रका निर्देशक खड्काले भने । नसर्ने रोगको जोखिम न्युनिकरण गर्न सरकारले गत बैशाख देखि सुरु गरेको मेरो बर्ष अभियानमा निजी र सरकारी दुुबै विद्यालयहरुलाई केन्द्रित गरेर विभिन्न कार्यक्रम अगाडि बढाइएको छ ।

केन्द्रका वरिष्ठ जनस्वास्थ्य शिक्षा प्रशिक्षक कुञ्जप्रसाद जोशीले मेरो वर्ष अभियानमा समेटिएका पाँचवटा सन्देशहरु म रक्सी, चुरोट र सूर्तिजन्य पदार्थ खान्न, म नियमित व्यायाम गर्छु, म स्वस्थ र पोषिलो खाना खान्छु, म नियमित स्वास्थ्य परिक्षण गराउँछु, म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु व्यवहारमा कार्यान्वयनका लागि नीजि विद्यालय र सरकारबीच समझदारी भएको बताए । मेरो वर्ष अभियानलाई सफल बनाउन विद्यालय, शिक्षक शिक्षिका र अविभावकहरुको उत्तिकै योगदान भएकाले यसले सकारात्मक परिणाम दिने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा स्वास्थ्य मन्त्री गगनकुमार थापाले नयाँ पुस्तालाई धुमपान तथा मध्यपानबाट टाढै राख्नको लागि सरकारले नीजि विद्यालयसँग सहकार्य गरेको जानकारी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दोहोरो चेपुवामा नर्सहरु !
Next article खाद्यको काम औषधि व्यवस्था विभागले गर्न मिल्छ र ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133149
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

35
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web