• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 31st, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

यसरी कम गर्न सकिन्छ ५० प्रतिशत ब्लड प्रेसर 

January 15th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यसरी कम गर्न सकिन्छ ५० प्रतिशत ब्लड प्रेसर 

डा. प्रकाशराज रेग्मी,

उच्च रक्तचाप बढ्नु र घट्नुमा हाम्रो जीवनशैली र क्रियाकलापले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हामीले आफ्नो जीवनशैलीमा मात्र सुधार ल्याएर अगाडि बढ्न सके ५० प्रतिशतभन्दा बढी उच्च रक्तचापको समस्याबाट मुक्त हुन सकिने चिकित्सकहरू बताउँछन् । मुटु, मिर्गौला, मधुमेहलगायतका नसर्ने रोगहरूको प्रमुख कारक उच्च रक्तचापलाई लिइन्छ । त्यसैले यसका विषयमा समयमै सचेत भएर आफ्नो दैनिकी परिवर्तन गर्नु आवश्यक छ । उच्च रक्तचाप रोकथाम र नियन्त्रणका लागि निम्न कुराहरूमा ध्यान दिनुपर्छ ।

१. दैनिक पाँच ग्रामभन्दा कम नुन 

एउटा स्वस्थ व्यक्तिले प्रतिदिन पाँच ग्रामभन्दा बढी नुन खान हुँदैन । शरीरको लागि अत्यावश्यक लवण तत्व नुन थोरै भए पनि पुग्छ । नुनले रक्तचाप वृद्धि गर्ने भएकोले उच्च रक्तचाप भएका बिरामी, मुटु रोगी एवं मधुमेहका रोगीहरूले दिनमा चार ग्रामभन्दा बढी नुनको प्रयोग गर्नु हुँदैन ।

अत्यधिक मात्रामा नुन हुने खानेकुराहरू जस्तै पापड, ससेज, सस, सिसीको अचार, दालमोठ, भुजिया तथा दिनको बट्टामा हुने खानेकुराहरू सकेसम्म कम खानुपर्दछ । खानामा नुन छर्केर वा थपेर खाने बानी गर्नु हुँदैन ।

२. चिल्लो र बोसोयुक्त खानेकुरा कम

तेलमा डुबाएका वा भुटेका खानेकुराहरू, रातो मासु, छाला, बोसो, कलेजो, घिउ, बटर, चीजजस्ता चिल्लो र बोसोयुक्त पदार्थहरू कम खानुपर्छ । यसले उच्च रक्तचाप बढाउन सहयोग गर्छ ।

३. सन्तुलित भोजन

कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो भिटामिन र खनिज पदार्थ पाइने खानाहरू खाने र प्रशस्त मात्रामा सागसब्जी तथा फलफूल खानु पर्छ । सागपात खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । त्यसैले मासुमा भन्दा सागपातका बढी जोड दिनुपर्छ । पोलेको मासु स्वास्थ्यका लागि राम्रो होइन ।

४. मोटोपन नियन्त्रण 

मोटोपन भएका मानिसमा उच्च रक्तचाप हुने सम्भावना धेरै हुन्छ । त्यसैले शरीरको तौल सन्तुलित राख्नुपर्दछ । उदाहरणको लागि तपार्इं आफ्नो उचाइलाई सेन्टिमिटरमा नाप्नुहोस् अनि त्यसबाट एक सय घटाउनुहोस् त्यसबाट आएको परिणाम नै तपाईंको सही तथा ठीक वजन हुनेछ । यसको १० प्रतिशतसम्म तलमाथि भएसम्म सामान्य मानिन्छ । जस्तै कसैको उचाइ १६० सेन्टिमिटर छ भने उसको सही वजन ६० केजी हुन्छ । यसको १० प्रतिशत अर्थात् ६ केजी तलमाथि (५४ केजीदेखि ६६ केजी) भएसम्म पनि सामान्य मान्न सकिन्छ ।

५. तनावबाट मुक्त

तनावले रक्तचाप बढाउँछ । तनाव कम हुने काममा मात्र हात हाल्नुपर्छ । एउटै व्यक्तिले धेरै पद ओगट्दा दबाबमा काम गर्नुपर्छ । त्यसैले सकेसम्म धेरै पदमा बस्नु हँुदैन । यसले रक्तचाप नियन्त्रण गर्न सघाउँछ ।

६. नियमित व्यायाम

हरेक मानिसले प्रत्येक दिन कम्तीमा आधा घन्टा सक्रिय खालका कुनै न कुनै व्यायाम गर्ने जस्तैः हिँड्ने, दगुर्ने, पौडी खेल्ने, डोरी खेल्ने, साइकल चलाउने, खेतबारीमा काम गर्नेजस्ता क्रियाकलापहरू गर्नुपर्दछ । उच्च रक्तचापबाट बच्न हिँड्नु नै सबैभन्दा राम्रो र सरल व्यायाम हो । नियमित राम्ररी गर्ने उच्च रक्तचापका व्यक्तिहरूमा औषधिले समेत राम्ररी काम गर्ने गरेको तथ्य प्रमाणित भएको पाइएको छ ।

७. धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन बन्द

धूमपान वा सुर्तीजन्य पदार्थहरूको सेवन गर्ने व्यक्तिहरूमा उच्च रक्तचाप तथा यसका जटिलता हुने सम्भावना धेरै हुन्छ । अतः यस्ता हानिकारक वस्तुहरूको सेवन कदापि गर्नु हुँदैन । यदि उच्च रक्तचाप भएका व्यक्तिहरूमा यस्तो अम्मल छ भने पनि यसलाई चटक्कै र तुरुन्तै छोड्नु पर्छ ।

८. रक्सी, बियर, जाँड हानिकारक वस्तुहरू निषेध 

खुसी भए पनि ल रक्सी खाइहालौं न र दुःखी भए पनि ल आज त टेन्सन भयो भन्दै रक्सी पिउने चलन समाजमा छ । रक्सी, बियर वा धूमपानले रक्तचाप र क्यान्सरसम्म हुने अवस्था निम्त्याउन सक्छ ।

९. नियमित रक्तचापको जाँच

उमेर बढ्दै गएपछि स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न थाल्छन् । विशेषगरी ४० वर्ष नाघेपछि हरेक तीनतीन महिनामा नियमित रूपमा रक्तचापको जाँच गराउनु राम्रो मानिन्छ ।

१०. उच्च रक्तचाप भएमा स्वास्थ्यकर्मीको सल्लाहमा नियमित औषधि

उच्च रक्तचाप भएका व्यक्तिहरूका लागि औषधिको कुनै विकल्प छैन । त्यस्ता व्यक्तिहरूले स्वास्थ्यकर्मीले सिफारिस गरेबमोजिम नछुटाइकन औषध खाने गर्नुपर्छ । औषधि खाएन भने उच्च रक्तचापको नकारात्मक असर पक्षाघात, हृदयाघात, मिर्गाैलाले काम नगर्ने, अकस्मात मृत्युसमेत हुन सक्छ । उच्च रक्तचाप भएका व्यक्तिले दैनिक नियमित औषधि खाने, स्वाथ्यकर्मीसँग नियमित शारीरिक र रक्तचाप जाँच गराउनुपर्छ । यदि उच्च रक्तचाप नियन्त्रणमा छ भने तपाईं अन्य व्यक्ति सरह सामान्य जीवन बिताउनु सक्नुहुन्छ । ( डा. रेग्मी वीर अस्पतालका बरिष्ठ मुटु रोग विज्ञ हुन । )
Ativador Windows 10 Ativador Office 2010

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एमबिबिएस आरक्षित सिटमा आन्तरिम आदेश
Next article मिर्गौला फेल भएकै कारण मैले आमा गुमाए, अब कसैले गुमाउनु नपरोस्

Health Today Nepal

Related Posts

पोषणको ‘अर्थ’ र प्रश्नहरू

पोषणको ‘अर्थ’ र प्रश्नहरू

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1847
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

13
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

11
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz