• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बैतडीका आधा स्वास्थ्य चौकीलाई नयाँ भवन 

December 26th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बैतडीका आधा स्वास्थ्य चौकीलाई नयाँ भवन 

हेल्थ टुडे

बैतडी  : पुराना भौतिक संरचनाका कारण समस्या झेलीरहेका बैतडीका आधा जति स्वास्थ्य चौकीले नया भवन पाएका छन् । ती मध्ये केहीका भवन निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् भने केही निर्माण पूरा हुने क्रममा छन् । ५० शैयाको जिल्ला अस्पताल भवन पनि निर्माणाधिन अवस्था छ । चार नगरपालिका र ६ गाउपालिका रहेको बैतडीमा ६८ स्वास्थ्य संस्थामध्ये ३२ वटाको नयाँ भवन निर्माण भइरहेको छ । तीमध्ये पाँचवटाले नयाँ निर्माण भएको भवनबाट सेवा समेत सुचारु गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. गुणराज अवस्थीले बताए । जिल्ला स्वास्थ्य कार्यालयले अहिले दुर्गम क्षेत्रका स्वास्थ्य संस्थाको आफ्नै भवन बनाउने अभियान नै चलाएको छ । स्वास्थ्य सेवा विभागको मापदण्डअनुसार यी सबै स्वास्थ्य निर्माण भइरहेको डा. अवस्थीले जानकारी दिए ।  ‘कुलाउ, सलेना, रिम, तल्लादेही र गाँजरी स्वास्थ्यचौकीका नयाँ भवन निर्माण भई सञ्चालनमा आइसकेका छन, उनले भने, ‘ १८ वटा स्वास्थ्यचौकीका भवन निर्माणाधीन छन् । चालु आर्थिक वर्षमा पनि १५ वटा स्वास्थ्यसंस्थाका नयाँ भवन निर्माण कार्य सुरु हुदैछन् । ’

स्वास्थ्यका नयाँ भवन बन्दै जाँदा सेवाग्राहीको संख्या बढ्नुका साथै सुरक्षित मातृत्व सेवा प्रभावकारी भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीकी पब्लिक हेल्थ नर्स ममता जोशीले बताइन् । उनले भनिन, ‘ विभिन्न समस्याले गर्भवती महिला स्वास्थ्य संस्थामा आउन सकिरहेका थिएनन् । नयाँ भवन बनेपछि गोप्यताको ग्यारेन्टी पनि भयो । हामीले जिल्लामा सुरु गरेको पूर्ण संस्थागत सुत्केरी अभियानलाई पनि सहयोग पुगेको छ ।’ केही समयअघिसम्म सिगास गाउँपालिका( २ स्थित गाँजरी स्वास्थ्यचौकी गाविस भवनको एउटा कोठामा सञ्चालित थियो। सेवाग्राही आए भने चौरमै उपचार गर्नुपथ्र्यो। गर्भवती महिलाको जाँच गर्न पनि निकै सकस हुन्थ्यो । तर अहिले त्यो समस्या हटेको छ । स्वास्थ्य चौकीसँग आफ्नै भवन छ। प्रत्येक फाँटको अलग(अलग व्यवस्थापन गरिएको छ । स्टाफ बस्नका लागि समेत छुट्टै क्वार्टरको व्यवस्था गरिएको छ ।‘स्वास्थ्यको पुरानो भवन चुहिएर औषधि जोगाउनसमेत मुस्किल पथ्र्यो तर नयाँ भवन बनेपछि सेवा प्रदान गर्न सजिलो भएको छ’, रिम स्वास्थ्य चौकीका अहेव महानन्द जोशीले भने, ‘नयाँ भवनमा सबै किसिमका सुविधा भएकाले सेवा लिने र दिने दुवै पक्षलाई सहज भएको छ।’

स्वास्थ्यचौकीको नयाँ भवन बनेपछि गर्भवती महिलालाई स्वास्थ्य परीक्षण गराउन सजिलो भएको सिगास गाउँपालिका २ की कलावती धामीले बताइन ्। उनले भनिन,  ‘ अहिले महिलाका लागि अलग्गै कोठाको व्यवस्था छ । पहिला हामीले चाहेर पनि स्वास्थ्य सेवा लिन सकिरहेका थिएनौं। नयाँ भवनबाट स्वास्थ्य सेवा दिन सुरु गरेपछि निकै सजिलो भएको छ ।’ पुरानो भवनमा बर्थिङ सेन्टर सञ्चालन गर्न निकै समस्या रहेको इन्चार्ज जनकसिंह धामीले बताए । ‘वर्षातको समयमा कोठाभित्रै पानी पस्ने भएकाले बिरामी स्वास्थ्य चौकीमा छिर्नै हिच्किचाउँथे’, उनले भने ।

सलेना स्वास्थ्य चौकीका पूर्वइन्चार्ज नारायण चन्दले पनि नयाँ स्वास्थ्यचौकी भवन बनेपछि उपचारका लागि आउने महिलाको संख्या बढेको बताए । ‘साविकको गाविस भवनको एककोठामा स्वास्थ्यचौकी सञ्चालन गर्दा गर्भवती महिला जाँच गराउन आउँदैनथे। भवन अभावमा उनीहरुको स्वास्थ्य परीक्षण गर्न पनि निकै असहज हुन्थ्यो। नयाँ भवन बनेपछि महिलाको चाप बढेको छ ।’ सलेना स्वास्थ्यचौकीकी अनमी कमला सिंहले चौबिसै घन्टा सुरक्षित प्रसुती सेवा सुरु भएको जानकारी दिइन ्। ‘अहिले अफिसकै क्वाटरमा बस्छौं । बिरामीलाई जतिबेलै सेवा दिन सजिलो भएको छ’, उनले भनिन । जिल्ला अस्पताल बैतडीमा समेत ५० शैयाको  नयाँ भवन निर्माण जारी रहेको डा. अवस्थीले बताए । ‘पचास शैयाको  अस्पताल हुनेबित्तिकै जिल्ला अस्पतालबाटै विशेषज्ञ सेवा प्रदान हुन्छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने विभिन्न फ्याक्टरमध्ये भौतिक संरचना पनि एक हो । भवन राम्रो भयो भने स्वास्थ्य सेवा पनि प्रभावकारी बनाउन सकिन्छ ।’ (निङ्लासैनी एफएम बैतडीका भगिरथ अवस्थीको सहयोगमा )

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जब केटीहरुको पहिलो यौन सम्पर्क हुन्छ……
Next article यौनकर्मी, जो महंगा गाडी चढ्छन्

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134334
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web