• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

नयाँ निर्देशिकाले प्रयोगशाला जिम्मेवार

June 13th, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नयाँ निर्देशिकाले प्रयोगशाला जिम्मेवार

डा. रुना झा

नेपालमा सञ्चालनमा रहेका प्रयोगशालाहरुका लागि स्पष्ट निर्देशिका बन्नु पर्छ भन्नेमा कसैको दुइ मत थिएन । ३ वर्ष पहिलेदेखि नै डा. गिता शाक्य निर्देशक भएका बेला देखि नै यसका बिषयमा गृहकार्य सुरु भएको हो । विश्व स्वास्थ्य संगठनको समेत संलग्नतामा थुप्रै पटक सरोकारवालाहरुसंग छलफल भएर निर्देशिकाको खाका तयार पारिएको हो । पछि त्यसमा व्यापाक छलफल र आएका सुझाउका आधारमा नयाँ निर्देशिका जारी भएको छ । यो निर्देशिकाले प्रयोगशाला सम्बन्धि थुप्रै समस्या समाधान गरेको छ ।

अहिलेसम्म १८ महिने ल्याव असिस्टेन्टका भरमा ल्याव चलेका थिए । तर अहिले अवस्था केही फेरिएको छ । प्याथोलोजीमा स्नातकोत्तर मात्र नभएर विद्यावारिधी गरेका जनशक्ति पनि देशमा उपलब्ध छन । प्याथोलोजीलाई कुनै पनि रोगको उपचारका लागि मेरुदण्ड भनिन्छ । कुनै पनि रोगको उपचारमा ७० प्रतिसत प्याथोलोजीले भूमिका खेल्छ । पहिले प्याथोलोजिस्ट र विशेषज्ञ कम थिए । त्यति बेला ल्याव असिस्टेन्ट र ल्याव टेक्निसियनले टेवा दिएका थिए । तर अहिले नयाँ निर्देशिकाले नयाँ र पुराना काम गरेका दुबैलाई समेटनु आवश्यक थियो । हामीले समेट्यौ पनि । निर्देशिका आए पछि पहिले देखि काम गरिरहेकाहरुले आफुले गरिरहेको काम खोसिएको जस्तो महसुस गरेका छन । त्यो होइन । हामीले निर्देशिका बनाउदा प्याथोलोजी पेसामा लागेकाहरुलाई भन्दा उपभोक्ताको हितलाई ध्यानमा राखेर बनाएका हौ । यो निर्देशिका बनाउने बेला व्यवासायीले आफु अनुकुल बनाउने प्रयास नगरेका होइनन ।

तर हामीले यसमा उपभोक्तालाई नै केन्द्रमा राखेर काम गर्यौ । लामो समयसम्म मन्त्रालयमा थन्किएर बस्यो । गगन थापा मन्त्री भएर आए पछि यसमा चासो देखाएपछि अगाडि बढ्यो । कानूनका विज्ञहरु र सरोकारवालाहरुलाई राखेर काम अगाडि बढायौ । कमिटिीले मस्यौदा बनायो । अनि लामो प्रयास पछि दुई महिना पहिले निर्देशिका ल्यायौ । यो मन्त्रीस्तरबाट स्वकृत भएको हो । यसमा भएका कमिकमजोरी सुधार गर्न सकिन्छ । निर्देशिका आयो भनेर साथीहरु खुशी त छन तर अर्कोतिर बेखुशी नि छन । पहिले देखि नै ल्यावको हर्ताकर्ता भएर गरिरहेका जाच अब कटौती हुने भए भनेर निरास पनि भएका छन । तर कसैले पनि निरास हुनु पर्ने अवस्था छैन । गुणस्तरीय जाच देशभित्रै हुने अवस्था सिर्जन ागर्नका लागि निर्देशिका बनेको हो । स्वदेशभित्रै गुणस्तरीय जाच हुन्छ भने सबैले खुशी हुनु पर्छ । सरकारी र निजी अस्पताल हेरेर निर्देशिका बनाएका छौ । ६५ पेजको निर्देशिकाका २।३ वटा पेजमा साथीहरुको असन्तुष्टी छ ।

ती मध्येको एक हो, ल्याव रिपोर्टका कस्ले हस्ताक्षर गर्ने भन्ने । रिपोर्टका हस्ताक्षरको ठूलो महत्व हुन्छ । किनकी जाचको विश्वसनियताका लागि हस्ताक्षर गर्नेले नै सबै जिम्मा लिनु पर्छ । विदेशतिर पनि अन्तिम ल्याव रिपोर्टमा प्याथोलोजिस्टले नै हस्ताक्षर गर्ने चलन छ । पहिले प्याथोलोजिस्ट नभएका बेला ल्याव टेक्निसियन र असिस्टेन्टले नै गर्थे । पहिले गर्ने गरेका थिए अब पनि गर्न पाउनु पर्छ भन्ने हुदैन । मलाई सुन्यदेखि नौसम्मका अंक आउछन भन्दैमा सबै गणितको हिसाप आउछ भन्न मिल्दन भने झै हो यो । हो, ल्याव टेक्नोलोजिस्ट, असिस्टेन्ट विना ल्यावको कल्पना समेत गर्न सकिदैन । उहाँहरुको कामको अवमूल्यन गरिएको छैन । उहाँहरुको काम सकिए पछि बल्ल प्याथोलोजिस्टको काम सुरु हुन्छ । स्वास्थ्य व्यवसायी परिषद्ले ल्याव टेक्निसियनले हस्ताक्षर गर्न पाउनु पर्छ भन्ने लेखेको छ भनेर साथीहरु तर्क गर्न आउछन । परिषद्को काम त्यो होइन जस्तो लाग्छ । के बिषयबस्तु पढाउने ? भन्ने पो हो त । प्याथोलोजिस्टले जे पनि गर्न पाउने हामीले नपाउने भन्दै छन ।  प्याथोलोजिस्टको काम  हामीले गर्न पाउनु  पर्छ भन्ने कुरा सुहाएन । प्रयोगशालाको बर्गिाकरण गरेका छौ । इ लेवलको प्रयोगशालाको रिपोर्टमा ल्याव असिस्टेन्टले नै रिपोर्टमा हस्ताक्षर गर्ने अधिकार छ । नया निर्देशिकाले कामको बिभाजन गरेको छ । पहिलेदेखि नै गर्दै आइरहेका केही टेस्ट घटेका छन ।

निर्देशिकाले प्रयोगशालालाई वर्गिकरण गरिदिएको छ । यसले उपभोक्तालाई म कुन किसिमको प्रयोगशालामा जाच गराउदै छु भन्ने कुरा थाहा हुन्छ । प्रयोगशालाको गुणस्तर पनि थाहा हुने भयो । प्रयोगशालाका सिमा पनि थाहा हुने भयो । निर्देशिकाले प्रयोगशाला र यसले गर्ने परिक्षणको गुणस्तरमा पनि सुधार हुने छ । किनकी अब विना लाइसेन्स कुनै पनि किसिमको प्रयोगशाला सञ्चालन हुने छैन । एक वर्ष भित्र सबै प्रयोगशाला दायराभित्र आइसक्ने छन । पहिले बिना दर्ता पनि थुप्रै चलेका थिए । अब त्यस्तो हुदैन ।

निर्देशिकाले सेम्पल आउटसोर्सिड रोक्ने छ । हाम्रो देशमा यो सबैभन्दा ठूलो समस्या छ । यहाँका सानासाना फार्मेसी, क्लिनिकमा सेम्पल कलेक्सन गर्ने र तिनलाई परिक्षण गर्न भारत पठाउने । यसमा उपभोक्ता ठगिने गरेका छन । एकातिर चर्को शुल्क तिर्नु परेको अवस्था हट्ने छ भने अर्कोतिर गुणस्तर पनि विश्वसनिय हुनेछ । विदेशी ल्यावमा सेम्पल कलेक्सन गरेर पढाउदा कसरी त्यहाँ लगिन्छ ? कस्तो ल्यावमा परिक्षण गरिन्छ ? भन्ने कुराको कुनै ग्यारंटी हुदैनथियो । सेम्पल मलाईले आधा आधा गरौ भन्छन । यसले नेपालमा स्थापना भएका राम्रा ल्याव फस्टाउन सकेका थिएनन । अव त्यो अवस्था रहने छैनन । अब यहाँ गर्न नसकिने परिक्षण मात्र उपभोक्तालाई जानकारी गराएर मात्र विदेश पठाउन सकिने व्यवस्था छ ।

प्रयोगशालाको पूर्वाधार सुधारमा पनि निर्देशिकाले महत्वपूर्ण भूमिका खेल्ने छ । तोकिएको क्षेत्रफल नभए सानो अध्यारो कोठामा ल्याव खोल्ने प्रचलन अब बन्द भएको छ । किनकी भौतिक पूर्वाधार नभएका प्रयोगशालालाई लाइसेन्स दिइने छैन । झुक्याएर लाइसेन्स लिएका भए तिनको नविकरण गरिने छैन ।

ल्यावमा रहेको अर्को विक्रृति भनेको कमिसन हो । कमिसन दिने ल्यावको दर्ता नै खारेज गर्ने अधिकार ऐनमा व्यवस्था गरिएको छ । नेपालमा ७० प्रतिसतसम्म कमिसन दिने ल्याव पनि छन । तिनीहरुले कस्तो गुणस्तरीय रिपोर्ट दिन्छन होला अनुमान गर्नुस । तर अव त्यो सब चल्दैन । त्यसो गर्ने ल्यावमा ताला लगाउन सकिन्छ ।

डा. रुना झा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकूकी प्रमुख कन्सल्टेन्ट प्याथोलोजिस्ट हुन । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article खाद्यको काम औषधि व्यवस्था विभागले गर्न मिल्छ र ?
Next article अब खेलाडीको उपचार गर्न छुट्टै अस्पताल

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133259
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

53
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

60
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web