• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
परिवार स्वास्थ्य

गर्भपतनको यस्तो डरलाग्दो रुप

December 8th, 2017 परिवार स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गर्भपतनको यस्तो डरलाग्दो रुप

काठमाडौँ, २२ मंसिर : सरकारले अनिच्छित गर्भपतनलाई कानुनी मान्यता दिएपछि विवाहित मात्र होइन अविवाहित जोडीले गर्भपतन गर्ने सहजतालाई जथाभावी प्रयोग गरिरहेको पाइएकोे छ । अहिले परिस्थिति यति डरलाग्दो बनिसकेको छ कि गर्भपतन गर्नेहरुमा सबैभन्दा बढी २० वर्षभन्दा मुनिका किशोरीहरु छन् ।
जनस्वास्थ्य कार्यालय काठमाडौँको आव २०७३÷७४ को तथ्याँक अनुसार १३ हजार ५७ जनाले गर्भपतन गराएका थिए जसमध्ये २० वर्षमुनिका किशोरीको संख्या तीन हजारभन्दा बढी छ ।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्राडा अचला वैद्यले किशोरकिशोरीलाई यौन शिक्षा विद्यालय तहबाटै दिनुपर्ने खाँचो औँल्याउनुहुन्छ ।
विपरीत लिङगी साथी बनाउने र शारिरीक सम्बन्धलाई मनोरजञ्जको रुपमा लिने गलत प्रवृतिका कारण गर्भपतनले डरलाग्दो रुप लिइरहेको उहाँ बताउनुहुन्छ ।
जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले अहिले विद्यालय महाविद्यालयका किशोरकिशोरीले शारिरीक सम्बन्धलाई निकै सहज रुपमा लिने गर्दा र सुरक्षा नअपनाउँदा यसको असर विकराल बन्दै गएको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो – “बिहे गर्न बीस वर्ष उमेर तोकिएकाले त्यस अघि शारिरीक सम्बन्ध पनि राख्न हुन्न भन्न खोजिएको हो तर समय धेरै अघि बढिसकेको छ । अहिले यौन सम्बन्धलाई सहज रुपमा लिने र मनोरञ्जनका लागि मात्र प्रयोग गर्ने गरेका कारण धेरै गर्भ फाल्दा किशोरीको प्रजनन् क्षमतामा ह्रास आउने खतरा बढेको छ ।”

भर्खरै  सार्वजनिक भएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले पनि गर्भपतन परिवार नियोजनको विकल्पको रुपमा विकास भइरहेको पुष्टि गरेको थियो ।
सो सर्वेक्षणले नेपालमा ७१ प्रतिशत गर्भपतन परिवार नियोजनको रुपमा प्रयोग हुँदै आएको तथ्याँकले देखाएको छ ।
अघिल्लो वर्षपनि गर्भपतन गराएकामध्ये २५ प्रतिशतभन्दा बढी २० वर्षमुनिका किशोरीले गर्भपतन गराउने गरेको पाइएको थियो ।
कानुनी रुपमा १२ हप्तासम्मको गर्भ महिलाले चाहेमा पतन गराउन सक्ने प्रावधान छ । विशेष परिस्थितिमा १८ हप्तासम्मको गर्भ पतन गराउन मिल्ने सरकारले बाटो खुला गरेको छ ।
काठमाडौँमा गर्भपतन गराउने महिलाको संख्या वार्षिक १५ हजार भन्दा बढी रहेको जनस्वास्थ्य कार्यालय काठमाडौँको तथ्याँक छ ।
जनस्वास्थ्य कार्यालयमा २०७१÷७२ मा काठमाडौँमा १३ हजार ६०९ जनाले गर्भपतन गराएका थिए । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्याँक अधिकृत पुष्कर बिजुक्छेले दिनुभएको जानकारी अनुसार आव २०७२÷७३ मा १५ हजार ५०३ जनाले गर्भपतन गराएको तथ्याँक छ । त्यसमा करिब २४ प्रतिशत २० वर्षमुनि छन् ।
चिकित्सकको बुझाइमा काठमाडौँमा बीस वर्षमुनिका किशोरीहरुमा गर्भपतनको संख्या बढ्नुमा असुरक्षित यौन सम्पर्क, अस्थायी साधनको प्रयोग नगर्नु र यौन शिक्षाबारे पर्याप्त ज्ञान नहुनु हो ।
गर्भपतन गराउन आउने अधिकांश किशोरीले औषधि सेवनको विधि रोज्ने गरेका छन् । काठमाडाँैंमा औषधि खाएर गर्भपतन गराउने किशोरीको संख्या पनि कूल गर्भपतनको आधाआधी हुने अनुमान गरिएको छ । दश साता नाघेको गर्भपतन गराउन औषधि सेवन भरपर्दो नहुने भएकाले आधाजसो किशोरीले चिकित्सकको सल्लाहमा शल्यक्रिया मार्फत गर्भपतन गराउने गरेका छन् ।
डा वैद्यले भन्नुभयो – “गर्भपतन सामान्य र स्वाभाविक होइन । यसले महिलाको स्वास्थ्यमा नकारात्मक असर पार्दछ । गर्भपतनले महिलाको स्वास्थ्यमा तात्कालिक र दीर्घकालीन असर पु¥याउने भएकाले यसलाई अस्थायी साधनको रुपमा लिनुहुन्न ।”
उहाँको भनाइमा पटकपटक गर्भपतन गराउँदा धेरै रक्तश्राव हुने, पाठेघरमा प्वाल पर्ने, पाठेघर काम नलाग्ने हुने र प्रजनन स्वास्थ्यमा असर पार्ने हुन्छ ।
त्यस्तै, गर्भपतनका लागि खाने औषधिले महिलामा अवस्थाअनुसार तौल कम वा धेरै हुने, पाठेघरमा घाउ हुने र सोही घाउ बढेर क्यान्सर समेत हुनसक्ने भएकाले महिलाले पहिलो बच्चा जन्माउनुअघि गर्भपतन गराउन नहुने सल्लाह उहाँको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जाडोमा एलर्जीको खतरा  
Next article महिला गर्भवती हुन कति शुक्रकिट चाहिन्छ ?

Health Today Nepal

Related Posts

पाठेघर खस्ने समस्या

पाठेघर खस्ने समस्या

हरेक दिन ५ ग्राम नुन

हरेक दिन ५ ग्राम नुन

पाठेघर झर्ने समस्या

पाठेघर झर्ने समस्या

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web