• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

खाद्यको काम औषधि व्यवस्था विभागले गर्न मिल्छ र ?

June 4th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
खाद्यको काम औषधि व्यवस्था विभागले गर्न मिल्छ र ?

 

सुरेन्द्र मानन्धर

नेपालमा फुड सप्लिमेन्टको व्यापार बीसौं वर्षदेखि भइरहेको छ । अधिकांश फुड सप्लिमेन्ट विदेशबाट आयात हुने गरेको छ । अन्तर्राष्ट्रिय प्रचलनअनुसार नै हाम्रो देशमा पनि फुड सप्लिमेन्टको बिक्रीवितरण भइआएको छ । विश्व बजारमा फुड सप्लिमेन्टलाई ओभर द काउन्टर किन्न पाइन्छ । अथवा यसका लागि कुनै डाक्टरको प्रिस्कृप्सन चाहिँदैन । यसलाई नोबेल फुडका रूपमा लिइन्छ ।

हाम्रो देशमा खानामा पौष्टिक तत्वको कमीले कुपोषणको समस्या बढ्दै गइरहेको छ । त्ससैले मल्टिभिटामिन, आइरन, फोलिक एसिड, क्याल्सियमजस्ता फुड सप्लिमेन्टको बिक्रीवितरण हुँदै आइरहेको हो । सरकारले पोषणसम्बन्धी कार्यक्रम चलाइरहेको छ तर पनि कुपोषण हट्न सकिरहेको छैन । कुपोषणको मुख्य कारण नै खानेकुरामा पाइने पोषण तत्वको कमी हो । त्यो पोषण तत्वको पूर्ति गर्ने काम सप्लिमेन्ट फुडले पूरा गर्छ । कुपोषणका साथै सन्तुलित भोजनको अभावले हुने अन्य रोगहरूबाट बच्न पनि सप्लिमेन्ट फुडको आवश्यक पर्छ । यही तथ्यलाई ध्यानमा राखेर हामीले विदेशमा पाइने फुड सप्लिमेन्टलाई आयात गरेर नेपाली समाजमा खानामा पौष्टिक तत्वको कमीले हुने कुपोषण हटाउन लागेका छांै । यो व्यवसाय हो । तर स्वस्थ्य समाजको निर्माणमा पनि हाम्रो त्यत्तिकै भूमिका छ । रोग लागेर उपचार गराउनु भन्दा रोग लाग्नै नदिनु राम्रो भने जस्तै हामी बिरामी भएपछि उपचारमा भन्दा रोगै लाग्न नदिने अभियानमा लागेका छांै ।

हामीले आयात गर्ने सप्लिमेन्ट फुड यसमै निहित छ । सप्लिमेन्ट फुडका विषयमा नियमन गर्ने  निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग हो । तर अहिले औषधि व्यवस्था विभागले क्याप्सुुल र ट्याबलेटमा आउने सबै चिज औषधि नै हुन् भन्ने हस्तक्षेपकारी कुरा गरेर व्यवसायीलाई अनावश्यक अल्मल्याउने काम गरिराखेको छ । औषधि व्यवस्था विभागले औषधिको गुणस्तर हेर्ने हो । औषधिको नियमन गर्ने हो । हामीले आयात गर्ने सप्लिमेन्ट फुड खाद्यसम्बन्धी हुन् । हो, फुड सप्लिमेन्ट औषधि पसलमा राखेर बेचिन्छ । के औषधि पसलमा राखेर बेचिने सबै चिज औषधि व्यवस्था विभागले हेर्ने हो र ? त्यसो भए त्यहाँ त मिनरल वाटर बेचिन्छ । हजमोला क्यान्डी बेचिन्छ । के सबै उसको दायित्वभित्र पर्छ र ? नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य ऐन २०२३ अन्तर्गत खाद्यपदार्थ निगमन कार्यविधिअनुसार फुड सप्लिमेन्टको दर्ता, आयात अनुमति र नियमन गर्ने अधिकार खाद्य तथा गुणस्तर नियन्त्रण विभागको हो ।

यहीअनुसार यो व्यवसाय वर्षौंदेखि हुँदै आइरहेको छ । तर २०७२ वैशाख २४ गते औषधि व्यवस्था विभागले सूचना प्रकाशित गरी फर्मास्विटिकल बनोटका ट्वाबलेट र क्याप्सुलमाथि प्रतिबन्ध लगायो । ट्वालेट र क्याप्सुल आकारमा ल्याउन पाइँदैन भन्यो । व्यवसायी साथी त्यसको विरुद्धमा अदालत गए । अहिले त्यो मुद्दा सर्वोच्च अदालतमा छ । औषधि व्यवस्था विभागले औषधिजन्य पदार्थमा रोक लगाउन भन्सार विभागलाई चिठी लेख्यो । भन्सारले फेरि विभागलाई चिठी लेख्यो । भन्सारले खाद्य र औषधि विभाग दुवैलाई बोलाएर काम अगाडि बढाउनु पर्नेमा औषधिको कुरामात्र सुनेर सूचना सर्कुलर ग¥यो । केही दिनपछि अधिकारका क्षेत्रका विषयमा खाद्यले पनि भन्सारलाई चिठी लेख्यो । खाद्यअन्तर्गतको विषयमा कसरी आयात रोक्ने काम भयो, यी दुवै विभागको चेपुवामा हामी व्यवसायी परेका छांै । एउटा विभागको अधिकार क्षेत्रभित्र पर्ने काममा अर्को विभागले ठाडै हस्तक्षेप गरेको अवस्था छ अहिले । अहिले धेरैजसो फुड सप्लिमेन्ट भन्सारमा रोकिएका छन् । खाद्य विभागले अनुमति दिएको कुरा औषधि विभागले कसरी रोक्न मिल्छ ? फेरि हामी औषधि आयात गरिरहेका पक्कै होइनौं ।

(मानन्धर नेपाल खाद्य, आयुर्वेदिक न्युट्रास्विटिकल तथा कस्मास्विटिकल समाजका केन्द्रिय उपाध्यक्ष हुन । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नयाँ निर्देशिकाले प्रयोगशाला जिम्मेवार
Next article स्वास्थ्य सूचना केन्द्र र प्याब्सनबिच समझदारी

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134335
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web