• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 15th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सरकारी अस्पतालमा उडुस आतंक

January 4th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सरकारी अस्पतालमा उडुस आतंक

पुषको चिसोमा उडुसले टोक्छ भन्दा अनौठो लाग्न सक्छ तर सरसफाई र  स्वच्छ वाताबरण हुनुपर्ने अस्पताल जस्ता निकाय भने सरसफाईको कमिले  चिकित्सक र बिरामी उडुसबाट पीडित छन् ।देशकै पुरानो वीर अस्पताल र बालबालिकाको उपचार गर्ने कान्ति बाल अस्पतालमा उडुसको टोकाइबाट बिरामी र कुरुवा आतंकित भएका छन् । पटक–पटक औषधि प्रयोग गरे पनि उडुस नमासिएको अस्पताल व्यवस्थापन पक्षले जनाएको छ । बिरामी र कुरुवा मात्र होइनन्, उडुसको टोकाइबाट अस्पतालका स्वास्थ्यकर्मी पनि हैरान छन् । रात परेपछि उडुसले टोकेर हैरान पार्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । वीर अस्पतालको आइसियु र सिसियुबाहिरका भित्तामा उडुस मारेर राता टाटैटाटा भएका छन् । ‘उडुस मारेरै हाम्रो रात बित्ने गरेको छ,’ अस्पतालका एक कर्मचारीले भने, ‘अनेक औषधि गर्दा पनि यसलाई निर्मूल पार्न सकिएको छैन । उडुसले गर्दा बिरामीको उपचार सेवा नै प्रभावित बनेको छ ।’ उडुसको टोकाइबाट बिरामी र कुरुवा रातभरि निदाउन पाउँदैनन् । अस्पतालको आइसियुअगाडि बिरामी कुरेर बसेकी सीता देवकोटाले भनिन्, ‘रातको समयमा शरीरका विभिन्न भागमा र कानभित्रसमेत उडुस पसेर हैरान पार्ने गरेको छ ।’

उडुस सम्झिँदा पनि कतिपयलाई राति निद्रा नै पर्दैन । उडुसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी हुने गर्छ । उडुस सानो र छिट्टै लुक्ने परजीवी भएकाले यसलाई खोजेर निर्मूल पार्न एकदमै कठिन हुन्छ । उडुसलाई निर्मूल पार्न निकै गाह्रो हुने चिकित्सकहरू नै बताउँछन् । उडुस नखाएर पनि लामो समयसम्म बाँच्न सक्ने भएकाले यो लुकैरै महिनौँ बाँच्न सक्न ।

पुराना उपकरणले उडुस बढ्यो
वीर अस्पतालका निर्देशक प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले वर्षौं पुराना उपकरणको प्रयोगले उडुस बढेको बताए । वीरमा २०औँ वर्ष पुराना खाट र खिया लागिसकेका फलामे बेड प्रयोगमा छन् । जसका कारण उडुस बढेको बस्नेतको भनाइ छ । ‘सुन्दा सामान्य लाग्न सक्छ । तर, उडुसले अस्पतालमा ठूलो चुनौती थपेको छ,’ बस्नेतले भने । उडुसको विषयमा बिरामीले भन्दा पनि अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरूले धेरै गुनासो गर्ने गरेको उनले बताए । ‘हामीले थुप्रैपटक औषधि हानेर उडुस मार्ने प्रयास ग¥यौँ,’ उनले भने, ‘तर, उपकरणका चेप–चेपमा पसेर बसेका उडुसलाई मार्न सकिएन ।’ उनले उडुसलाई कसरी मार्ने भन्ने विषयमा आफू नै अन्योलमा परेको गुनासो गरे ।

कान्तिमा पनि उडुसआतंक उस्तै
कान्ति बाल अस्पतालमा पनि उडुसको टोकाइले बिरामी बालबालिका र उनीहरूका अभिभावक हैरान भएका छन् । अस्पतालका निर्देशक डा. गणेश गुरुङले उडुस आतंकले स्वास्थ्यकर्मी पनि हैरान भएको बताए । ‘अहिले जाडो छ, धेरै उडुस बाहिर निस्कँदैनन् । फागुन लागेपछि कमिलाको ताँतीजस्तो लस्कर लाग्छन्,’ राईले भने । उपत्यकाका सबैजसो अस्पतालमा उडुस भएको दाबी उनले गरे । ‘हामीकहाँ पनि बिरामीलाई उडुसले असाध्यै दुःख दिएको छ । बिरामीलाई टोक्दा यसले रोग पनि सार्ने गर्छ,’ उनले भने, ‘उडुससँग लडाइँ गरेर सकिँदोरहेनछ । हामीलाई यसले रुनु न हाँस्नु बनाएको छ ।’ पटक–पटक औषधि हानेर उडुस मार्ने प्रयास गरे पनि सम्भव नभएको राइले बताए । राईले उडुस निर्मूल पार्ने विषयमा विज्ञहरूसँग सल्लाह गरिने बताए ।नँया पत्रिकाबाट

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article लाइसेन्स परीक्षामा ४१ %डाक्टर फेल
Next article ओलीको स्वास्थ्यमा क्रमिक सुधार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:22 AM
समाचार

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

Jul 12th 8:13 AM
समाचार

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपानेलाई ब्लोदानको सम्मान

Jul 8th 9:00 AM
समाचार

मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131675
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web