• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ब्लड क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग

December 15th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ब्लड क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग

हेल्थ टुडे

ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले ‘सहयोगी हात बढाऔं, जीवन बचाऔ’ कार्यक्रम मार्फत हस्पिटलमा उपचार गराईरहेकी ब्लड क्यान्सर विरामी बालिका क्रिस्टिना भण्डारीको जीवनरक्षार्थ दुई लाख ७ हजार १ सय ५५ रुपैया उपलब्ध गराएको छ । विहिवार आयोजित कार्यक्रममा हस्पिटलका अध्यक्ष डा.  भोला रिजाल र हस्पिटलका संचालक तथा ओम हेल्थ क्याम्पसका अध्यक्ष विजय मल्लले भण्डारीका बुबा कृष्ण भण्डारीलाई उक्त आर्थिक सहयोग प्रदान गरेका हुन । हस्पिटल  संचालकहरु, चिकित्सक तथा कर्मचारीहरुको सहयोगमा संकलित रकम कमजोर आर्थिक अवस्था भएका भण्डारीलाई हस्तान्तरण गरिएको  हो ।

कार्यक्रममा हस्पिटलका अध्यक्ष डा. रिजाल, ओम हेल्थ क्याम्पसका अध्यक्ष मल्ल, हस्पिटलका प्रबन्ध संचालक बाबु काजी कार्की, चिकित्सकद्धय डा. हरिकिशोर श्रेष्ठ, डा. उज्वल चालिसे, कर्मचारी यूनियनका अध्यक्ष केशव चौलागाई लगायतले सामाजिकउत्तरदायित्वबोध गर्दै ब्लड क्यान्सर पीडित भण्डारीलाई सहयोग गरिएको बताए । क्रिस्टिनाका बुबा कृष्ण भण्डारीले आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिए । भण्डारीलाई यसअघि पनि ओम हस्पिटल कर्मचारी यूनियनको तर्फबाट २५ हजार ५ सय तथा केमोथेरापी यूनिटको तर्फबाट ३० हजार रुपैया उपलब्ध गराइएको थियो । कपिलवस्तु नगरपालिका वडा नम्बर ८ की स्थायी घरभई हाल काठमाडौ मैजुबहाल बसिरहेका क्रिस्टिना कृष्ण भण्डारी र प्रकृति भण्डारीकी एक्ली सन्तान हुन् ।

न्यू इङलिस स्कुलमा कक्षा ४ मा अध्ययनरत साढे ९ वर्षीया भण्डारीलाई एक वर्ष सम्म नियमित केमोथेरापी चलाइएकोमा अब हेमाटोपोइटिक स्टिम सेल ट्रान्सप्लानटेशनमार्फत् मात्र उनको उपचार सम्भव रहेको चिकित्सकहरुले बताएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सातवटै प्रदेशमा कति चाहिन्छन् विशेषज्ञ डाक्टर
Next article राजधानीमा मेडिकल ल्याव सो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134259
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

139
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

109
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web