फर्मास्यिटिकल प्रवन्धक संगठन ( पीइएएन ) ले तराईका बाढी प्रभावित जिल्लाहरुका लागि औषधिजन्य सामग्री सहित राहत सामग्री संकलन गरेर बितरण गरेको छ । पीइएएनले औषधिजन्य सामग्री र खानेकुरा संकलन गरेर सम्बन्धित जिल्लामा पठाइएको अध्यक्ष सुरजित दत्तले बताए । ‘पीइएएन सदस्य औषधि वितरकहरुको सहयोगमा लाखौ रुपैया संकलन गरेर नेपालगन्ज, सप्तरी, मोरड, झापा र सुनसरी पठाएर बितरण गरिएको छ, दत्तले भने । बाढी प्रभावित जिल्लाहरुमा स्थानिय प्रशासनको सहकार्यमा राहत सामग्री बितरण गरिएको छ । तराईका जिल्लाहरुमा बाढीका कारण एकसय २१ भन्दा बढीको मृत्यु भइसकेको छ भने सर्यौ घाइते भएका छन । सरकारले मृतकका परिवारलाई प्रति मृतक दुई लाखका दरले सहयोग गर्ने बताएको छ ।
Leave a Reply