• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

मिर्गौला फेल भएकै कारण मैले आमा गुमाए, अब कसैले गुमाउनु नपरोस्

January 15th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मिर्गौला फेल भएकै कारण मैले आमा गुमाए, अब कसैले गुमाउनु नपरोस्

आनी छोइड डोल्मा,

आमा मिर्गौलाको बिरामी हुनुहुन्थ्यो । डायलासिस गराइरहनु पर्दथ्यो । म आमालाई असाध्यै माया गर्दथे । मलाई आमाको पिडा देख्दा असाध्यै माया लाग्दथ्यो । उहाँको पिडा देख्दा अलिकति पिडा लिन पाए लिन्थे जस्तो लाग्दथ्यो । म आमालाई सुमसुम्याउथे । चुम्मन गर्थे । त्यति बेला नेपालका थोरै अस्पतालमा मात्र डायलासिस सेवा थियो । नर्भिक हस्पिटलमा डा. ऋषि काफ्लेले डायलासिस गरिदिनु हुन्थ्यो । आमाको उपचारकैलागि भारतको चेन्नई, मुम्बई पनि धायौ । मिर्गौला रोगको उपचार महंगो एकातिर दुख अर्कोतिर उत्तिकै । म अलि हुनुखाने व्यक्तिलाई त यस्तो छ भने आर्थिक अवस्था दयनिय भएकाहरुलाई कति गाहो हुदो हो जस्तो लाग्दथ्यो । एकदिन अस्पतालमा एकजना नानी दुई सय रुपैया नभएर आफ्नो बुवाको डायलासिस गराउन नसकेर आसु झारिरहेको भेटे । मैले ती नानीलाई कुनै अप्ठ्यारो नमानी त्यति बेला दुई सय रुपैया दिए । पैसा दिएपछि मेरो मनमा लाग्यो, फेरि डायलासिस गराउनु पर्दा उसले कसरी खर्च जुटाउने होलिन । किनकी डायलासिस हप्तामा दुई तिन पटक सम्म गराउनु पर्छ । यस्ता थुप्रै घटना देखे मैले ।

मिर्गौला फेल भएकै कारण कारण मैले जन्मदाता आमा गुमाए । यसरी मैले एकातिर आमा गुमाउदाको पिडा र अर्कोतिर मिर्गौला विरामी तथा उनीहरुका आफन्तका पिडा नजिकबाट बुजmे । मेरो भित्री मनदेखि नै मिर्गौलाका विरामीका लागि केही गर्नु पर्छ भन्ने लाग्यो । मैले यहाका चिकित्सकहरुलाई मेरो मनको कुरा सुनाए । आर्थिक अवस्था कमजोर भएका मिर्गौला विरामीहरुका लागि केही गरौ न भन्ने प्रस्ताव थुप्रै पटक राखे । तर कसैले पनि ध्यान दिएनन । म निरास नै भएकी थिए केही दिन त । एक दिन पशुपति नाथको दर्शन गर्न जादा पशुपति विकाष कोषका सदस्य सचिवलाई भने, मलाई आज नजिकबाट पशुपति नाथको दर्शन गराइदिनुस न ? प्राथना गर्नु छ । उनले मेरो आग्रह स्विकारेर नजिकबाट दर्शन गर्ने व्यवस्था मिलाइदिए । मैले पशुपति नाथसँंग भने, हे भगवान मलाई नेपालमा मसँंग मिलेर मिर्गौला विरामीका लागि काम गर्ने व्यक्ति पठाइदिनुहोस । दर्शन म घर फर्के । घर फर्केपछि ल्यापटप खोले त  मिर्गौला प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठको इमेल आइरहेको थियो । उनले भनेका थिए, म मिर्गौला विरामीको उपचारकालागि तपाईसँंग मिलेर काम गर्न तयार छु ।

मैले इन्टरनेट मार्फत आफुले गर्न चाहेको कामका बिषयमा जानकारी गराएकी थिए । त्यही जानकारी थाहा पाएपछि डा. पुकारले मलाई इमेल लेख्नु भएको रहेछ । त्यो दिन म यति धेरै खुशी भएकी त्यसको बर्णन नै गर्न सक्दिन । पशुपति नाथले नै मिर्गौला रोगीको उपचारका लागि डा. पुकारलाई पठाइदिएको लाग्यो । म भन्छु, उहाँ पशुपति नाथका बरदान हो । पैसाको पछि मात्र दगुर्ने जमानामा बेलायतको सुविधा सम्पन्न फ्रिम्यान हस्पिटल छोडेर सिप लिएर स्वदेश फर्कनु आफैमा ठूलो त्याग हो । उहाँ मिर्गौला प्रत्यारोपणविज्ञ नभएर कलेजो प्रत्यारोपण विज्ञ पनि हुनुहुन्छ । अब नेपालमै कलेजो प्रत्यारोपणको व्यवस्था पनि हुनु पर्छ । यसका लागि स्वास्थ्य सचिव ज्युले कानून परिवर्तन गर्नु परेपनि गर्नु पर्छ । सेवा सञ्चालन गर्नु पर्छ । डा. पुकार जस्ता राम्रो डाक्टर पाउनु हाम्रोलागि बरदान हो । पूर्व स्वास्थ्य सचिव डा. प्रविण मिश्र पाउनु हाम्रोलागि बरदान हो । पूर्व मुख्य सचिव लिलामणी पौडेल पाउनु बरदान हो । डा. मिश्र, पौडेल र डा. पुकारसँंग काम गर्दा मलाई सरकारप्रति आस्था बढेको छ । म र डा. पुकार सहित डा. कुलचन्द्र गौतम, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, डा. बिमल थापा, शुदर्शन राज पाण्डे, नविना श्रेष्ठ सहितको आरोग्य प्रतिष्ठानले विपन्न मिर्गौला विरामीका लागि केही गर्न सकेका छौ । सन् २०१० मा आरोग्य प्रतिष्ठान स्थापना भएपछि सबभन्दा पहिले अंग प्रत्यारोपण गर्नु अघि अंगदाता र ग्रहणकर्ताबिच म्याच हुन्छ की हुदैन भनेर गरिने देशकै पहिलो एचएलए ल्याव स्थापना गर्यौ । अहिलेसम्म यहाँ हजारौजनाको एचएलए परिक्षण भइसकेको छ ।

त्यसको स्थापनाले ब्लड म्याचिडका लागि भारत जानु पर्ने बाध्यता हट्यो । सस्तोमा यही सेवा पाए । प्रतिष्ठानले सस्तोमा डयलासिस सेवा पनि दिन थाल्यौ । जनरल प्याथोलोजी ल्यावले सस्तोमा विपन्न विरामीलाई सेवा दिइरहेका छौ । प्रत्यारोपण गरेका व्यक्तिहरुलाई आय आर्जन मूलक तालिम समेत दिने गरेका छौ । मिर्गौला रोग लाग्न नदिन चेतनामूलक कार्यक्रमलाई पनि सँंगसँगै अगाडि बढाएका छौ । अंग प्रत्यारोपितहरुले सेवन गर्नु पर्ने औषधिको मात्रा कति छ भनेर जाच गर्ने सेवा भर्खरौ आरोग्यले भित्र्याएको छ । यसबाट सयौं मिर्गौला प्रत्यारोपीले जाचका लागि विदेश जानु पर्दैन । मस्तिष्क मृत्यु भएका सयौं व्यक्तिका अंग झिकेर अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । नेपालमा अंग दान दिने र प्रयारोपण गर्नेको कमि छैन । मस्तिष्क मृत्यु सम्बन्धी कानून बनेर पास भइसकेको छ । यो ठूलो सफलता हो । अहिले सरकारले डाइलासिस सेवा र प्रत्यारोपण निशुल्क गरेको छ । यो राम्रो काम हो । म आफुलाई भाग्यमानी ठान्छु , यस किसिमको पुण्य कार्यमा हात हाल्न पाए । मिर्गौला विरामीलाई अझै गाहो छ । प्रत्यारोपणपछि औषधि सेवन गर्न समस्या छ ।  सरकारले कसरी हुन्छ विपन्नका लागि कम शुल्कमा औषधि दिन सकिन्छ यसमा पहल गर्नु पर्छ । म पनि यस काममा लाग्न तयार छु । अन्धकारलाई सराप्नु भन्दा आफैले बत्ती बाल्नु पर्छ । आरोग्यले यो क्षेत्रमा केही गरेर देखाएको छ । व्यक्तिले सक्छ भने सरकारले नसक्ने कुरै भएन । पद र शक्तिको प्रयोग शही किसिमले सही ठाउमा प्रयोग गर्नु पर्छ । पापले कमाएको पद र प्रतिष्ठा क्षणिक हुन्छ । सच्चा हृदयले गरेको सेवा दीर्घकालिन र सफल हुन्छ । मिर्गौला विरामीका लागि हृयददेखि नै सेवामा जुटौ । ( आनी प्रख्यात गायिका तथा आरोग्य प्रतिष्ठानकी अध्यक्ष हुन )

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यसरि बढाउछ चिसोले स्वास्थ्य समस्या
Next article यसरी कम गर्न सकिन्छ ५० प्रतिशत ब्लड प्रेसर 

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134436
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web