• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पोलियो खोपलाई निरन्तरता दिनु पर्ने माग 

October 24th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पोलियो खोपलाई निरन्तरता दिनु पर्ने माग 

पोलियो अभियानलाई निरन्तरता दिइनु पर्ने आवश्यकता रहेको विज्ञहरुले औल्याएका छन् । पाँचौ अन्तर्राष्ट्रिय पोलियो दिवसको अवसरमा विश्व स्वास्थ्य संगठन, नेपाल नेशनल पोलियो प्लस कमिटी, युनिसेफ र नेपाल रेडक्रस सोसाइटीको संयुक्त आयोजनामा मंगलबार ललितपुरमा आयोजना गरिएको कार्यक्रममा विज्ञहरुले अन्य देशबाट पोलियो भित्रनसक्ने संभावना भएकाले खोप कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका हुन ।

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का गर्भनर एवं नेपाल नेशनल पोलियो प्लस कमिटीका अध्यक्ष रत्नमान शाक्यले नेपालबाट पोलियो उन्मुलन भइसकेको भएपनि अन्य देशहरुबाट  पोलियो भित्रिन सक्ने सम्भावना भएकाले नियमित पोलियो खोप अभियानलाई निरन्तरता दिनु पर्ने बताए । सरकारले यस बिषयमा गम्भिर भएर सोच्नु पर्ने बेला भएको उनको सुझाउ थियो । पोलियो दिवसका अवसरमा विभिन्न ठाउँमा पोलियो खोप सम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु आयोजना गरिएको छ । हरेक वर्ष २४ अक्टोबरलाई विश्वभर पोलियो दिवस मनाउने गरिन्छ ।  ‘नियमित खोप अभियान, २ थोपा पोलियो खुवाई पोलियो खोपलाई फर्किन नदिऊँ’ भन्ने नाराका साथ यो वर्ष नेपालमा यो दिवस मनाइएको हो । दिवसको अवसरमा मंगलबार ललितपुरमा जनचेतनामुलक प्रभातफेरि कार्यक्रमको समेत आयोजना गरियो । काठमाडौंको थापाथलीबाट निस्किएको प्रभातफेरि युएनपार्क, पाटन हुँदै जावलाखेलमा पुगेर समापन भएको थियो ।

समापनपछि पोलियो खोप सम्बन्धि अन्तरक्रिया आयोजना गरिएको थियो । स्वास्थ्य मन्त्रालयले सेम्टेम्बर २०१० देखि अहिलेसम्म मुलुकमा पोलियोका कुनै पनि बिरामी नभेटिएको जनाएको छ । सन् १९८४ मा ८० जना पोलियोका बिरामी भेटिएका थिए । त्यसपछि सन् २००१—२००४ सम्म कुनै पनि पोलियोका बिरामी देखिएन । सन् १९९९ मा पोलिभाइरसको बिरामी भेटिएको थियो । सन् २००० मा भारतबाट पोलियो भाइरस आएको पत्ता लाग्यो । सन् २००५ मा नेपालको सिमा क्षेत्रमा चार जना पोलियोका बिरामी भेटिए । त्यसपछि सन् २००९ सम्म कुनै पनि पोलिएका बिरामी भेटिएनन् । तर सन् २०१० मा ६ वटा पोलियोका बिरामी भेटिए । त्यसपछि कुनै पनि नेपालीमा पोलियो भेटिएको छैन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यिन याङ हार्मोनाइजिङ थेरापी चाडै नेपाल भित्रिने
Next article नयाँ स्वास्थ्य मन्त्री दीपक बोहोरा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web