• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ब्लड क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग

December 15th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ब्लड क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग

हेल्थ टुडे

ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले ‘सहयोगी हात बढाऔं, जीवन बचाऔ’ कार्यक्रम मार्फत हस्पिटलमा उपचार गराईरहेकी ब्लड क्यान्सर विरामी बालिका क्रिस्टिना भण्डारीको जीवनरक्षार्थ दुई लाख ७ हजार १ सय ५५ रुपैया उपलब्ध गराएको छ । विहिवार आयोजित कार्यक्रममा हस्पिटलका अध्यक्ष डा.  भोला रिजाल र हस्पिटलका संचालक तथा ओम हेल्थ क्याम्पसका अध्यक्ष विजय मल्लले भण्डारीका बुबा कृष्ण भण्डारीलाई उक्त आर्थिक सहयोग प्रदान गरेका हुन । हस्पिटल  संचालकहरु, चिकित्सक तथा कर्मचारीहरुको सहयोगमा संकलित रकम कमजोर आर्थिक अवस्था भएका भण्डारीलाई हस्तान्तरण गरिएको  हो ।

कार्यक्रममा हस्पिटलका अध्यक्ष डा. रिजाल, ओम हेल्थ क्याम्पसका अध्यक्ष मल्ल, हस्पिटलका प्रबन्ध संचालक बाबु काजी कार्की, चिकित्सकद्धय डा. हरिकिशोर श्रेष्ठ, डा. उज्वल चालिसे, कर्मचारी यूनियनका अध्यक्ष केशव चौलागाई लगायतले सामाजिकउत्तरदायित्वबोध गर्दै ब्लड क्यान्सर पीडित भण्डारीलाई सहयोग गरिएको बताए । क्रिस्टिनाका बुबा कृष्ण भण्डारीले आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिए । भण्डारीलाई यसअघि पनि ओम हस्पिटल कर्मचारी यूनियनको तर्फबाट २५ हजार ५ सय तथा केमोथेरापी यूनिटको तर्फबाट ३० हजार रुपैया उपलब्ध गराइएको थियो । कपिलवस्तु नगरपालिका वडा नम्बर ८ की स्थायी घरभई हाल काठमाडौ मैजुबहाल बसिरहेका क्रिस्टिना कृष्ण भण्डारी र प्रकृति भण्डारीकी एक्ली सन्तान हुन् ।

न्यू इङलिस स्कुलमा कक्षा ४ मा अध्ययनरत साढे ९ वर्षीया भण्डारीलाई एक वर्ष सम्म नियमित केमोथेरापी चलाइएकोमा अब हेमाटोपोइटिक स्टिम सेल ट्रान्सप्लानटेशनमार्फत् मात्र उनको उपचार सम्भव रहेको चिकित्सकहरुले बताएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article राजधानीमा मेडिकल ल्याव सो
Next article सातवटै प्रदेशमा कति चाहिन्छन् विशेषज्ञ डाक्टर

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 17th 3:56 AM
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

May 17th 3:28 AM
समाचार

फुड सप्लिमेन्ट खाद्य प्रविधि विभागले हेर्छ, कसैको हस्तक्षेप स्विकार्य छैन : कृषि मन्त्री

May 15th 4:13 PM
समाचार

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी

May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

May 6th 9:42 AM
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 3rd 9:21 AM
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 2nd 5:58 AM
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

Apr 28th 10:50 AM
समाचार

निर्णय भएको मितिदेखि नै ४८ हजार निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131508
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web