• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

जब केटीहरुको पहिलो यौन सम्पर्क हुन्छ……

December 26th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जब केटीहरुको पहिलो यौन सम्पर्क हुन्छ……

रमिता ढकाल

साधारणत: यौनिच्छेद नफाटेका केटीहरुलाई कुमारी भन्दछन् । यौनिच्छद नरम र पातलो जालो जस्तो हुन्छ, जुन स्त्रीको यौनीको मुखमा टासिएर रहेको हुन्छ । यसले यौनीको मुखलाई पूर्णतया बन्द गरेको भने हुदैन । समान्यतया जव केटीहरुको पहिलो यौन सम्पर्क हुन्छ, त्यसबेला योनिच्छद तन्किन्छ र च्यातिन्छ । जसले गर्दा केही असजिलो हुने र रगत आउने हुन्छ ।
योनीद्धारको आकार र बनावट महिलाहरुमा फरकफरक हुने भएकोले योनिच्छद फाट्दा हुने असजिलो तथा रगत बग्ने मात्रा पनि मान्छेअनुसार फरक फरक हुन्छ । तर याद राख्नुपर्ने महत्वपूर्ण कुरा एकपल्ट पनि यौन सम्पर्क नहुदै पनि योनिच्छद फाटिसकेको हुन्छ भने कतिमा योनिच्छदको तन्किने क्षमता बढी भएकोले प्रथम पटकको यौन सम्पर्कमा पनि च्यातिदैन । र कति पनि रगत नआउन सक्छ । यौन तथा प्रजनन् स्वास्थ्यविद् एवं नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. खेम कार्कीका अनुसार अरु विभिन्न कारणहरु जस्तै शल्यक्रियाको परिणाम स्वरुप, चोटपटक, हस्तमैथुन आदि कारणले अथवा एकदमै बढी मात्रामा शारीरिक कामहरु गर्नाले, खेलहरु खेल्नाले केटीहरु कुमारी हुँदाहुदै पनि तिनीहरुको योनिच्छद फाटेको हुन्छ । डा. कार्की भन्छन,‘ योनिच्छद फाटेको आधारमा केटीलाई कुमारी हो होईन भन्नु एकदमै गलत हो । ’
पहिले पहिले सानै उमेरमा विवाह गरिदिने चलन व्यापक थियो । त्यसैले कुमारित्वको कुरा बढी उठ्ने गर्दथ्यो समाजमा । यसका साथै शिक्षाको अभावले पनि यी कुरालाई बढी महत्व दिइन्थो । तर अहिले समय परिवर्तन भएको छ । युवतीहरुको विवाह गर्ने उमेर २० वर्ष मात्र भएको छ । कानूनले समेत २० वर्ष पुरा नभइ विवाह गर्न बन्देज लगाएको छ । पढेलेखेको समाजमा यी कुरा आफै हराएर गइरहेको छ । तर अहिले पनि ग्रामिण क्षेत्रतिर मात्र नभएर शहरी क्षेत्रमा पनि कुनै न कुनै रुपमा कुमारित्वको कुरा हुने गरेको छ । कुमारित्वको कुरा महिला हिंसाको एक पाटो भएको महिला अधिकारकर्मि बताउछन् । तर यौनिच्छेदकै आधारमा कुमारी नभएको भन्दै कुनै पनि युवतीलाई आरोप लगाउन भने नमिल्ने विज्ञहरु बताउँछन् ।

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बैतडीका आधा स्वास्थ्य चौकीलाई नयाँ भवन 
Next article स्तन क्यान्सरको पहिचान

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132287
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web