• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 8th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

डा. रुइतले यसरी फेला पारे प्रेमिका ?

January 11th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. रुइतले यसरी फेला पारे प्रेमिका ?

सन्ध्या केसी,

नेत्र रोग विशेषज्ञ बन्न डा. सन्दुक रुइतले जे जती मेहनत गरे त्यो भन्दा पनि बढी मेहनत प्रेमिकाका लागि गरे ।  प्रेमिका पट्याउन भने उनलाई हम्मे–हम्मे नै पर्यो । नन्दा श्रेष्ठ त्रिपुरेश्वर आँखा अस्पतालमा इन्चार्ज थिइन् । डा. रुइत पनि त्यही काम गर्दथे । अपरेसन थिएटरमासँगै काम गर्थे । रुइतलाई नन्दा मन पर्न थालिन् । आफूले मन पराएकीलाई गुमाउन नपरोस् भनेर उनले छिट्टै प्रेम प्रस्ताव पनि राखे तर पहिलो पटक स्वीकार भएन । काठमाडौंकी नेवार परिवारकी छोरी मागेर विजातमा बिहे हुने कुनै गुन्जायस नै थिएन । नन्दा मन परेपछि उनले आफ्नो घरमा भने । केटीका घरमा पनि भने तर दुवै घरमा अनुमति पाएनन् । दिनदिनै हुने भेटले उनीभित्र पलाएको मायाको संसार फैलँदो थियो । ‘म उनलाई बाहिर खाजा खान बोलाउँथे उनी ग्रिन सिग्नल दिँदै आउथिन, ’ प्रेमिल दिनका कुरा सम्झदै उनी भन्छन, ‘उनीसँग मैले सधै आफू प्रेममा परेको कुरा बताउथे ।’ नन्दा भने मान्दिनथिइन् ।

‘अहँ हुन्न, मेरो र तपाइँको जात मिल्दैन, समुदाय पनि मिल्दैन अनि परिवारले पनि स्वीकार्दैनन,’ नन्दा नकार्थिन,  ‘परिवारको निर्णय विपरित म जान सक्दिनँ ।’ रुइतले भने पछ्याउन छाडेनन् । बिहे गर्न नमाने पनि नन्दा उनले बोलाएका ठाउँमा भने पुग्थिन् । समाजको डरले भित्र लुकेको प्रेम व्यक्त गर्न भने उनले सकिनन् ।

एक दिन हैन, दुई दिन हैन दुई वर्ष बित्यो रुइतलाई नन्दाको पछि लागेको तर नन्दाले हुन्छ भन्नै सकिनन् । रुइतले हत्ते गरेपछि उनको मायाले पगाल्यो एकदिन । खाजा खाने ठाउँमा एकदिन रुइतले भने, ‘म तिमीबिना बाँच्न सक्दिन तिमी हुन्छ भन बिहे गरौं । पछि बिस्तारै सबै ठीक हुन्छ ।’

यसरी अनेक गरेर उनले फकाएपछि बल्ल नन्दा बिहे गर्न राजी भइन् । परिवारको सदस्य बिना सन् १९८७ मा साथीभाइका माझ तीन हजारमा बिहे भोज गरेको मीठो याद मुटुमै छ उनको । बिहेपछि परिवारले स्वीकार्न निकै समय लगाए । छोरा जन्मेको केही वर्षपछि बल्ल घर भित्र्याए । छोरा सागर डाक्टर बने । छोरी सेराब्ला म्यानेजमेन्ट पढ्दैछिन् । कान्छी छोरी साटेन्ला पनि चिकित्सा नै पढ्दैछिन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जाडो बढे सँगै सप्तरीमा औषधि अभाव
Next article ३८६ जनाको मिर्गौला प्रत्यारोपण सम्पन्न

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131926
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web