• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

औषधि व्यवस्था विभागका नाममा पुनः अन्तरिमआदेश

September 1st, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औषधि व्यवस्था विभागका नाममा पुनः अन्तरिमआदेश

अहार परिपूरक खाद्यपदार्थ (डाइटरी सप्लिमेन्ट फूड) को उत्पादन, आयात, निर्यात र विक्री बितरणमा रोक लगाउने औषधि व्यवस्था विभागको निर्णय कार्यन्वयन नगर्न नगराउन उच्च अदालत पाटनले पुनः अन्तरिम आदेश जारी गरेको छ । न्यायधिसहरु लेखनाथ घिमिरे र भालानाथ चापागाईको संयुक्त इजलासले उक्त अन्तरिम आदेश जारी गरेको हो ।

औषधि व्यवस्था विभागले २०७३ माघ २७ गते सूचना प्रकाशित गरि फर्मास्विटिकल्स बनावट भएका ट्यावलेट, क्पाप्सुल, झोल, पाउडर सहितका आहार परिपूरक (डाइटरी सप्लिमेन्ट) खाद्य पदार्थको उत्पादन, आयातनिर्यात तथा विक्रीबितरणमा रोक लगाउने सूचना प्रकाशित गरेपछि शिव साई मेडी इन्टरप्राइजेजका सञ्चालक इन्द्रबहादुर आलेले विभागलाई बिपक्षी बनाएर रिट दायर गरेका थिए । कुनै पनि खाद्य सम्बन्धी बस्तुको उत्पादन तथा आयात निर्यात र विक्रीबितरण गर्न दिने वा नदिने अधिकार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भएको र औषधि व्यवस्था विभागले ठाडो हस्तक्षेप गरि आयात र विक्रीबितरणमा रोक लगाउनु गैरकानूनी भएकोले उक्त निर्णय कार्यन्वयन नगर्न आलेले जिकीर गरेका थिए ।

अदालतले दुबै पक्षका बयान, कानून र प्रमाणका आधारमा औषधि व्यवस्था विभागको निर्णय कार्यन्वयन नगर्न भदौ २ गते अन्तरिम आदेश जारी गरेको थियो । त्यही अन्तरिम आदेशलाई अदालतले फेरि निरन्तरता दिएको हो । डाइटरी सप्लिमेन्ट न्युट्रास्युटिकल्स समेत आहार परिपूरक खाद्यपदार्थको रुपमा विक्री बितरण, उत्पादन, आयात र निर्यात गर्न दिने वा नदिने अधिकार कानून अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई भएको भनि उक्त खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले लिखित जवाफ दिएको थियो ।

सोही जवाफ र विद्यामान कानूनी अवस्थाका आधारमा अदालतले निर्णय कार्यन्वयन नगर्न नगराउन औषधि व्यवस्था विभागका नाममा अन्तरिक आदेश जारी गरेको हो । निवेदकको तर्फबाट अधिवक्ता कल्पित पराजुली र विपक्षीका तर्फबाट उपमहान्याधिवक्ता गोविन्द प्रसाद उपाध्यायले बसह गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बिश्व दन्त सम्मेलनमा तीन जना नेपाली दन्त चिकित्सक
Next article स्वास्थ्य मन्त्रीका ३४ दिनमा १३ काम 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133338
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web