अष्ट्रेलिया र चीनमा हजारौ व्यक्तिको उपचार मार्फत रोगको निदान गर्न सफल उपचार पद्घति यिन याङ हार्मोनाइजिङ थेरापी छिट्टै नेपाल भित्रिने भएको छ ।
थेरापी उपाचार पद्घतिमध्ये यो अत्याधुनिक चिनिया उपचार विधि भएको थेरापीका संस्थापक लियो फ्याङले बताए । राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संस्थापक फ्याङले एकदमै नौलो र प्रभावकारी उपचार विधि भएकाले यसलाई निकट भविश्यमा फ्रान्स र नेपालमा विस्तार गर्न लागिएको बताए । कम शुल्कमा र थोरै समयको अन्तरालमा जटिल रोगहरुको समेत उपचार गर्न सकिने भएकाले यसले न्यून आर्थिक अवस्था भएका नभएका विरामीका लागि सहज हुने विश्वास व्यक्त गरे । उनका अनुसार यो थेरापी मेसिनको सहायताले शरीरमा रहेको उर्जालाई सन्तुलनमा ल्याएर ध्वनी, प्रकाश र इलेक्ट्रोम्याग्नेटिक तरंगलाई प्रयोग गरिन्छ । यो थेरापीको माध्यमबाट राती पटक पटक पिसाप लाग्ने, कान कराएजस्तो हुने, दम, पेटसम्बन्धि अनियमितता, निन्द्रा नलाग्ने, नसा सम्बन्धी समस्या, माइग्रेन र प्रजनन स्वास्थ्य सम्बन्धी थुप्रै रोगको सफल उपचार गर्न सकिने कलेज अफ टिकेएल मेडिसिन टेक्नोलोजी कलेजका म्यानेजर कृष्ण निरौलाले बताए । उनले भने, ‘यसमा रोगको नाम हुदैन । रोगको स्रोत मात्र हुन्छ । त्यही स्रोत पत्ता लगाएर उपचार गरिन्छ । त्यसैले यो प्रभावकारी छ ।’
थेरापीको क्षेत्रमा यो विधि आधुनिक विधि भएकाले यसबाट नेपालजस्ता विकाशोन्मुख देशका जनताले लाभ लिनसक्ने कलेज अफ टिकेएल मेडिकल टेक्नोलोजीका विज्ञ प्याटरिक लडाफले बताए । एलोपेथिक औषधिले निको पार्न नसकेका रोगहरु समेत यो थेपारीले निको पारेका हजारौ व्यक्ती भएकाले यसलाई थेरापी क्षेत्रमा नयाँ आयामको रुपमा लिनु पर्ने व्यवस्थापक राजु श्रेष्ठले बताए । यस किसिमको नयाँ र विश्वसनिय थेरापीको आविस्कार गरे बाफत संस्थापक फ्याङलाई सन् २००७ मा चिनिया सरकारले उच्च विज्ञान तथा प्रविधि पुरस्कारबाट सम्मानित गरेको थियो ।
Leave a Reply