• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 7th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

यौन सम्पर्कले हृदयाघातको सम्भावना कम

December 15th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यौन सम्पर्कले हृदयाघातको सम्भावना कम

यौनक्रीडा एक प्रकारको व्यायाम हो । यसले मुटुलाई फाइदा गर्छ । मुटुरोग विशेषज्ञहरूका अनुसार पुरुष र महिलाबीच सहमतिमा गरिने यौन सम्पर्कले हृदयाघातको सम्भावना कम गर्र्छ । हरेक दिन गरिने यौन सम्पर्कभन्दा हप्ताको दुईदेखि तीन पटकसम्म गरिने यौन सम्पर्कले मानिसको आयु १० वर्ष बढ्छ । अधिकांश मुटुरोगीहरूले यौन सम्पर्कले मुटुमा दबाब पर्ने अनुमान गरी यौन सम्पर्कबाट टाढा रहन खोज्छन् । तर त्यसो गर्नु नहुने चिकित्सकहरू बताउँछन् । मुटुरोग विज्ञ डा.प्रकाशराज रेग्मीका अनुसार यौनक्रीडाको समयमा मुटुमा पर्ने दबाब भनेको दुई तला माथि भ¥याङ चढ्नु बराबर हो ।

छातीमा पीडा उत्पन्न नभई दुई तला माथि भ¥याङबाट चढ्न सकिन्छ भने यौनक्रीडाको भार मुटुले सजिलै धान्न सक्छ । यदि छातीमा पीडा उत्पन्न हुन्छ भने यौनसम्पर्कका बेला कममात्र श्रम प्रयोग गर्नुपर्छ । साथै जिब्रो मुनि राख्ने औषधि प्रयोग गर्नु पर्छ । कपिपय पुरुष मुटुरोगीहरूले यौन दुर्लभताको अनुभव गर्छन् । धेरैजसो अवस्थामा यो मनोवैज्ञानिक कारणबाट हुन्छ । यसका अलावा डिप्रेसनका कारण पनि हुन्छ ।

कहिलेकाहीँ सेवन गरिरहेको कुनै औषधिका कारण पनि यौन दुर्लभता भएको हुन सक्छ । यसको उपचार सम्भव छ । आफ्नो चिकित्सकसँग संकोच नमानी यसका विषयमा परामर्श लिनुपर्छ । हृदयाघात भएको कति समयपछि यौनसम्पर्क गर्दा हुन्छ ? भन्ने प्रश्न पनि बिरामीको मनमा हुन्छ । यो कुरा उनीहरू डाक्टरलाई पनि भन्ने गरेका हँदैनन् । चिकित्सकहरूका अनुसार हृदयाघातको शल्यक्रिया गरेको चार हप्तापछि यौन सम्पर्क राख्दा हुन्छ । तर आफ्नो अन्य स्वास्थ्य अवस्था भने विचार गर्नुपर्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article इनर्जी ड्रिंक्स भ्रमको खेती
Next article मधुमेहबाट बच्ने पाँच सूत्र

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132099
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web