• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वर्गिय डा. अमात्यको सम्झनामा स्मारिका

July 31st, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वर्गिय डा. अमात्यको सम्झनामा स्मारिका

स्वर्गिय डा.नारायणगोविन्द अमात्यको ८५औं जन्मोत्सवका अवसरमा उहाँको सम्झनामा प्रकाशन गरिएको स्मारिका ‘डा.नारायणगोविन्द अमात्य, सम्झनाका श्रद्घान्जली पुष्प’ विमोचन भएको छ । संस्कृतिविद् शत्यमोहन जोशीले एक समारोहबिच उक्त स्मारिका विमोचन गर्नु भएको हो । डा. अमात्य एक असल चिकित्सकीय सेवाका साथै रोटरीमार्फत पनि समाजसेवामा संलग्न हुनुहुन्थ्यो । उहाँको हृदयघातका कारण मृत्यु भएको थियो ।

स्व.गोविन्द अमात्य र स्व.तुल्सीमाया अमात्यको कोखबाट वि.सं. १९८९ मा ललिपुरको मंगलबजारमा जन्मनु भएका डा. अमात्यले त्रिशुली, भैरहवा, झापा, रामेछाप, भक्तपुर लगायत थुप्रै ठाउँहरुमा चिकित्सकको रुपमा काम गर्नु भएको थियो । व्यवसायिक दक्षता र कामप्रतिको लगावका कारण डा. अमात्यले सन् १९८० मा अमेरिकन कलेज अफ चेस्ट फिजिसियनको फेलोसिप पाउनु भयो । यस्तै रोटरी इन्टरनेशनलद्धारा उहाँलाई पाउल हारिस फेलोसिप प्रदान गरिएको थियो । डा. अमात्यले नेपालनमा पहिलो पटक एलर्जी परिक्षणको पहिचान गरी त्यसको नियमित उपचार समेत शुरु गर्नु भएको थियो । जीवनको चार दशक लामो यात्रामा डा. अमात्यले नेपालको स्वास्थ्य क्षेत्रमा अमूल्य सेवा प्रदान गर्नुभयो । बिरामीहरुको सेवामा सदा समर्पित भएर धेरैलाई नयाँ जीवन दिनुभयो नै स्वास्थ्य संस्थाहरुमा समेत नेतृत्वदायी भूमिका प्रदान गर्नुभयो । यस क्रममा उहाँले अधिकृतको रुपमा विभिन्न अस्पतालहरुमा २५ वर्ष बिताउनु भयो भने वेलायत, भारत लगायतका मुलुकहरुमा  सिनियर हाउस अफिसरको रुपमा समेत काम गर्नुभयो । कालीमाटी चेष्ट हस्पितल र सेन्ट्रल चेष्ट किल्निक महाबौद्धमा वरिष्ठ  छाती रोग विशेषज्ञका रुपमा काम गर्नु भएको डा. अमात्यले क्षयरोग नियन्त्रणमा पु¥याउनु भएको योगदानलाई  कसैले पनि बिर्सन सक्दैन ।  बि.सं.२०४५ देखि २०४९ सम्म ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रमा निर्देशक पदमा रहेर काम गर्नु भएका डा. अमात्यले सो केन्द्रलाई सार्क क्षयरोग केन्द्रको रुपमा विकास गर्न पु¥याउनु भएको योगदान पनि कम महत्वपूर्ण छैन ।

नेपाल मेडिकल संघ, नेपाल क्षयरोग निवारण संस्था, नेपाल बेलायत समाज, राष्ट्रिय पोलियो उन्मुलन समिति, नेपाल छाती तथा क्षयरोग संघ, रोटरी क्लब लगायतका सामाजिक संघ संस्थाहरुमा समेत उहाँ संलग्न हुनुहुन्थ्यो । नेपाल र नेपालीका लागि पु¥याउनु भएको योगदानको कदर गर्दै डा. अमात्य श्री राज्यभिसेक, सुप्रसिद्ध गोर्खा दक्षिणबाहु तेश्रो लगायत थुप्रै पदक, सम्मान र पुरस्कारबाट पुरस्कृत एवं सम्मानित हुनु भएको थियो ।

स्वास्थ्य सेवामा जीवनलाई नै समर्पित गर्नु भएका डा. अमात्यले सरकारी सेवाबाट अवकास लिनु भएपछि  आफ्नो व्यवसायिक सेवालाई विट मार्न चाहनु भएन । फलस्वरुप उहाँले ललितपुरको कुपण्डोलमा सर्वाङ्ग स्वास्थ्य सदन स्थापना गरी जीवनको उत्तराद्र्धसम्म पनि बिरामीहरुको सेवा गरी नै रहनु भयो । जीवनको उत्तराद्र्धमा कालीमाटी चेष्ट हस्पिटलको निर्देशक समेत रहेर काम गर्नु भएका डा. अमात्यका श्रीमती डा. रोशना आमात्य एनेस्थेसियोलोजी विषयको प्राध्यापक हुनु हुन्छ भने एउटी छोरी डा. अर्चना अमात्य स्त्री रोग बिशेषज्ञ हुनुहुन्छ । अर्की छोरी लिन्डा अमात्य इन्जिनीयर हुनु हुन्छ । यस्तै छोरा आशिष पनि चिकित्सक पेसामा संलग्न हुनुहुन्छ ।

व्यवसायिक धर्म निवार्ह गर्न सदैव क्रियाशील रहने डा.अमात्यको भौतिक शरीर उपस्थित नभएपनि उहाँले अवलम्बन गर्नु भएको मार्ग, निष्ठा र  पु¥याउनु भएको योगदान सबैको लागि सधैको लागि प्रेरणाका श्रोत बन्न सकोस भनि स्मारिका प्रकाशित गरिएको उहाँकी सुपुत्री स्त्री रोग विशेषज्ञ डा. अर्चना अमात्यले बताउनुभयो । उहाँले भन्नु भयो, ‘उहाँको योगदान चीरस्मरण रहोस, उहाँलाई सबैले सम्झने माध्यम बनोस्, उहाँको योगदानबाट भावी सन्ततीले केही प्रेरणा लिन सकून् भन्ने उद्देश्यले हामीले स्मारिका प्रकाशन गरेका हौ ।’

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article औषधि व्यबस्था बिभागले बुझ पचायो
Next article बयोधामा अत्याधुनिक आईसिसियू र ब्लड बैंक

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134333
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web