• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

नर्सहरुका नदेखिने पीडा

December 9th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नर्सहरुका नदेखिने पीडा

प्रतिमा केसी,

नर्स भन्ने बित्तिकै बिरामीको हेरचाह गर्ने व्यक्ति बुझिन्छ । तर बिरामीसँग सबैभन्दा बढी बस्नुपर्ने तर अस्पताल र बिरामी दुबैबाट जस नपाउने पर्यायका रुपमा नर्सहरु रहेका छन् ।
“सेवा नै धर्म हो” भन्ने मूल मर्म र भावनाले बिरामीको लागि आफ्ना व्यक्तिगत जीवनका कतिपय पाटाहरुलाई महत्व नदिएर नर्सहरु लागिपरेका हुन्छन् । घरपरिवार, चाडपर्व जस्ता पक्षहरु उनीहरुका लागि महत्व राख्दैनन् । यता घरमा साथीभाई, नातेदार आफन्तहरुले रमाइलो गरिरहेका हुन्छन् । तर उनीहरुले मनै मारेर भएपनि ड्यूटीमा जानैपर्छ । अरु पेशा जस्तो विदा लिएर आनन्द मनाउने अवसर उनीहरुका अगाडि हुँदैन ।

यसरी सेवा गरेपनि नर्सहरु भने आफूले पुर्याउने सेवाको जस खासै पाएको देखिँदैन ।  जोखिमपूर्ण  पेशाको रिवार्ड त्यही किसिमले हुनुपर्ने हो, तर बिरामीसँग अधिकांश समय साक्षात्कार गर्ने नर्सहरुको काम सजिलो भएपनि उनीहरुले भोग्नुपर्ने पीडा भोग्नेलाई मात्रै थाहा हुन्छ ।

अस्पतालमा नर्सको भूमिका एक ठाउँमा बसेर बिरामीलाई औषधी खान दिने र प्रेसर नाप्ने मात्रै हुँदैन । बरु उनीहरुले हरेक साना र ठूला काम गर्नुपर्ने हुन्छ । अप्रेसन थिएटरदेखि क्याबिनको सरसफाईसम्म उनीहरुले ध्यान पुर्याउनुपर्ने हुन्छ । बिरामीदेखि कुरुवासँग व्यवहार गर्नुपर्ने हुन्छ । बिरामीलाई औषधी दिने, प्रेसर नाप्ने, डाक्टरको राउण्ड जाने, ड्रेसिङ गर्ने, बिरामी भर्नादेखि डिस्चार्ज, रगत जाँचदेखि उनीहरुको हरेक क्षणको उपचारमा देखिएको प्रगति अभिलेख गर्ने काम एकतातिर हुन्छ भने अर्कोतर्फ बिरामी र कुरुवाको मनोविज्ञान बुझेर उनीहरुलाई सोही अनुरुपको व्यवहार गर्नुपर्ने हुन्छ ।

तर समस्या के हुन्छ भने एकातिर नर्सहरुलाई बिरामीले चौबिसै घण्टा आफ्नै वरिपरि भइदेओस् भन्ने चाहन्छ, सानो तिनो कुरामा समेत उनीहरुले गाली गर्ने, चित्त दुखाउने, कराउने अवस्थ हुन्छ । अर्कोतर्फ उपचारको प्रक्रियामा सानो गल्ती भए त्यसको जवाफदेही पनि नर्सले नै बेहोर्नु पर्छ । यतिसम्म कि कुनै दिन चिकित्सक ढिलो आएका खण्डमा पनि त्यसको आलोचना र आक्रोश नर्समाथि नै पोखिन्छ । डाक्टर किन नआउनुभएको अहिलेसम्म ? भनेर बिरामी र कुरुवाले कराएको सामना नर्सले नै गर्नुपर्छ । तर उनीहरुसँग त्यसको जवाफ हुँदैन । एउटा मध्यस्थतकर्ता या भनौं सहजकर्ताको भूमिका समेत उनीहरुले निर्वाह गर्नुपर्छ ।

अर्कोतर्फ कतिपय बिरामीका कुरुवाहरुको मनोविज्ञान नै कस्तो बनिसकेको भेटिन्छ भने उनीहरुका लागि नर्सहरुको खासै महत्व हुँदैन । डाक्टर आउँदा केही पनि नभन्ने र डाक्टरसँग बिस्तृतमा छलफल नगर्ने तर नर्ससँग भने उनीहरुले यो भएन त्यो भएन भन्ने किसिमले व्यवहार गरेको अधिकांश नर्सहरुले भोगेका हुन्छन् ।

बिरामीकाे पूर्ण जिम्मेवारी लिएर अस्पतालमा खटिएका नर्सहरुले झेल्नुपर्ने शारीरिक र मानसिक यो अवस्थाको तुलनामा उनीहरुले पाउने आर्थिक सुविधा समेत सन्तोषजनक हुँदैन । कतिपय अस्पतालले राम्रै सुविधा दिएपनि अधिकांश नर्सहरु आफूले पुर्याइरहेको सेवाको तुलनामा पाउने सुविधाबाट सन्तुष्ट देखिँदैनन् । कतिपय अस्पतालमा त नर्सिङ स्टाफहरुको कमी हुँदा पनि नयाँ स्टाफ नियुक्त गर्नुको साटो थोरैलाई नै कम सुविधामा अतिरिक्त जिम्मेवारी दिने गरिएको पनि भेटिन्छ । न्यून तलब र यसरी पेलिनु पर्दा कतिपय नर्सहरु आफ्नो पेशादेखि नै वितृष्णा पोख्ने गरेको देखिन्छ ।

यसरी नेपालका अस्पतालहरुमा नर्सहरुको भोगाई सुखद देखिन्न । हामीहरुले ९९ प्रतिशत काम राम्रो गरेपनि एकप्रतिशत कमजोरी हुँदा त्यसलाई मात्रै नोटिस गर्ने काम गरिन्छ । बिरामी र अस्पतालका लागि मरिमेटी काम गर्ने नर्सहरुले कहिल्यै पनि स्याबासी पाउँदैनन् । एउटा बाध्यतामा उनीहरु खटिइरहनुपर्छ ।सबै अस्पताल प्रशासनहरुले नर्सहरुको नर्सहरुको यो मानसिक अवस्था बुझेर सोही अनुरुप नीति परिवर्तन गर्ने हो भने एकातिर बिरामीले गुणस्तरीय वातावरणमा सेवा पाउँथे भने अस्पतालले समेत सोही अनुरुपको रेस्पोन्स बिरामी र जनताबाट पाउन सक्थे होला । यो तर्फ ध्यान दिने कि ?
Baixar Torrent Crackedao

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यसरी बचाऔं बच्चाको दाँत
Next article सेवाको ३८ वर्षपछि राजधानी टेक्ने डाक्टर

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132856
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web