• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 4th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

रामेछापमा एन्टिवायोटिक पाउनै छोड्यो !

December 22nd, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रामेछापमा एन्टिवायोटिक पाउनै छोड्यो !

हेल्थ टुडे

मन्थली, ७ पुष : रामेछापको सदरमुकाम मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा एन्टिवायोटिक सकिएको ३ महिना भइसकेको छ । तर अहिलेसम्म औषधि पुगेको छैन । औषधि नभएपछि बिशेष गरि दम र छालाका बिरामी उपचारबाट बन्चित भएका छन् ।

जोडो मौषममा बढी जसो दम र छालाको समस्या देखिने गर्छ । प्राथमिक स्वास्थ्य केन्द्र इन्चार्ज निलिजा शाक्यका अनुसार दमका विरामीलाई एजिथ्रोमाइसिन एन्टिवायोटिक र छालाका विरामीलाई एन्टी फङ्गल मलम अभावले सबैभन्दा बढी समस्या गरेको छ । अन्य औषधि भए पनि एन्टिवायोटिक नभएपछि विरामी समस्यामा परेको उनले बताइन । यो औषधि बजारमा कमै पाइने र पाइए पनि महंगो हुने भएकाले अधिकांश विरामी यो औषधिका लागि प्राथमिक स्वास्थ्य केन्द्रकै भर पर्ने गर्दथे । सरकारले यो वर्षदेखि स्थानिय तहमै औषधि खरिदको अधिकार दिएपछि यो समस्या देखिएको हो ।

मन्थली नगरपालिका स्वास्थ्य संयोजक केशव फूयालका अनुसार ४ लाख बराबरको औषधि खरिद गरि मन्थली र गेलुको स्वास्थ्य केन्द्रलाई दिइएको थियो । तर न्यून बजेटका कारण प्रयाप्त औषधि किन्न नसकिएपछि यो समस्या आएको स्वास्थ्य केन्द्रले जनाएको छ । नगरप्रमुख रमेशकुमार बस्नेतले औषधि किन्नका लागि १९ लाख विनियोजन गरिएको र चाडै खरिद प्रक्रिया थालिने बताए । जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा औषधि अभाव रहेको जिल्ला स्वास्थ्य प्रमुख प्रकाश शाहले बताए । उनका अनुसार स्थानिय निकायका अधिकारीले स्वास्थ्य सेवाको संवेदनसिलता नबुझेका कारण समस्या आएको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. देवकोटाको रोग पत्ता लगाउन बेलायती डाक्टरहरुलाई हम्मे हम्मे
Next article यसरी खोलिन डा. लोचनाले जेरियाट्रिक होस्टेल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131641
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web