• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. भुसालले पत्ता लगाए नक्कली मेडिकल कलेज

November 25th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. भुसालले पत्ता लगाए नक्कली मेडिकल कलेज

हेल्थ टुडे

काठमाडौं, ९ मंसिर :  बंगालादेशका लागि नेपाली राजदूत डा. चोपलाल भूसालले त्यहाँका मेडिकल कलेजहरुमा अध्ययनरत् नेपाली विद्यार्थी मध्ये करिव २ सय जना गैरकानूनी रुपमा खोलिएका मेडिकल कलेजहरुमा मेडिकल पढिरहेको पत्ता लगाएका छन् ।

डा. भुसाल त्रिवि शिक्षण अस्पतालमा इएनटी विशेषज्ञ एवं प्राध्यापक थिए । नेपाल चिकित्सक संघको पूर्व अध्यक्ष र नेपाल मेडिकल काउन्सिलको पुर्व सदस्य भएको अनुभवले डा.भुसाललाई त्यहाँ गैरकानूनी मेडिकल कलेज र त्यहाँ पढिरहेका नेपाली विद्यार्थीको बारेमा पत्ता लगायन सजिलो भएको हो । राजदूत भुसालले यो कुराको जानकारी नेपाल मेडिकल काउन्सिललाई गराएपछि मात्र काउन्सिलले मेडिकल अध्ययन गर्न तत्कालका लागि बंगालादेश रोक लगाउने निर्णय गरेको हो । नेपाल लगायत दक्षिण एशियाका मुलुकबाट एमविविएस पढ्न आउने विद्यार्थीहरुका लागि बंगलादेशमा केही गैरकानूनी तरीकाले स्थापना भएका मेडिकल कलेज स्थापना गरिएका छन् । नेपालका मेडिकल कलेजमा मेरिटमा नाम निकाल्न नसक्ने तर डाक्टर बन्न चाहनेहरुको रोजाई बंगालादेश हुने गरेको छ ।

काठमाडौंमा खुलेका कन्सल्टेन्सीहरुले दलालको काम गरेर ती विद्यार्थीलाई सस्तो मेडिकल शिक्षाको सपना देखाएर यस किसिमका गैरकानूनी मेडिकल कलेजहरुमा भर्ना गरिदिने गरेको पाइएको बंगालादेशस्थित नेपाली राजदुतावास स्रोतले जनाएको छ । नेपाल भन्दा सस्तोमा पढ्न पनि पाइने र प्रवेश परीक्षामा ५० अंक पार गरेपछि हुने भएकाले धेरै विद्यार्थीहरुले विकल्पको रुपमा बंगलादेश रोज्ने गरेको पाइएको छ । अहिले बंगालादेशमा एमविविएस र एमडी पढिरहेको गरी करिव २ सय विद्यार्थी गैरकानूनी रुपमा स्थापना भएका मेडिकल कलेजहरुमा पढिरहेको पाइएको छ ।

बंगालादेशका विभिन्न अवैधानिक मेडिकल लेजहरुमा करिव २ सय जना नेपाली विद्यार्थी पढिरहेको जानकारी बंगलादेशस्थित नेपाली राजदुतावासले नेपाल मेडिकल काउन्सिललाई गराएपछि  काउन्सिलले बुधबारदेखि अर्को निर्णय नभएसम्मका लागि बंगालादेशमा मेडिकल पढ्न रोक लगाएको जनाएको छ ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वदेशमै हुने ल्याब टेस्ट किन विदेशमा
Next article यसरी कम गर्न सकिन्छ कपाल झर्न

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 1st 9:20 AM
समाचार

नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:02 PM
समाचार

मेडिकल पत्रका सम्पादक कट्टेल सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:42 PM
समाचार

सुर्तीजन्य पदार्थ विरुद्वका अभियन्ता डा. बम सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:28 PM
समाचार

नेपाली हेल्थका सम्पादक न्यौपाने सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 26th 11:19 AM
समाचार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

May 25th 10:13 AM
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131547
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

10
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web