• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा एक वर्षमा १५ जनाको सफल कलेजो प्रत्यारोपण

July 23rd, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा एक वर्षमा १५ जनाको सफल कलेजो प्रत्यारोपण

हेल्थ टुडे,
काठमाडौं, ८ साउन : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आर्थिक वर्ष २०८० । ०८१ मा १५ जनाको कलेजो प्रत्यारोपण गरेको छ । सबै प्रत्यारोपण सफल भएका छन् । सबै कलेजो प्रत्यारोपित तथा कलेजो दाता सकुशल घर फर्किएका छन् । कलेजो प्रत्यारोपण शल्यिचिकित्सक एवं केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा पछिल्लो समय एक जना मात्र विदेशी चिकित्सककोउपस्थितिमा केन्द्रकै प्रत्यारोपण टोलीले कलेजो प्रत्यारोपण गर्ने गरेको छ ।
विरामी तथा दाताको सुरक्षालाई ध्यानमा राखी कलेजो प्रत्यारोपण जस्तो अति जटिल र संवेदनशील शल्यक्रिया पर्याप्त संख्यामा नियमित नभए सम्म जुन सुकै संस्थामा पनि विदेशी चिकित्सकको निगरानी रहनु उपयोगी हुने कुरा डा. श्रेष्ठले बताए ।
केन्द्रमा बिरामीको बिग्रेको पुरै कलेजो हटाएर जीवित दाताबाट आधा कलेजो वा मस्तिष्क मृत्यु भएका दाताको पुरै कलेजो प्रत्यारोपण गर्ने गरिएको कुरा समेत डा. श्रेष्ठले जानकारी दिए । केन्द्रमा ३ वर्षको बालक देखी ६८ वर्ष सम्मका व्यक्तिमा कलेजो प्रत्यारोपण भइ सकेको छ ।सन् २०१६ मा दक्षिण कोरियाको सामसुङ् मेडिकल सेन्टरको प्राविधिक सहयोगमा देशमै पहिलोपटक कलेजो प्रत्यारोपण शुरु गरेको यस केन्द्रले सन् २०१९ मा डा. पुकार श्रेष्ठकै नेतृत्वमा नेपाली चिकित्सकको टोली बाट पहिलो पटक कलेजो
प्रत्यारोपण भएको थियो । केन्द्रले हाल सम्म गरेको २६ जनाको कलेजो प्रत्यारोपण मध्ये २४ जना ग्रहणकर्ता पुरुष र २ जना मात्र महिला छन भने १८
जना कलेजो दाता महिला र ८ जना दाता पुरुष रहेको कुरा केन्द्रले जनाएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा न्युनतम शुल्क रु १५ देखि २० लाख मा कलेजो प्रत्यारोपण गर्ने संस्था हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article केन्द्रीय कारागारका महिलाकालागि नि: शुल्क आँखा तथा मुख स्वास्थ्य शिविर
Next article स्वास्थ्य सेवा सुधार्न स्वास्थ्य मन्त्री पौडेलले मागे इमेल र ह्वाट्सएपबाट सुझाव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134117
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

138
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

142
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web