हेल्थ टुडे
काठमाडौं, १८ मंसिर : चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले लिएको एमबिबिएसको पुन प्रवेश परीक्षामा ४६ प्रतिसत विद्यार्थी उर्तीण भएका छन् । गत असोजमा लिएको प्रवेश परीक्षामा इलेक्टोनिकल डिभाइसको सहायताले चीट चोरेको प्रमाणित भएपछि आईओएमले उक्त प्रवेश परीक्षा रद्द गरि मंसिर १६ गते पुन प्रवेश परीक्षा लिएको थियो । आईओएम डीन कार्यालयका अनुसार ७ हजार ३ सय ५८ जना परीक्षामा सहभागी भएकोमा ३ हजार ३ सय ३० जना उर्तीण भएका छन् । त्यसैगरि विदेशी कोटामा २०१ ज्नाले परीक्षा दिएकोमा ३३ जना उर्तीण भएका छन् । यो पटकको प्रवेश परीक्षमा सबै भन्दा बढी अंग ल्याउनेले ८८ अंग ल्याएका छन् । एकदमै कडा रुपमा सञ्चालन गरिएको परीक्षामा निरन्जन अधिकारी, प्रज्ज्वल लुइटेल र देशांस उपाध्यायले ८८ अंग ल्याएका छन् । गत वर्षहरुको प्रवेश परीक्षामा आउने हाई स्कोर भन्दा यो पटकको कम हो । गत वर्षहरुमा ९० र त्यो भन्दा पनि बढी ल्याउने विद्यार्थी पनि हुन्थे । यो पटक पहिले लिएको प्रवेश परीक्षा रद्द गर्नु परेकोले एमबिबिएसको पढाई ढिलो हुने छ ।
Leave a Reply