एमाले अध्यक्ष केपी ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । ‘डायरिया’का कारण चार दिनदेखि अस्वस्थ ओलीको स्वास्थ्य अवस्थामा बुधबारबाट सुधार आएको उनका प्रेस संयोजक चेतन अधिकारीले बताए । डायरियाका कारण कमजोर महसुस गरेका ओलीलाई निजी चिकित्सक दिव्या सिंहले कम्तीमा तीन दिन निवासमै आराम गर्न सुझाब दिएकी थिइन् ।चिकित्सकको सुझाबका कारण गत आइतबारबाट सार्वजनिक कार्यक्रममा सहभागी नभई ओली निवासमै आराम गरिरहेका छन् ।
ओलीको स्वास्थ्यमा क्रमिक सुधार
![ओलीको स्वास्थ्यमा क्रमिक सुधार](https://healthtodaynepal.com/wp-content/uploads/2018/01/kp-oli.jpg)
Leave a Reply