हेल्थ टुडे
काठमाडौं, १८ मंसिर : स्वास्थ्य मन्त्रालयकी सचिव डा. किरण रेग्मीको विदाई गरिएको छ । उमेर हदका कारण डा. रेग्मी सोमबारबाट सेवा निवृत भएकी हुन् । उनलाई स्वास्थ्य मन्त्रालयले एक कार्यक्रमको आयोजना गरि विदाई गरेको हो । उनी निवृत भएपछि निमित्त सचिवको जिम्मेवारी डा.पुष्पा चौधरीलाई दिइएको छ । चुनाव लगत्तै बस्ने मन्त्रीपरिषद्को बैठकले नयाँ सचिवको चयन गर्ने छ ।
नयाँ सचिवको लागि डा. सुशिल प्याकुरेल, डा. पुष्पा चौधरी र डा. विनोदमान श्रेष्ठ प्रतिस्पर्धि छन् । डा. रेग्मी पाँच महिना पहिले स्वास्थ्य सचिवमा नियुक्त भएकी थिइन् । २०४४ सालमा स्वास्थ्य सेवा प्रवेश गरेकी रेग्मीले उपत्यका बाहिरका जिल्लामा करिव २५ वर्ष सेवा गरिन । उनी यो भन्दा पहिले प्रसूति गृहको निर्देशक र परिवार स्वास्थ्य महासाखाको निर्देशक भइसकेकी थिइन् । छोटो अवधिमा पनि आफूले मन्त्रालयमा उल्लेखनिय काम गर्न सकेको डा. रेग्मीले दावी गरेकी छिन् ।
Leave a Reply