• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बैतडीमा गर्भवती आईरन चक्की नपाई रित्तै हात

December 8th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बैतडीमा गर्भवती आईरन चक्की नपाई रित्तै हात

बैतडी, २२ मंसिर : बैतडीका स्वास्थ्य संस्थामा केही दिनदेखि आइरन चक्कीको अभाव भएको छ । स्वास्थ्य संस्थामा आइरन चक्कीको अभाव हुँदा गर्भवती महिलालाई आइरन चक्की नदिएरै फर्काउनुपर्ने बाध्यता रहेको स्वास्थ्य चौकीले जनाएका छन् ।

सिगास गाउँपालिकाअन्तर्गत रहेको गाँजरी स्वास्थ्य चौकीमा आइरन चक्की कत्ति पनि नरहेको स्वास्थ्य चौकीका इन्चार्ज जनकसिंह धामीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको आइरन चक्कीको अभावमा गर्भवती महिलालाई रित्तै हात फर्काउनुपर्ने बाध्यता रहेको छ ।”

गर्भ बसेको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म महिलाले लगातार रुपमा आइरन चक्की खानुपर्ने भएपनि स्वास्थ्य संस्थामा आइरन चक्की नहुँदा महिला आइरन चक्की खानबाट वञ्चित भएका छन् ।

सिगास गाउँपालिका जस्तै सुर्नया गाउँपालिकाका स्वास्थ्य संस्थामा पनि आइरन चक्कीको अभाव रहेको छ । थोरै मात्रामा आइरन चक्की स्वास्थ्य संस्थामा पुगेको र त्यो गर्भवती महिलाका लागि कम हुँदा धेरैलाई रित्तो हात फर्काउनुपर्ने बाध्यता रहेको शंकरपुर स्वास्थ्य चौकीका अनमी सुनिता भट्टले जानकारी दिनुभयो ।

सरकारले स्वास्थ्य संस्थाहरुलाई स्थानीय तहमा हस्तान्तरण गरेदेखि नै स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव कायमै रहेको पुरचौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय तहमा स्वास्थ्य क्षेत्रका लागि केन्द्रबाटै कम बजेट आएकाले समस्या भएको छ ।”

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article महिला गर्भवती हुन कति शुक्रकिट चाहिन्छ ?
Next article यसरी लुटिन्छन् अस्पतालमा विरामी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133338
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web