• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

थाईराइडले महिनावारी अनियमित

November 18th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
थाईराइडले महिनावारी अनियमित

हेल्थ टुडे

काठमाण्डौ,२ मंसिर : थाइराइड ग्रन्थि घाँटीको अग्रभागमा रुद्रघण्टीको तल हुन्छ । उक्त ग्रन्थिले थाइराइड हार्मोन उत्पन्न गर्र्ने काम गर्छ । जसले गर्दा हामीले खाएको पौष्टिक तत्वलाई जीनतत्वमा रूपान्तरण गर्छ । थाइराइड हार्मोनले शरीरको शक्ति नियमन गर्न, अरू हार्मोन र भिटामिनलाई शरीरमा प्रयोग गर्न र शरीरका तन्तुहरूलाई वृद्धि तथा परपिक्व गर्न महत्वपूर्ण काम गर्छ । थाइराइड ग्रन्थिको कार्य क्षमतामा गडबडी भएमा कि त प्रशस्त मात्रामा (अनावश्यक रूपमा) हार्मोनको उत्पादन हुन्छ (हाइपरथाइराइडिज्म) कि अत्यन्त न्यून मात्रामा हार्मोन उत्पादन हुन्छ (हाइपोथाइराइडिज्म)। यी दुवै प्रकारको थाइराइड समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ । मस्तिष्कबाट पिटुटरी ग्रन्थिमा थाइराइड स्टिमुलेटिङ् हार्मोन (टीएसएच) उत्पन्न हुन्छ । उक्त टीएसएच हार्मोन थाइराइड ग्रन्थिमा परिभ्रमण गरेर टी–३ तथा टी–४ हार्मोनहरू उत्पादन गर्न उत्प्रेरकको काम गर्छ । थाइराइड ग्रन्थिलाई टी–३ तथा टी–४ हार्मोनहरू उत्पादन गर्न प्रशस्त मात्रामा खाने आयोडिन चाहिन्छ ।

थाइराइड भएका महिलाहरुमा महिनावारी अनियमित हुने, अत्यधिक वा अति अल्प हुने, कडा तथा दीर्घ कब्जियत हुने अथवा बारम्बार दिसा लागिरहने, औषधि गरे पनि पेटको समस्या भइरहने, कपाल झर्ने, टुट्ने, हाँगा हाल्ने, सुक्खा हुने, आँखीभौँका राैं झर्ने तथा छाला पातलो, सुक्खा, पत्रपत्र निस्कने, घाँटी सुन्निएको अनुभव हुने, असजिलो तथा केही अड्किएजस्तो हुने, धोद्रो स्वर हुने वा घाँटीको ग्रन्थि बढेजस्तो देखिने, मांसपेसी र जोर्नी दुख्ने तथा हातखुट्टा कमजोर भएजस्तो हुने  लक्षण देखा पर्छन । ।

समयमै रोगको निदान गरेर उपचार गरे यस रोगबाट बच्न सकिन्छ । लामो समयसम्म निदान नभएर एक्कासि बेहोस वा विषाक्त प्रभाव परेमा यसबाट बिरामीको मृत्यु हुने सम्भावना ५० प्रतिशत रहन्छ । समयमा उपचार नगरेमा हाइपरथाइराइडिज्मले मुटु र मस्तिष्कमा असर गर्छ । थाइराइड ग्रन्थिमा विषाक्त प्रभाव पर्छ । उच्च रक्तचाप, छाती दुख्ने, छिटो र अनियमित मुटुको धड्कन हुने, सास फेर्न गाह्रो हुने, पेट दुख्ने, वान्ता हुने, बढी उत्तेजित वा चिडचिडाहट, रिँगटा, हृदयाघात तथा चेतना हराएर कोमामा जाने आकस्मिक  अवस्था आउन सक्छ । त्यस्तै, समयमा निदान एवं उपचार नगरेमा हाइपोथाइराइडिज्मले मस्तिष्कमा गम्भीर असर गर्छ । मुटुको धड्कन अनियमित हुने, संक्रमण, फोक्सो र मुटुमा पानी जम्ने, सोच्ने शक्ति हराउने, पागलपन, कोलेस्ट्रोल बढेर हृदयाघात, पक्षघात, निन्द्रामा श्वासप्रश्वास रोकिने, बिर्सने लगायतका मस्तिष्कका रोगहरू लाग्छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डाक्टर कुट्ने इन्सपेक्टरलाई जेल
Next article यसरि हुन सक्छ पुरुषमा बाँझोपन

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133996
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

145
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

119
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web