• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेशनल बाथरोग सेन्टरमा निशुल्क शिविर

October 12th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेशनल बाथरोग सेन्टरमा निशुल्क शिविर

विश्व बाथरोग दिवसको अवसर पारेर राजधानीको रातोपुलमा रहेको नेशनल बाथरोग सेन्टरले असोज २६ देखि ३० गतेसम्म निशुल्क बाथरोग शिविर सञ्चालन गरेको छ । सेन्टरले न्यून आय भएका विरामीहरुका लागि हरेक दिन २ बजेदेखि ४ बजेसम्म सामुदायिक क्लिनिक समेत सुरु गरेको छ । उक्त सामुदायिक क्लिनिकमा ५० रुपैया तिरेर बाथरोगको जाच गराउन सकिने नेशनल बाथरोग सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले बताए ।

सेन्टरले नेपाल रुमाटोलोजी एसोशिएसन र लाइन्स क्लवको संयुक्त आयोजनामा बिहीबार राजधानीको सुन्धरा र ललितपुरको जावलाखेलमा वृहत बाथरोग प्रदर्शनी आयोजना गरेको छ । उपचारमा ढिलो नगरौ भन्ने मूल नाराका साथ विश्व बाथरोग दिवस बनाउन लागिएको हो । कार्यक्रममा डा. अभिलासा शाह, डा. लक्की शर्मा र डा. दिपेश शाक्य लगायतले बाथरोग र यसको उपचारका बिषयमा जानकारी दिएका थिए । सेन्टरले बिगत ५ वर्षदेखि बाथरोग दिवस मनाउदै आइरहेको छ । नेपालमा बाथरोगीको आधिकारिक तथ्यांक नभए पनि बाथरोगीको संख्या हरेक वर्ष बढ्दै गइरहेको विज्ञहरु बताउछन् । त्यसमध्ये हड्डी खिइने समस्या प्रमुख रहेको बाथरोग विशेषज्ञ डा. दिपेश शाक्य बताउछन । हड्डी खिइने समस्या बढ्दै गइरहेको अवस्थालाई ध्यानमा राखेर सेन्टरले हरेक दिन साझ ४ बजेदेखि ओस्टियोपोरोसिस क्लिनिक सुरु गरेको प्रवन्ध निर्देशक कक्षपतिले जानकारी दिए ।

विज्ञहरुका अनुसार हातका औलाहरु दुख्नु, बिहान उठ्ने बेलामा हातखुट्टा अप्ठेरो हुनु, गोलीगाठो खुख्नु, पिडौला दुख्नु र करकर खानु, मांसपेसी कमजोर हुनु, चिसोमा काम गर्दा हातखुट्टा निलो हुनु तथा राती र विहान ढाड दुख्नु जस्ता बाथ रोगका लक्षण हुन । समयमै उपचार गराउन सके बाथरोगबाट बच्न सकिने बाथरोग विशेषज्ञ डा. शाक्यको भनाई छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ल्याव लाइनले ल्यायो रक्त परिक्षण गर्ने अत्याधुनिक मेसिन 
Next article    स्तन क्यान्सर चेतना जगाउन  विविद् कार्यक्रम

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web