• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

कुष्ठ प्रभावितका सच्चा सारथि अमरबहादुर

December 6th, 2017 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कुष्ठ प्रभावितका सच्चा सारथि अमरबहादुर

हेल्थ टुडे

१२ वर्षका थिए, अमरबहादुर तिमिल्सिना २०४५ मा । आमा खड्ककुमारी र बुवा बेनीबहादुर तिमिल्सिनाको कोखबाट काभ्रेको तालढुंगामा जन्मेका उनको हातमा समस्या देखियो । उनको हात सुन्निन थाल्यो । गाउँमा ओखतीमूलो गर्दा, धामीझाँक्री केहीले पनि निको भएन । उनलाई थप उपचारका लागि ललितपुरको लेलेमा रहेको आनन्दवन अस्पताल ल्याइयो । बल्ल त्यहाँ पत्ता लाग्यो उनलाई कुष्ठरोग लागेको रहेछ भन्ने कुरा । २०५१ सम्मा ६ वर्षको अवधिमा उनलाई करिब ४० पटक  अस्पताल भर्ना गरियो । ६ वर्षसम्म उनले कुष्ठरोगको औषधि खाए । कुष्ठरोगकै कारण उनले मात्र नभएर परिवारले कयौं लाञ्छना सहे त्यसको लेखाजोखा गर्नै सकिँदैन । कुष्ठरोगकै कारण उनलाई गाउँको स्कुलबाट समेत निकालियो । आनन्दवनमा उपचार गरेपछि उनको रोग निको भयो । गाउँमा बस्न सक्ने, पढ्न सक्ने अवस्था रहेन । उनी स्कुल पढ्न चाहन्थे । समाजमा असल मान्छे बनेर सामाजिक सेवामा लाग्न चाहन्थे ।

तर त्यतिबेला त्यो सजिलो थिएन । उनको पढ्ने चाहना पूरा गर्न पनि उही आनन्द वन अस्पताल अगाडि बढ्यो ।  सेन्ट जेभियर्स स्कुललाई आनन्द वन अस्पतालले नै उनको पढाइको व्यवस्था गर्न चिठी लेखिदियो । अस्पतालको आग्रह र विद्यार्थीको रुचिलाई ध्यानमा राखेर जेभियर्स स्कुलले उनलाई भर्ना लिएर सामाजिक सेवा केन्द्रमा बसेर पढ्ने मौका प्रदान ग¥यो । अमरले सेन्ट जेभियरबाटै एसएलसी पास गरे । त्यसपछि उनले जसोतसो कलेज पढे । उनी सम्झन्छन, दुःख, कष्ट, हण्डर र ठक्कर त कति झेले झेले । भेदभावको त हिसाब नै भएन । आफैं कुष्ठ प्रभावित भएकाले उनले प्रभावितका समस्या नजिकबाट अनुभव गर्न पाए सानै उमेरदेखि । कलेज पढाइ सकेपछि पनि उनी जागिरको खोजीमा त्यति लागेनन् । उनी त्यस्तो संस्थामा लाग्न चाहन्थे, जसले साँच्चिकै कुष्ठ प्रभावितका पीडा बुझेर काम गरोस् । जहाँ इच्छा त्यहाँ उपाय । उनी कुष्ठ प्रभावितको हक र अधिकारका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्था आइडियामा संलग्न भए ।  सदस्य हुँदै काठमाडौ सचिव भए । त्यसपछि केन्द्रीय महासचिव र विगत चार वर्षदेखि उनी आइडिया नेपालको केन्द्रीय अध्यक्ष छन् ।

कुष्ठ प्रभावितका क्षेत्रमा काम गर्ने कुष्ठ प्रभावितहरूको संस्था हो आइडिया नेपाल । यो अन्तर्राष्ट्रिय संस्था हो । यसको स्थापना सन् १९९८ मा भएको हो । अहिले आइडिया विश्वका ३७ देशमा सञ्चालनमा रहेका छन् । समान उद्देश्यका साथ स्थापना भएको संस्थाले कुष्ठरोगका कारण समाजबाट आफ्नो मानसम्मान र अस्तित्व गुमाएका व्यक्तिहरूको आत्मसम्मान फर्काएर ससम्मान जीवन निर्वाह गर्न सहयोग गर्छ । आइडिया नेपालले कुष्ठरोगीको आत्मसम्मान र प्रगतिमा विशेष ध्यान दिन्छ । जुन समाजमा मानसम्मान गुमाएका छन् त्यही समाजमा गुमेको आत्मसम्मान फर्काउनमा आइडियाले काम गर्छ । कुष्ठ प्रभावितलाई विभिन्न सीपमूलक तालिम दिएर जीविकोपार्जमा सहयोग गर्ने, भूकम्पका कारण भत्केका घर पुनर्निमाण गर्ने, प्रभावितका बालबालिकाको शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराउनेजस्ता काम आइडियाले गरिरहेको तिमिल्सिना बताउँछन् । आइडियालाई दी ल्याप्रोसी मिसन नेपालको सहयोग प्राप्त छ । कुष्ठ प्रभावितप्रतिको भेदभावको प्रमुख कारण अशिक्षा भएको राम्ररी बुझेका अमरले आफ्नै पहलमा राजधानीको बूढानीलकण्ठमा अमरदीप स्कुल स्थापना गरे । कक्षा १० सम्म पढाइ हुने यो स्कुलमा पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । अहिले पनि कुष्ठ प्रभावित व्यक्तिसँग बोलेपछि इज्जत नै जाने हो कि भन्ने व्यवहार देखाउने गरेको उनको अनुभव छ । कुष्ठ प्रभावितका पक्षमा हामी आफू नै लागेनांै, बोलेनौं भने कस्ले गरिदेला र ? भन्ने मनोभावनाबाट आफू आइडियामार्फत यो क्षेत्रमा सक्रियताका साथ लागेको अमर बताउँछन् ।   आइडियामार्फत दर्जनौं प्रभावितलाई समाजमा पुनस्र्थापन गराउन सकेकोमा अमर आफूले थालेको कामबाट सन्तुष्ट छन् । भन्छन्, अहिले त म गाउँमा जाँदा ठूलो मान्छे आयो भन्छन् । पहिले मलाई हेलाँ गरेर स्कुलबाट निकाल्ने समाजमा अहिले सम्मान पाउन सफल भएको छु । अमर अहिले आइडिया नेपालको अध्यक्षमात्र नभएर ल्याप्रोसी मिसन इन्टरनेसनलका बोर्ड सदस्य पनि हुन ।

सन् २०१६ मा स्विट्जरल्यान्डमा भएको मिसनको निर्वाचनले उनलाई बोर्ड सदस्य निर्वाचित गरेको थियो । आइडिया नेपाललाई देशका विभिन्न ११ जिल्लामा शाखा विस्तार गरेर कुष्ठ प्रभावितको हक, अधिकार र आत्मसम्मानका पक्षमा वकालत गर्न खटिएका छन् । आइडिया नेपाललालाई देशभरिका प्रभावितहरूका लागि शीतल प्रदान गर्ने छहारी बनाउन चाहन्छन् उनी । स्कुल स्थापनाको पनि आफ्नो कथा छ अमरसँग । उनी आफू स्कुलबाट भेदभावपूर्ण ढंगले निकालिएकोले कुनै पनि व्यक्तिले भेदभावपूर्ण किसिमले पढाइबाट बञ्चित हुन नपरोस् भनेर दुःख गरेर स्कुल खोलेको सुनाउँछन् । स्कुल स्थापना गर्नुभन्दा पहिले उनले थुप्रै स्कुलमा पढाए । बिहानसाँझ ट्युसन पढाए । त्यसबाट कमाएको केही पैसा र साथीभाइबाट सापट लिएर सन २००७ मा स्कुल स्थापना गरेको उनी सुनाउँछन् । उनले यो स्कुलमा ३० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । कुष्ठरोग प्रभावितलाई उनले निःशुल्क पढाइदिने गरेका छन् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्लिम एण्ड सेक्सी हुने यसरी   
Next article यौनाङ्ग चिलाउने कारण यो पनि हुन सक्छ 

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

Leave a Reply Cancel reply

Timeline
Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133790
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

146
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

127
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web