• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

यूएनएफपीएद्वारा तथ्यांक विश्लेषण र प्रतिवेदन प्रणालीयुक्त एआई प्रविधि परियोजना सार्वजनिक

March 31st, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यूएनएफपीएद्वारा तथ्यांक विश्लेषण र प्रतिवेदन प्रणालीयुक्त एआई प्रविधि परियोजना सार्वजनिक


हेल्थ टुडे,

काठमाडौँ, १८ चैत : नेपालस्थित यूएनएफपीएले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गुगल, यूएनएफपीएको सूचना प्रविधि सेवा कार्यालय (आईटीएसओ) र ब्रिटिश दूतावास काठमाडौँको सहकार्यमा आज एक विशेष कार्यक्रममा एआईमा आधारित डेटा विश्लेषण प्रणाली सार्वजनिक गरेको छ । कार्यक्रममा सरकारी निकाय, विकास साझेदार, तथा निजी क्षेत्रका प्रमुख प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
एआईमार्फत डेटा अनलक गर्दैः डेटा विश्लेषण र प्रतिवेदनका लागि एआईको उपयोग शीर्षकमा आयोजना गरिएको उक्त कार्यक्रममा डेटा विश्लेषण र प्रतिवेदन तयार पार्ने तरिकालाई रूपान्तरण गर्ने क्षमता भएको अत्याधुनिक पाइलट एआई प्रणालीको प्रस्तुति गरिएको थियो ।
उक्त प्रविधिले प्रयोगकर्ताहरूलाई जटिल डेटासेटहरूमाथि सरल प्रश्नमार्फत वास्तविक समयमै एआई–सञ्चालित तथ्याङ्क, ग्राफ, तालिका, तथा प्रतिवेदनहरू निर्माण गर्न सक्षम बनाउँछ। प्रणालीको परीक्षणका लागि नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को डेटा प्रयोग गरिएको थियो । प्रणालीको केन्द्रमा रहेको क्षेत्र–प्रज्ञ सेमान्टिक क्वेरी इन्जिनले प्रयोगकर्ताको प्रश्न कुन विषयसँग सम्बन्धित हो भन्ने कुरा बुझ्ने क्षमता राख्दछ ।

यूएनएफपीए नेपालकी प्रतिनिधि वोन यङ होङले भनिन्, ‘ एआईले सर्वेक्षण कसरी सञ्चालन गरिन्छ र प्रतिवेदनहरू कसरी तयार गरिन्छ भन्ने कुरामा मूलभूत रूपमा रूपान्तरण ल्याउने सम्भावना राख्दछ । जसले डेटा सङ्कलन र विश्लेषणलाई अझ समयमै, प्रभावकारी र सटीक बनाउँछ । ’ उनले अगाडि भपिन, ‘यो प्रणालीले सरकारलाई डेटा विश्लेषण र विवरणात्मक प्रतिवेदनहरू छिटो सार्वजनिक गर्न सहयोग पु¥याउने क्षमता राख्दछ, जसले उत्तरदायित्व बढाउँछ र लागत–कुशलता ल्याउँछ । जुन आजको जटिल विश्वव्यापी आर्थिक परिवेशमा विशेषगरी अत्यावश्यक फाइदा हो । यस्तो प्रगतिलाई सम्भव बनाउन बेलायती दूतावास नेपालको नवप्रवर्तनशील साझेदारीप्रति हामी आभारी छौं ।’

नेपालका लागि बेलायती राजदूत महामहिम रोबर्ट डोमिनिक रसेल फेनले भने, ‘डेटालाई पहुँचयोग्य, समयमै र उपयोगी बनाउँदै एआई–सञ्चालित विश्लेषणमार्फत गरिएको यो पहलले विकासलाई समावेशी बनाउने उदाहरण पेश गरेको छ । यसले संस्थाहरू र नागरिकहरूबीचको दूरी घटाएर, प्रमाणमा आधारित नीति निर्माणलाई सशक्त बनाउनेछ। हामी यूएनएफपीए सँगको यस डिजिटल रूपान्तरण प्रयासमा सहकार्य गर्न पाउँदा गर्व गर्छौं । ’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले भने, ‘डेटा विश्लेषणमा देखिने मानव स्रोत तथा प्राविधिक क्षमताको अभावलाई सम्बोधन गर्न एआई प्रविधि उपयोगी हुन्छ। यसले सार्वजनिक संस्थाहरूलाई तत्काल प्रमाणमा आधारित छिटो र सशक्त निर्णय लिन सक्षम बनाउँछ । ’
कार्यक्रममा एआई प्रणालीको प्रत्यक्ष प्रदर्शन गरिएको थियो र भविष्यमा यस प्रणालीलाई सरकारी डेटा प्रणाली तथा प्रक्रियासँग एकीकृत गर्ने योजना प्रस्तुत गरिएको थियो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय तथ्याङ्क कार्यालय, संयुक्त राष्ट्रका निकायहरू, शैक्षिक संस्था, निजी क्षेत्र, प्रविधि कम्पनीहरू र सञ्चारमाध्यमका झण्डै १५० जना प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
यो पहलले अन्य क्षेत्र र डेटा सेटहरूमा समेत एआई प्रविधिको प्रयोगमार्फत सार्वजनिक निर्णय प्रक्रियालाई अझ सशक्त र प्रभावकारी बनाउने दिशामा भविष्यका साझेदारीहरूलाई उत्प्रेरित गर्ने विश्वास गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पिजीको हालको म्याचिङ प्रक्रिया रोकी पूर्वनिर्धारित सिट अनुसार गर्न चिकित्सक संघको माग
Next article जडीबुटी उत्पादन कम्पनीमा राजावादीले गरे आगजनी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134093
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

140
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

138
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web