• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

आफू खुसी रक्तचापको औषधि बन्द गर्नु घातक

December 30th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आफू खुसी रक्तचापको औषधि बन्द गर्नु घातक

हेल्थ टुडे

चिकित्सकसँग सल्लाह नगरी आफूखुसी उच्च रक्तचापको औषधि एक्कासि बन्द गर्नेहरूमा मस्तिष्कघातको समस्या डरलाग्दो रूपमा पाइएको छ । मस्तिष्कको रगत नली च्यातिएर हुने मस्तिष्कघातको उपचारका लागि राजधानीको अन्नपूर्णा न्युरो अस्पताल पुग्नेहरूमध्ये ८० प्रतिशत जति उच्च रक्तचापको औषधि खान छाडेकाहरू नै हुने गरेका छन् । ‘केही दिन औषधि सेवन गरेपछि उच्च रक्तचाप सामान्य देखिँदा औषधि छोड्नेहरूमा सबैभन्दा बढी हेमोरेजिक मस्तिष्कघात पाइएको छ,’ अस्पतालका स्नायु शल्यचिकित्सक वसन्त पन्त भन्छन्, ‘हामीकहाँ आउने हेमोरेजिक मस्तिष्कघातका बिरामीमध्ये करिब ८० प्रतिशत यस्तै खाले देखिएका छन् ।’

त्यहाँ पुग्ने हेमोरेजिक मस्तिष्कघातका बिरामीहरूमा ५० वर्षमाथिका पुरुषको संख्या बढी रहेको पाइएको छ । डा. पन्त थप्छन, ‘रक्तचापको औषधि सेवन गर्न थालेपछि जीवनपर्यन्त खाइरहनुपर्छ । चिकित्सकको सल्लाहबिना औषधि छोड्नु वा मात्रा कम गर्नु मूख्र्याइँ हो । यस्तो गरे मस्तिष्कघातको जोखिम कायम रहिरहन्छ ।डा. पन्तका अनुसार उच्च रक्तचापका औषधि सेवन गरिरहेकाहरू स्वनिर्णयमा उक्त औषधि खान छोड्दा एक्कासि पहिले देखिएको भन्दा पनि बढी मात्रामा रक्तचाप फर्केर मस्तिष्कमा भएको रगतको नसा चँुडिएर मस्तिष्कघात हुने गरेको हो ।

मस्तिष्कघात ‘इस्चेमिक’ र ‘हेमोरेजिक’ गरी दुई प्रकारका हुन्छन् । इस्चेमिक मस्तिष्कघात दिमागको कुनै भागमा रगतको नसा जाम (ब्लकेज) भएर हुन्छ भने हेमोरेजिक मस्तिष्कघात मस्तिष्कको कुनै भागको रगतको नसा च्यातिएर रगत बग्दा हुन्छ । मस्तिष्कको कुनै भागमा रक्त सञ्चार अवरुद्घ हुँदा मस्तिष्कको कोषिका मर्न थाल्छन् र मस्तिष्क नियन्त्रणको काम बन्द हुन्छ । मस्तिष्क कोषिकाको सुचारु प्रक्रियाको लागि मस्तिष्कमा रगतको माध्यमले अक्सिजनलगायतका अन्य पोषकतत्व निरन्तर पुग्नु आवश्यक हुन्छ । मानिसको मुटुमा रगतको अभाव भए हृदयाघात भएजस्तै मस्तिष्कमा रगतको अभाव भए मस्तिष्कघात हुन्छ । यसलाई ब्रेन एट्याक वा स्ट्रोक पनि भनिन्छ ।

स्ट्रोकको लक्षण पहिले देखिन थाल्छ । यसलाई वार्निङ एट्याक भनिन्छ । यो लक्षणलाई समय मै पहिचान गर्न सके स्ट्रोकको खतराबाट जोगिन सकिन्छ ।आधा जति रोगीलाई स्ट्रोक हुनअघि चेतावनीस्वरूप केही लक्षण देखिन थाल्छन् । यसलाई पहिचान गरेर स्ट्रोकलाइ टार्न सकिने विज्ञहरू बताउँछन् । डा. पन्त भन्छन्, ‘शरीरको कुनै एक भागमा अचानक झमझम गर्नु, वारम्वार चक्कर आउनु, नातागत हुनु, अचानक टाउको दुख्नु, बोल्न अप्ठ्यारो हुनुजस्ता लक्षण मस्तिष्कघातका पूर्वसंकेत हुन् ।’ मस्तिष्काघातको पूर्व लक्षण देखिएलगत्तै अपताल गए स्नायु चिकित्सकको उपचार प्रक्रियाले सम्भावित मस्तिष्कघातबाट बच्न सकिने उल्लेख गर्दै डा. पन्त भन्छन्, ‘यदि स्ट्रोक भइसकेको भए पनि, समयमै उपचार गरिए, त्यसबाट हुने अपरिवर्तनीय क्षति र विकलांगताको जोखिम कम गर्न सकिन्छ ।’

अमेरिकन स्ट्रोक एसोसिएसनको तथ्यपत्रअनुसार, करिब ८० प्रतिशत मस्तिष्कघातबाट बच्न सकिन्छ । मस्तिष्कघातबाट बचाउको लागि भने उच्च रक्तचाप, धूमपान, शारीरिक अकर्मण्यतासँगै जोखिमका कारकलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । आधभन्दा बढी मस्तिष्कघात अनियन्त्रित उच्च रक्तचापले गर्दा हुन्छ । उच्च रक्तचापको औषधि छोडेकाहरूमा एक्कासि रक्तचाप बढ्दा रगतको तीव्र दबाब थेग्न नसकेर रक्तनली फाट्ने गरेको मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिल बताउँछन् । उनका अनुसार, रक्तचाप उच्च भएको समय सामान्य नसा पनि बलियो भएर आउँछ । त्यस्तै, रक्तचाप सामान्य हँुदा नली कमजोर हुने गरेकोले एक्कासि रगतको दबाबमा देखिएको वृद्घि झेल्न नसकेर फाट्ने गरेको हो ।

‘उच्च रक्तचापका बिरामीले रक्सी खानुसमेत हेमोरेजिक मस्तिष्कघातका प्रमुख कारणमध्ये एक हो,’ उनी भन्छन्, ‘रक्सी खाने उच्च रक्तचापका बिरामीमा मस्तिष्कघातको सबैभन्दा बढी जोखिम हुन्छ ।’ उच्च रक्तचापको औषधि सेवन गरिरहे पनि रक्तचाप नघटेकाहरू ‘औषधिले त काम गरेन’ भन्ठानेर दबाई छोड्छन् र मस्तिष्कघातको सिकार हुन्छन् । ‘जीवनशैलीमा सुधार गरेर उच्च रक्तचाप नियन्त्रित गर्ने सोचमा रहेका, औषधि सेवन नगर्नेहरूलाई समेत मस्तिष्कघातको आकस्मिक जोखिम उच्च हुन्छ ।’ यस्तै, उच्च रक्तचापको औषधि सेवन गरिरहेकाहरूमा एक्कासि औषधि छोड्दा मस्तिष्कघातको तीव्र सम्भावना हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विवाहपछि यौन चाहना नभएमा के गर्ने ?
Next article कैलालीमा अवैध औषधि पसल सञ्चालक पक्राउ

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134017
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

142
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

136
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web