• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 15th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

यौनकर्मी, जो महंगा गाडी चढ्छन्

December 25th, 2017 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यौनकर्मी, जो महंगा गाडी चढ्छन्

सन्ध्या केसी,

तपाईलाई फेसबुकमा कुनै अपिरिचित केटीले वा केटाले फ्रेण्ड रिक्वोइस्ट पठायो भने सिधै एसेप्ट नगरिहाल्नुस । उसको प्रोफाइल हेर्नुहोस, एक पटक । उसको ठेगाना, उसका साथीहरु, उसले पहिले गरेका पोष्टहरु यी सबै हेरेपछि चित्त बुझे मात्र एसेप्ट गर्नु होस । नचिनेका केटा वा केटी सिधै सिक्वोइस्ट एसेप्ट गर्दा तपाईको फ्रेण्ड यौन व्यवसायी पनि पर्न सक्ने संभावना छ । किनकी अचेल मध्यस्थकर्तामार्फत हुने अधिकांश यौन व्यवसाय सामाजिक सञ्जाल (इन्टरनेट) र मोवाइलको सहायताले हुन थालेको छ । फेस बुकका पहिले हलोहाई भन्ने बिस्तारै पारिवारिक र आर्थिक अवस्थासम्म कुराकानी हुने र पछि फोन मार्फत भेट्ने कुरासम्म पुग्ने गरेको एक यौन व्यवसायी बताउछन । यौन व्यवसायमा लागेका महिला वा पुरुष फेस वुक वा इन्टरनेटको माध्यमबाट मोलमोलाई देखि भेट्ने स्थानसम्मका कुरा तय गर्छन । यसरी समाजिक सञ्जाल मार्फत व्यवसाय चल्न थालेपछि यो व्यवसायमा बिचौलियाको प्रभाव घट्दै गइरहेको छ ।

उमेर ढल्केका केही यौनकर्मी अझै पनि  युवायुवतीको बिचौलिया बनेर कमाई गरिरहेका पनि छन । तर तिनीहरुको संख्या एकदमै कम छ अहिले ।  बिचौलियाका कारण पहिले उनीहरूको आम्दानी कम हुन्थ्यो । आधाआधा गर्नु पर्दथ्यो । तर अहिले मोबाइल, इन्टरनेटको सहयोगले सीधै ग्राहकसम्म पहुँच पुगेको छ । पढेलेखेकाले त अहिले ग्राहकसंग विदेशबाट गिफ्टसमेत मगाउँछन् । राजधानीका तारेहोटेलदेखि डान्सबारसम्म, गेस्ट हाउसदेखि भट्टीसम्म, बसपार्कदेखि सडकपेटीसम्म यौन व्यवसाय फस्टाउदो  छ । यो व्यवसायको स्थान, शैली परिवर्तन भइरहेको होला पेसा परिवर्तन भएको छैन । मध्यस्थकर्तामार्फत हुने अधिकांश यौन व्यवसाय अहिले सामाजिक सञ्जाल (इन्टरनेट) र मोवाइलको सहायताले हुन थालेको छ । ग्लोबल फन्डले गरेको आईबीबीएस (इन्टिग्रेटेड बायोलोजिकल एन्ड बिहेवियरल सर्भिलेन्स) सर्भेक्षणले राजधानीमा मात्र ३० हजार यौनकर्मी महिला रहेको औंल्याएको छ । तर त्यसको दुई गुना बढी महिला यौन व्यवसायमा रहेको यौनकर्मी महिलाका क्षेत्रमा कार्यरत संस्था जागृति महिला महासंघको दाबी छ । पुरुष यौनकर्मीको संख्या पनि त्यो भन्दा बढी रहेको महासंघको अनुमान छ । यौन व्यवसायीको क्षेत्रमा कार्यरत महिला अगुवाहरूका अनुसार नेपालमा पाँच प्रकारका यौनकर्मी छन् ।

पहिलो श्रेणीका यौनकर्मी जो महंगा गाडी चढ्छन् । उच्च घरानाका उनीहरू बाहिर कमैमात्र देखिन्छन् । उनीहरूका पार्टनर पनि उच्च ओहदाकै हुन्छ । ती यौनकर्मिको कमाइ महिनामा कम्तिमा डेढदेखि दुई लाखसम्म हुन्छ । दोस्रो श्रेणीका यौन व्यवसायी जो सम्पर्कका आधारमा मात्र व्यवसाय गर्छन् । ठूलठूला होटेलको सम्पर्कमा हुन्छन् । होटेलले सम्पर्क गरे मात्र उनीहरु व्यवसायमा जान्छन् ।  उनीहरू ग्राहक खोज्दै हिँड्दैनन् । सधैं व्यस्त पनि हुँदैनन् । उनीहरु थोरै समयमा मनग्यै कमाउँछन् । उनीहरूको कमाइ महिनामा एक लाख देखि डेढ लाख आसपास हुन्छ । तेस्रो प्रकारका यौन व्यवसायी जो डान्सबार, गेस्ट हाउसलाई आफ्नो सम्पर्क स्थान बनाएर व्यवसाय गर्छन् । उनीहरू डान्सबारलाई सम्पर्क स्थान बनाएर मोबाइलमार्फत सम्पर्क गरेर ग्राहकले बोलाएको स्थानमा पुग्छन् वा आफुले बोलाउँछन् । उनीहरूको कमाइ महिनामा ५० हजारदेखि एक लाखको आसपासमा हुन्छ । यसमा पनि यौनकर्मिको उमेर, , सुन्दरता, क्षमता, अनुभव, सम्पर्कका आधारमा कसैले यो भन्दा बढी पनि कमाउछन् । चौथौ प्रकारका यौन व्यवसायी भनेका ग्राहक फेर्दै र खोज्दै हिँड्दैनन् । उनीहरूका नियमित ग्राहक एउटै हुन्छन् । उसैबाट तिनीहरूले आफ्ना सबैजसो आवश्यकता पूर्ति गर्छन् । लामो समयपछि मात्र सहमतिमा उनीहरू पार्टनर परिवर्तन गर्छन् ।

उनीहरूको कमाइ पुग्ने जति हुन्छ । धेरै हुदैन ।  घरव्यवहार चलाउन पुग्ने हुन्छ । र पाँचौं किसिमका यौनकर्मी उमेर ढल्कदै गएका हुन्छन् । थोरै पैसाका लागि पनि उनीहरू यौन बेच्न तयार हुन्छन् । सडकपेटीमा, भट्टीमा उनीहरू सय, पचास रुपैयाँ कमाउनका लागि समेत राजी हुन्छन् ।  यिनै यौनकर्मीमा एड्सको खतरा बढी रहेको पाइएको छ । पैसाको लोभमा कण्डमको प्रयोग नै नगरि यौन सम्पर्क राख्दा एचआईभीको जोखिम हुन्छ । यौन तथा प्रजनन स्वास्थ्य विज्ञ डा. खेम कार्कीका अनुसार नेपालमा असुरक्षित यौन सम्पर्कका कारण ९० प्रतिसतलाई एचआईभी संक्रमत भएको पाइएको छ । उमेर ढल्कदै गएपछि ग्राहक नपाउने पिरलोका कारण धेरै जसो प्रौढ योनकर्मिमा डिप्रेसनको समस्या हुन्छ । पहिले बिन्दास पाराले खर्च गर्ने बानी परिसकेको हुनाले उमेर छिप्पिदै गएपछि उनीहरुको कमाईको श्रोत घट्दै जाने हुनाले उनीहरुलाई खर्चको जोहो गर्न मुस्किल पर्छ ।

राजधानीलगायत नेपालका प्रमुख सहरहरू धरान, विराटनगर, नारायणघाट, पोखरा, नेपालगन्ज, बुटवल, धनगढी, वीरगन्जलगायत सबै सहरमा यौन व्यवसाय फस्टाउँदो छ । एक यौन व्यवसायीका अनुसार यी सबै ठाउँंमा गरेर महिनामा करिब ५० करोडांै रुपैयाँबराबरको कारोवार हुन्छ । निजामती सेवादेखि प्रहरी, सुरक्षा निकाय, राजनीतिज्ञ, सवारीचालक, व्यापारी, उद्योगी यी सबै यौनकर्मिका ग्राहक हुन् । नेपालमा हुने यौन व्यवसायमा हुने करोडौं आम्दानी आखिर कहाँ खर्च भइरहेको छ त ? यौनकर्मी (महिला वा पुरुष) ले कमाउने करोडौं रुपैयाँ कहाँ लगानी गरिरहेका छन् त ? मोजमस्तीमै उडाइरहेका छन् त ? कि उत्पादनमूलक काममा खर्च गरिरहेका छन ? यी प्रश्नको उत्तर सहज छैन ।

यौनकर्मी महिलाका क्षेत्रमा कार्यरत जागृति महिला महासंघकी कार्यक्रम निर्देशक विजया ढकालका अनुसार अधिकांश यौनकर्मी महिलाको आम्दानी फजुल खर्च भइरहेको छैन । उनीहरूको आम्दानी आफ्ना बालबालिकाको पढाइमा, परिवारको लालनपालनमा खर्च हुने गरेको छ । त्यसबाट बचेको केही रकममात्र उनीहरुले भविष्यका लागि बचत गर्ने गरेका छन् । ढकाल भन्छिन, नेपालमा यौन व्यवसायमा रहेका ठूलो संख्यामा रहेका यौनकर्मी महिला पढेलेखेका छैनन् । उनीहरू कुनै न कुनै बाध्यता र विवशताले यो पेसामा आएका छन् । त्यसैले उनीहरू आफूले कमाएको पैसा आफ्ना बालबालिका र परिवारका सदस्यको शिक्षादीक्षाका लागि खर्च गर्ने गरेका छन् । ताकि भोलिका दिनमा आफ्ना सन्तानले यौन व्यवसाय गर्नु नपरोस् । यसका अलावा घरपरिवार, आमाबुबाको पालनपोषण, औषधिउपचारमा पनि खर्च हुने गरेको छ । आफूले लुकेर, तिरस्कार सहेर, कमाएको पैसा परिवारको र बालबच्चाको पढाइमा खर्च गरे पनि पछि तिनै परिवारका सदस्य र छोराछारीको लाञ्छना सहनुपर्दा भने उनीहरूलाई असह्य हुने गरेको नाम उल्लेख नगर्ने सर्तमा एक अर्की यौनव्यवसायी बताउछिन् ।

पछिल्ला दिनमा कलेज पढ्दा पढ्दै यो व्यवसाय अंगाल्ने युवतीको संख्या बढ्दै गइरहेको बिजया बताउछिन् । शहरमा हाइफाई जिवनशैली जिउन चाहने तर घरबाट बुबाआमाले पढाई का लागि भनेर पठाएको सिमित खर्चले पुग्ने अवस्था नभएपछि उनीहरु यो व्यवसायमा आउने गरेको पाइएको उनको बुझाई छ । राजधानीमा रोगजारी पाउन मुस्किल हुने र पाई हालेपनि न्युनतम तलवले महिनाको खर्च टार्न धौधौ हुने भएकाले सजिलै धेरै पैसा कमाउने पेसाको रुपमा उनीहरुले यो व्यवसाय सुरु गर्ने गरेको पाइन्छ ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कस्तो हुन्छ पहिलो पटकको यौन सम्पर्क
Next article बैतडीका आधा स्वास्थ्य चौकीलाई नयाँ भवन 

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

Aug 27th 4:50 PM
समाचार

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131845
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web