• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

हाम्रो स्वास्थ्य र मन्दिरमा मदिराको विज्ञापन

December 22nd, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हाम्रो स्वास्थ्य र मन्दिरमा मदिराको विज्ञापन

नविन भट्टराई

नसर्ने रोगको संक्रमण जुन किसिमले बढीरहेको छ त्यस अनुसार यसको गाम्भीयर्तालाई साँच्चिकै ध्यानमा राखेर सरकारले पहल कदमी चालेको पाइँदैन । केही जिल्लाका स्वास्थ्यकर्मीलाई यससम्बन्धी तालिम दिएर नसर्ने रोगको औषधि प्राथमिक स्वास्थ्य केन्द्रसम्म पु¥याइने आश्वासन दिए पनि यसका विषयमा अहिलेसम्म ठोस पहल कदमी भएको छैन । मुटु रोग, मिर्गौला रोग, क्यान्सर, मधुमेहजस्ता कयौं नसर्ने रोगको प्रमुख कारकहरूमध्ये धूमपान, मद्यपान र जङफुड हो । नियमित व्यायामको अभाव, अव्यवस्थित खानपान र मोटोपन पनि यसको अर्को कारण हो ।

सरकारले धूमपान नियन्त्रणका लागि कानुनी व्यवस्था गरे पनि मद्यपान नियन्त्रणका लागि कुनै योजना छैन । पछिल्ला दिनमा देशका कुनाकुना मदिराको विज्ञापनको होडिङ बोर्ड टांगिएका छन । पूर्वको धरानदेखि पश्चिमको दार्चुलासम्म बियर, भोट्का, रक्सी र वाइनका विज्ञापन छ्यापछ्याप्ती छन् । यतिसम्मकि मन्दिरभित्र समेत रुस्लान भोट्काको विज्ञापन राखिएका छन् । यसले नयाँ पुस्तालाई नसर्ने रोगको रोकथाममा भन्दा यसलाई बढावा दिइरहको छ । धूमपान गर्नेको संख्या घटेको देखिए पनि समाजमा अहिले मदिराका अम्मलीको संख्या बढेको छ । पछिल्ला दिनमा मदिरामा महिलाको संख्या बढ्दो छ । सहरमा आयोजना हुने विभिन्न समारोहहरूमा महिलाले पनि वाइन वा बियर पिउनै पर्ने नपिए सभ्य नभइने जस्तो लाग्न लागेको छ । यस किसिमको संस्कारलाई बढावा दिनु कसैका लागि हितकर छैन । सरुवा रोगको तुलनामा नसर्ने रोगको उपचार हजारौं गुना महँगो हुने भएकाले हाम्रोजस्तो आर्थिक अवस्था कमजोर भएको देशले नसर्ने रोगको संक्रमण रोक्न प्रभावकारी कदम ल्याउन ढिलो गर्नु हुँदैनथ्यो । तर ६।६ महिनामा फेरिने मन्त्री र कर्मचारी प्रशासनले यस विषयमा कुरा गर्ने तर ठोस काम गरेर देखाउन नसक्ने भएकाले युवा अवस्थामै सयौं युवायुवती हृदयाघातका कारण ज्यान गुमाइरहेका छन् भने हजारांै क्यान्सरपीडित भएका छन् ।

विज्ञहरूका अनुसार धूमपान, मद्यपान र जङफुडमात्र नियन्त्रण गर्न सक्ने हो भने यी रोगीको संख्या आधाले घट्ने अवस्था छ । क्यान्सर रोगविज्ञ डा.सुदीप श्रेष्ठ भन्छन्, ‘धूमपान र मद्यपान नियन्त्रण गर्न सक्यौं भने मात्रै हामीले आधा बिरामी कम गर्न सक्छौ ।’ नेपालमा बर्सेनि फोक्सोको क्यान्सरका बिरामी बढ्नुको कारण ९० प्रतिशत धूमपानको सेवन भएको फोक्सो क्यान्सर विशेषज्ञ डा. अम्बुज कर्ण बतउँछन् । नेपालमा बर्सेनि तीन हजारभन्दा बढीको मिर्गौला फेल हुने गरेको अनुमान छ । मिर्गौला फेल हुनमा पनि धूमपान, मद्यपान र अव्यवस्थित जीवनशैली जिम्मेवार रहेको चिकित्सकहरू बताउँछन् । अव्यवस्थित खानपान, व्यायामको कमी, धूमपान र मद्यपानको सेवन नै नसर्ने रोगको कारण भए पनि त्यसलाई न सरकारले, न जनताले आत्मसात् नगर्दा केही वर्षभित्रै यो समस्याले भयावह अवस्था सिर्जना गर्ने प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मी बताउँछन् । उनी भन्छन्, ‘हिजोआज पुरुषभन्दा महिला मदिराप्रेमी हुँदै गएका छन् । वाइन र बियरको ग्लास लिनु त फेसन जस्तै भयो । यसले नसर्ने रोगको संक्रमण दर कहाँ पु¥याउला चिन्ताको विषय छ ।’ नसर्ने रोगको औषधि महँगो भएकाले स्वास्थ्यमा बजेट बढाउनुपर्ने टड्कारो आवश्यकता रहेको विज्ञहरू औंल्याउँछन् ।  अहिले कुल बजेटको पाँच प्रतिशतमात्र स्वास्थ्यका लागि विनियोजन गरिएको छ ।

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article महिनावारीमा किन बग्छ बढी रगत ? 
Next article यसरी खोलिन डा. लोचनाले जेरियाट्रिक होस्टेल

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web