• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

एन्टिबायोटिकको असर सिधै शिशुमा

December 13th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एन्टिबायोटिकको असर सिधै शिशुमा

हेल्थ टुडे

विभिन्न किसिमका सूक्ष्म जीवाणु (ब्याक्टेरिया) ले धेरै किसिमका रोग जन्माउँछन् । यस्ता सूक्ष्म जीवाणुको संक्रमणबाट विभिन्न रोग लाग्नुका साथै ज्वरो आउने, घाउ पाक्ने, खोकी लाग्ने, शरीर सुन्निने आदि विभिन्न लक्षणहरू देखा पर्दछन् । सूक्ष्म जीवाणुको संक्रमणका विरुद्धमा प्रयोग हुने औषधिलाई एन्टिबायोटिक भनिन्छ । सूक्ष्म जीवाणुको किसिमअनुसार प्रयोग गर्नुपर्ने एन्टिबायोटिक पनि फरकफरक हुन्छ र एउटै एन्टिबायोटिक सबै संक्रमणमा उपयोगी हुँदैन ।  दिनमा कति पटक प्रयोग गर्ने र कति अवधिसम्म प्रयोग गर्ने भन्ने पनि संक्रमण र एन्टिबायोटिकअनुसार फरकफरक हुन्छ । यी कुराको जानकारी चिकित्सक र स्वास्थ्यकर्मीलाई हुने भएकाले उनीहरूको सल्लाहअनुसार मात्र एन्टिबायोटिकको प्रयोग गर्नुपर्दछ ।

१. चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना बिरामी स्वयंले एन्टिबायोटिक औषधिको सेवन गर्नु हुँदैन । चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना एन्टिबायोटिक औषधिको प्रयोग गर्दा औषधिले संक्रमणबाट मुक्ति नदिनेमात्र होइन, रिएक्सन भएर मानिसको ज्यान जोखिममा पर्न सक्छ ।

२. गर्भवती वा स्तनपान गराइरहेकी महिलाले आफूखुसी एन्टिबायोटिक औषधि सेवन गर्दा शिशुमा समेत नराम्रो असअर पर्न सक्छ तथा अंगभंग भएको वा सुस्तमनस्थिति भएको बच्चा जन्मन सक्दछ ।

३. एन्टिबायोटिकको पूरा मात्र नखानाले ब्याक्टेरियाले एन्टिबायोटिक विरुद्धमा लड्ने क्षमता (प्रतिरोध) को विकास गर्दै र अर्को पटक सो एन्टिबायोटिकको प्रयोग गर्दा रोग निको नहुने हुन सक्छ ।

४. प्रतिरोध विकास गरेको ब्याक्टेरियाको संक्रमण जोसुकैलाई भए पनि सो एन्टिबायोटिकले असर नगर्ने भएकाले प्रतिरोध विकास गर्नु भनेको समुदाय र व्यक्तिको लागि मात्र होइन, विश्वकै लागि समस्या हुन सक्छ । त्यसैले सधैं चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा मात्र एन्टिबायोटिकको प्रयोग गरौं, गराऔं ।

५. नियम र अवधि नपु¥याएर एन्टिबायोटिक सेवन गरेमा रोगका लक्षणहरू नदेखिने भए पनि रोग निको नभई पुनः बल्झिने हुन सक्छ र अरूलाई उक्त रोग सर्न सक्दछ जसले गर्दा उनीहरूमा पनि त्यो समस्या देखा पर्दछ ।

६. भाइरसबाट हुने रूघाखोकीलगायत अन्य साधारण रोगमा एन्टिबायोटिकले असर गर्दैन ।

७. एन्टिबायोटिक औषधि सधैं चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा तोकिएको मात्रा र अवधिसम्म अनिवार्य रूपमा प्रयोग गरौं ।

औषधिको दुरुपयोग नगरौं

१. स्वास्थ्य परीक्षण नगरी औषधिको सेवन नगरौं ।

२. निद्रा लाग्ने तथा मनोद्विपक औषधिहरूको अनावश्यक सेवनले गर्दा थाहै नपाई लत लाग्ने भएकाले यस्ता औषधि चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहअनुसार निश्चित अवधिका लागि मात्र प्रयोग गरौं ।

३. लागू तथा मनोद्विपक औषधिको लगत नराखी बिक्री वितरण गर्नु गैरकानुनी काम हो । अतः लगत राख्न औषधि व्यवसायीलाई सहयोग गरौं ।

४.औषधि रहरले होइन आवश्यकताअनुसार मात्र प्रयोग गरौं ।

५. जीवन अमूल्य छ, दुव्र्यसनी बनी यसलाई खेर नफालौं । दुव्र्यसनमुक्त समाज निर्माण गरौं ।

६. किशोरावस्थाका केटाकेटीलाई अभिभावकहरूले मायाममता र सही मार्गनिर्देशन दिएर उनीहरूलाई दुव्यर्सनको लतमा फस्नबाट जोगाऔं ।

८. औषधिको प्रयोग गर्दा विल लिन नभुलौं । बिल दिँदा औषधि व्यवसायीले चनाखो भई औषधि बिक्री वितरणबारे पुनः हेर्ने भएकाले गलत औषधि पर्नबाट बचिन्छ । कानुनसम्मत किसिमले दर्ता भएको औषधिमात्र प्राप्त हुन्छ औषधिको उचित मूल्यबारे आश्वस्त हुन सकिन्छ । म्याद नाघेको औषधि पर्ने सम्भावना कम हुन्छ र गलत औषधि परेको अवस्थामा भूलसुधार गर्न सक्ने अवस्था रहन्छ ।

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यौन आनन्द कसरी लिने ?
Next article रक्सीभित्र लुकेको मोहनी र वास्तविक खतरा 

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132117
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

48
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web