• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 30th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रोस्थोडोन्टिष्ट समाजको पाँचौ सम्मेलन धुलिखेलमा

January 3rd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रोस्थोडोन्टिष्ट समाजको पाँचौ सम्मेलन  धुलिखेलमा

हेल्थ टुडे

काठमाडौ, १९ पुष : नेप्लीज प्रोस्थोडोन्टिक सोसाईटी (दन्च चिकित्सक) को पाचौ राष्ट्रिय सम्मेलन यही पौष २८ र २९ गते धुलिखेलमा हुने भएको छ । सम्मेलन र ब्यापार प्रर्दशनी काठमाडौं बिश्वविद्यालय धुलिखेल अस्पतालको अडिटोरियम र  धुलिखेल  लज रिर्जाेटमा हुने छ । प्रोस्थोडोन्सियामा डिजिटल प्रविधिलाई बढावा भन्ने नाराका साथ हुने उक्त सम्मेलनको ८५ प्रतिशत तयारी पुरा भइसकेको जानकारी आयोजक समितिले दिएको छ । सम्मेलन आयोजक समितीमा अध्यक्ष डा. प्रमोदजोशी, सचिव डा. सिद्धार्थ दिक्षित, बैज्ञानिक शत्र अध्यक्ष डा. प्रभात श्रेष्ठ, स्थान तथा ट्रेड ब्यवस्थापन डा.दिपक थापा, आर्थिक डा. कञ्चना घिमिरे र प्रचार प्रसारमा डा. प्रकाश बुढाथोकी सहित १२ जना दन्त चिकित्सक छन् ।

पहिलो दिनको प्रथम सत्रमा क्याड क्यामसम्बन्धी प्रशिक्षण तथा प्रयोगात्मक अभ्यास हुने छ भने दोश्रो सत्रमा  स्नातोकोत्तर अध्ययनरत दन्त चिकित्सकहरुको प्रतियोगितात्मक पोस्टर तथा शोधपत्र हुनेछन् । दोश्रो दिन शनिवारका दिन अन्तराष्ट्रिय तथा राष्ट्रिय वक्ताहरुले विभिन्न विषयमा शोधपत्रहरु हुनेछन । अमेरिका, अस्ट्रेलिया,जर्मनी, स्विटजरल्याण्ड, हड्डकड्ड, बंगलादेश, भारत र नेपालका विज्ञहरुले ईम्प्लान्ट,नक्कली दात,आखा, कान गिजा र नक्कली दात, तार बान्ने लगायतका बिषयमा सोधपत्र प्रस्तुत गर्ने छन । सम्मेलनको उद्देश्य अनुसार खोज  तथा सोधपत्र  मात्र स्विकार गरिएको जानकारी सोसाईटीका अध्यक्ष डा. बिनोद आचार्य र सम्मेलनका बैज्ञानिक सत्रका अध्यक्ष डा. प्रभात श्रेष्ठले जानकारी दिए ।

बैज्ञानिक सत्र पश्चात नेपाली प्रोस्थोडोन्टिक सोसाईटीको साधारण सभामार्फत २ बर्षका लागि ९ सदस्यीय  कार्यकारी समिती चयन हुने सोसाईटीका महासचिव डा. सुरजभक्त माथेमाले बताए ।  । सम्मेलन स्थलमा एक दर्जन बढी दन्त सामग्री बिक्रेता, बितरक तथा नक्कली दात बनाउने ल्याबहरुले आफ्ना स्टल राख्नेछन् ।  एक दर्जन अन्तरराष्ट्रिय सहभागीले सहभागीता निश्चित गरिसकेका छन भने संख्या थपिदै गएको आयोजकले बताएको छ । सम्मेलनमा दन्त चिकित्सा क्षेत्रका २ सय बढी सहभागी हुने  सम्मेलन प्रचारप्रसार संयोजक डा.प्रकाश बुढाथोकीले बताए ।  सम्मेलनमा सहभागी हुने सबैले नेपाल मेडिकल काउन्सिलले मान्यता दिएको नेपाल चिकित्सक संघको सि.पी.डि.क्रेडिट प्वाईण्ट समेत पाउने डा. बुढाथोकीले  जानकारी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ओम हस्पिटलले भित्र्यायो एक दर्जन थप विशषेज्ञ
Next article न्यूरो र इशान बाल अस्पतालविरुद्ध ठगी मुद्दा दर्ता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132268
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web