• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

 किन बढे राजधानीमा मुटु जाचँ गराउने

November 22nd, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
 किन बढे राजधानीमा मुटु जाचँ गराउने

हेल्थ टुडे

तिन दिन पहिले एमाओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्ड पुत्र प्रकाश दाहालको आकस्मिक हृदयघातका कारण मृत्यु भएको खबर  सञ्चारमाध्यमबाट सुनेपछि राजधानीबासी मुटु रोग प्रति सजक भएका छन् । दाहालको मृत्यु पछि बिगत दुई यता मुटु रोगबाट बच्न उच्च रक्तचाप जाचँ गराउनेको संख्या ह्वात्तै बढेको चिकित्सकले बताएका छन् । वीर अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बिगत दुई दिनमा हृदयघातबाट बच्न उच्च रक्तचाप जाचँ गराउन आउनेको संख्या २५ प्रतिसतले बढेको बताए ।

एकैपटक सञ्चार माध्यमबाट हृदयघातका बिषयमा व्यापक सूचना सम्प्रेषण भएकाले जनतामा सचेतना बिस्तार भएर चेक जाच गराउनेको संख्या बढेको डा. रेग्मीको अनुभव छ । हृदयघातका विभिन्न कारण मध्ये उच्च रक्तचाप रहेको हृदयघातबाट बच्न अधिकांश व्यक्ति रक्तचापको जाँच गराउन आउन लागेको अर्का मुटुरोग विशेषज्ञ डा. अरुण मास्के बताउँछन् ।

हृदयघात कसलाई कति बेला हुन्छ भन्न नसकिने भएकाले भइसकेपछि उपचार गरौला भन्दा पनि हुनबाट राक्न आफुले सक्ने प्रयास गर्नु सबैभन्दा उत्तम हुने डा. मास्केको सुझाव छ । राजधानीका अन्य अस्पताल, नर्सिङ होम, क्लिनिकमा समेत उच्च रक्तचाप जाचँ गराउनेहरुको संख्या बढीरहेको चिकित्सकले बताएका छन् । धुलिखेल अस्पतालका मुटुरोग विज्ञ डा. राजेन्द्र कोजूका अनुसार धेरैजसो हृदयाघात भएको व्यक्तिको एउटा प्रमुख कारण उच्च रक्तचाप हो । नियन्त्रण नभएको उच्च रक्तचाप अझ जोखिमपूर्ण हुन्छ । त्यस्तै मस्तिष्काघात वा स्ट्रोक वा प्यारालाइसिस हुने खतरा पनि त्यत्तिकै बढ्छ । उच्च रक्तचाप भएको व्यक्तिलाई मिर्गौला खराब हुने सम्भावना पनि निकै छ । मिर्गौला वा किड्नी खराब भयो भने पछि डायलाइसिस गर्नुपर्ने र किड्नी नै फेर्नु पर्ने हुन सक्छ ।

त्यसैगरी उच्च रक्तचाप भएको व्यक्तिको आँखामा पनि असर पर्न सक्छ । साधारणतया उच्च रक्तचापको लक्षण थाहा हुँदैन, केहीमा टाउको दुख्ने, रिंगटा लाग्ने जस्तो लक्षण देखिन सक्ने भए पनि धेरैजसोलाई केही लक्षण भएको पाइँदैन । रक्तचाप नियमित प्रकारले जाँच्ने बेलामा बढेको पाइन सक्छ । डा. कोजूका अनुसार कसै–कसैलाई एक्कासि हृदयाघात वा मस्तिष्काघात वा मिर्गौला बिग्रेपछि मात्र उच्च रक्तचाप पनि भएको थाहा हुन्छ । तसर्थ केही पनि नहुँदा पनि ब्लड प्रेसर जँचाउनुपर्ने हुन्छ । हाम्रो शरीरको रक्तचाप साधारण व्यक्तिको माथिको (सिस्टोलिक) १२० र तलको (डायस्टोलिक) ८० भयो भने राम्रो मानिन्छ । तर सबैको रक्तचाप एउटै हुँदैन । तसर्थ माथिको रक्तचाप १०० देखि १२० सम्म भयो भने तलको रक्तचाप ६० देखि ८० छ भने राम्रो मानिन्छ ।

Free Fire for PC

Baixar Ativador Window 7

Ativador Windows 7

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चुम्बनबाट पनि सर्न सक्छ यौन रोग
Next article ४१ प्रतिशत बच्चा अझै घरमै जन्मन्छन्

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134198
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

143
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

145
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web