• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 22nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विरामीको ढाड सेक्ने यी अस्पताललाई मुद्दा

December 20th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विरामीको ढाड सेक्ने यी अस्पताललाई  मुद्दा

हेल्थ टुडे

काठमाडौं, ५ पुष : विरामीको ढाड सेक्ने गरि चर्को शुल्क असुल्ने निजी अस्पताललाई मुद्दा चलाइने भएको छ । सरकारले अनुगनका क्रममा नियम विपरित विभिन्न सेवाका बहानामा चर्को शुल्क लिइरहेका ती अस्पताललाई मुद्दा दायर गर्न लागेको हो । चर्को शुल्क असुलेको पाएपछि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले मुद्दा दायर गर्ने तयारी गरेको छ । विभागले केही दिन पहिले  डा. अशोक बास्कोटा र डा. जगदिशलाल बैद्य प्रमुख रहेको वि एण्ड वि, डा. चक्रराज पाण्डे निर्देशक रहेको ग्राण्डी इन्टरनेशनल हस्पिटल, डा. उपेन्द्र देवकोटा प्रमुख रहेको न्यूरो हस्पिटल, रवि चौधरी प्रमुख रहेको बयोधा हस्पिटल र वसन्त चौधरीको लगानीमा सञ्चालित नर्भिक हस्पिटलमा चर्को शुल्क लिएको पाएको थियो ।

विभागले अनुगमनका क्रममा नियम बिपरित चर्को शुल्क असुलिरहेका यिनी अस्पतालहरु विरुद्घ मुद्दा दायर गर्न लागेको विभागका महानिर्देशक कुमार दाहालले बताए । यी अस्पतालहरुलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न मुद्दा दायर गर्न लागिएको उनले बताए । सरकारी वकिलसँग राय लिने काम भइरहेको बताउँदै जनताको ढाड सेक्ने अस्पतालहरुलाई त्यतिकै नछोडिने उनले दाबी गरे । यी अस्पताल विरुद्घ  कालो बजारी तथा समाजिक अपराध सजाय ऐन २०३२ र उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार मुद्दा दायर गर्ने तयारी बिभागको छ । अध्ययन अनुसार यी ५ वटा अस्पतालले बर्षमा २ अर्व ५० करोड भन्दा बढी ठगिगरेको पाइएको दाहालले बताए । अस्पताल सञ्चालकहरुले स्पष्ठ जवाफ दिन नचाहेकाले उनीहरु विरुद्घ मुद्दा दायर हुन लागेको छ । आफूलाई अन्तराष्टिय अस्पताल भन्ने ग्राण्डीले नर्सिङ सेवा भन्दै दोब्बर शुल्क लिने गरिएको पाइएको छ भने १० प्रतिसत निशुल्क शैया समेत कार्यन्वयनमा ल्याएको छैन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article    महामारी सम्बन्धि राष्ट्रिय सम्मेलन
Next article यी हुन एक वर्षमा २ अर्ब ५० करोड ठग्ने अस्पताल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133132
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

37
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web