• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home

चिसो बढ्दैछ, रुघाखोकीबाट यसरि बचौ !

November 16th, 2017 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिसो बढ्दैछ, रुघाखोकीबाट यसरि बचौ !

चिसो बढेसँगै काठमाडौँ उपत्यका लगायतका महाभारत पर्वतशृंखलाभन्दा माथि सामान्य रुघाखोकीले सताउने क्रम बढेको छ । मौसम परिवर्तन हुनासाथ हरेक घरमा रुघाखोकीका रोगी बढ्ने मात्र होइन, थलिनेहरूसमेत बढिरहेका छन् । मौसम परिवर्तनसँगै सर्वसाधारणलाई लाग्ने रोग पनि फरक फरक हुन्छन् । गर्मी याममा झाडापखाला बढी मात्रामा देखिन्छ भने जाडो याममा रुघाखोकी । जाडोयाम शुरु हुदै गर्दा रुघा खोकीको समस्या प्राय जसो व्यक्तिहरुमा देखा पर्न थालेको छ ,। बच्चादेखि बूढासम्म नै मौसम परिवर्तनको यस संघारमा बिरामी हुने गर्छन् । यस मौसममा सबैभन्दा बढी सताउने रोग नै रुघाखोकी हो ।

अंग्रेजीमा ‘कमन कोल्ड’ भनिने रुघाखोकी मौसम परिवर्तन हुँदा, दुई ऋतुको बीचको अवधिमा मानव शरीरको प्रतिरोधात्मक क्षमता कम हुन्छ र रुघाखोकीको संक्रमण बढ्ने गर्छ ।
सामान्य रुघाखोकी अर्थात् मौसमी रुघाखोकीमा नाकबाट पानी बग्ने, सुक्खा खोकी लाग्ने, टाउको दुख्ने, हल्का ज्वरो आउने, घाँटी खसखसाउने, हाच्छिउँ लागिरहने, खान मन नलाग्ने, थकाइ अनुभव हुने जस्ता लक्षण देखा पर्न सक्छन् ।

रुघाखोकी लागेका बेला शरीरको तापक्रम नियन्त्रित राख्नुपर्छ । तापक्रम एक्कासि बढ्ने भएकाले रुघाखोकीलाई झन् बल्झाउँछ । यसैले रुघाखोकीले ग्रस्त पारेका बेला एकदमै चिसोबाट गर्मी र गर्मीबाट एकदमै चिसो भएको वातावरणमा जानु हुँदैन । धूलोधूवाँबाट पनि जोगिनुपर्छ । रुघाखोकी लागेका बेला सकेसम्म आराम गर्नुपर्छ ।
मौसम परिवर्तनसँगै खानपान, आहारविहारमा परिवर्तन अर्थात् ऋतु अनुसारको दिनचर्या आवश्यक हुन्छ । मौसम परिवर्तनअनुसार खानपिन गरे यस किसिमको मौसमी रोगबाट बच्न सकिन्छ ।

रुघाखोकीले मधुमेह, उच्च रक्तचाप, क्षयरोग, दम, एचआइभी, रक्तअल्पताजस्ता रोग लागेका, बालक, बूढापाका, कुपोषित तथा रोग प्रतिरोधक क्षमता कम भएकाहरूलाई बढी सताउँछ ।
रुघाखोकीको उपचार बेलैमा नगर्दा नाक बन्द हुने समस्या हुन सक्छ । रुघाखोकी लागिरहे कफ पिनासको रूपमा जम्न थाल्छ र यसले स्वास्थ्यमा जटिलता बढाउँछ । यस्तो अवस्थामा पिनासको समेत उपचार गराउनुपर्छ ।
रुघाखोकी तीन दिनसम्म घरायसी उपचारबाट निको नभए, सुधार नदेखिए, सास फेर्न असजिलो भए वा नाक बन्द हुने अवस्था आए चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ ।
रुघाखोकी अति सामान्य मानिए पनि यसमा कहिलेकाहीं जटिल देखिएर ज्यानै जोखिममा पर्ने अवस्थासमेत आउन सक्छ । त्यसैले आफूलाई कुनै असामान्य जटिलता अनुभव भए तुरुन्त चिकित्सकीय परामर्श आवश्यक हुन्छ ।

रुघाखोकीको समान्य घरेलु उपचार

रुघाखोकी भएपछि घरेलु उपचार अन्तर्गत तुलसी, बेसार, मरिच, दालचिनी, सुकेको अदुवा, असुरो नून र मधुमेह नभएकाहरूले अलिकति चिनी हालेर सबै वस्तुलाई चिया जस्तै पकाएर खाँदा सन्चो हुन्छ ।
रुघाखोकी नभएकाहरूले पनि यसको संक्रमणबाट जोगिन जाडोयाममा तुलसीको पात, बेसार, दालचिनी, मरिचको काढापानी बनाएर चियाजस्तै पिउनाले यो समस्याले दुःख दिँदैन ।
मह र कागती तातो पानीमा मिसाएर पिउनाले समेत रुघाखोकीबाट बच्न सकिन्छ । बिहान–बेलुका अदुवाको रस र मह मिसाएर खाने गर्नाले पनि रुघाखोकीबाट छुटकारा पाउन सकिन्छ ।घाँटीमा खसखस भए, नाक बन्द भए एक गिलास तातो पानीमा एक चिम्टी नून हालेर कुल्ला (गार्गल) गर्दा पनि चाँडै आराम हुन्छ । रुघाखोकी बाट बच्न बाक्लो लुगा लगाउने ,तातो पानि धेरै खानु उत्तम हुन्छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एन्टिबायोटिक प्रयोग गर्दा जान्नै पर्ने कुरा
Next article यौन असन्तुष्टिले डिप्रेसन

Health Today Nepal

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134420
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web