• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

यसरि बढाउछ चिसोले स्वास्थ्य समस्या

January 15th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यसरि बढाउछ चिसोले स्वास्थ्य समस्या

डा. प्रज्ञा आचार्य,

जाडो मौसम सुरु भएको छ । जाडोको आगमनसँगै लोअर रेस्पिरेटरी इन्फेक्सन तथा अपर रेस्पिरेटरी इन्फेक्सन देखा पर्छ । लोअर तथा अपर इन्फेक्सनअन्तर्गत रुघाखोकी, घाँटी दुख्ने, टन्सिलजस्ता समस्या सिर्जना हुन्छन् । जाडोमा तापमान घट्ने भएकाले रुघाखोकी, घाँटी खसखस हुने, घाँटी खप्प हुने आदि समस्या उत्पन्न हुनसक्छ । भाइरल तथा चिसोका कारण यस्तो हुन्छ । यो मौसममा धेरैजसोलाई लामो समयसम्म रुघाखोकी लाग्ने र निको हुन पनि धेरै समय लाग्नसक्छ । न्यानो गरी बसेर ताता खानेकुरा खाए रुघाखोकी आफै निको हुन्छ । कतिपय अवस्थामा भने औषधि नै खानुपर्ने हुन्छ । मुटु रोग, दम, निमोनियाजस्ता रोगले पनि जाडो मौसममै बढी सताउँछन् । जाडोको आगमनसँगै केही साधारण कुरामा ध्यान दिए धेरै रोगबाट जोगिन सकिने कुरा नारी मासिकमा उल्लेख गरिएको छ । ।

स्वास्थ्य समस्या

यो मौसममा श्वासप्रश्वासको समस्या बढी देखापर्छ । यस्तो वृद्धवृद्धामा बढी देखिन्छ । चिसो धेरै हुने भएकाले कम काम गर्दा पनि दम बढ्छ र अन्य समस्या पनि निम्तिन्छ । धेरै दम बढे मुटुमा पनि असर गरेर मुटुको समस्या थपिन सक्छ । त्यसैले जाडो मौसममा बूढाबूढीलाई चिसोबाट जोगाउनुपर्छ । रुघाखोकी पनि जाडो मौसमको अर्को मुख्य समस्या हो । यो समस्याले पनि अन्य समस्याको तुलनामा बालबालिका तथा वृद्धवृद्धालाई बढी सताउँछ । भाइरल संक्रमणका कारण रुघाखोकी लाग्छ । त्यसैले भाइरल संक्रमणबाट जोगिन रुघाखोकी लागेका मानिसको नजिक बस्नुहुँदैन । उनीहरूले प्रयोग गरिरहेका सामान प्रयोग गर्नुहुँदैन । शरीरलाई न्यानो राख्नुपर्छ । समय–समयमा तातोपानी तथा सुप पिइरहनुपर्छ ।

यसैगरी साना शिशु तथा बूढाबूढीमा निमोनियासमेत देखिनसक्छ । यो छातीमा हुने संक्रमण हो । भाइरस, ब्याक्टेरिया तथा फंगसको संक्रमणका कारण हुने यो रोग अन्य मौसमको तुलनामा जाडो मौसममै बढी देखा पर्छ । श्वासप्रश्वाससम्बन्धी समस्या तथा रुघाखोकीले एकसाथ सताउन सक्छ ।

जाडो मौसममा हाइपोथर्मिया पनि देखापर्छ । आफ्नो शरीरले उत्पादन गर्न सक्ने तापभन्दा छिटो ताप शरीरबाट बाहिरिनु नै हाइपोथर्मिया हो । धेरै चिसो ठाउँमा पातलो लुगा लगाएर काम गर्दा तथा चिसोको सम्पर्कमा धेरै समय बस्दा यो समस्या उत्पन्न हुनसक्छ । हाइपोथर्मिया हुँदा हातखुट्टा नीलो हुने, छोएको महसुस नहुने आदि हुन्छ । यसको उपचार समयमै नगराए ज्यानसमेत जानसक्छ ।

कार्बन मोनोअक्साइड पोइजनिङ

जाडो मौसममा चिसोका कारण

झ्यालढोका बन्द गरेर आगो तापिन्छ । हावा नछिर्ने गरी बन्द गरेर आगो तथा हिटर ताप्दा कोठामा कार्बन डाइअक्साइड तथा कार्बन मोनोअक्साइड नामक ग्यासको मात्रा बढ्छ र उक्त ग्यास धेरै समयसम्म शरीरमा प्रवेश गर्दा विभिन्न प्रकारका समस्या सिर्जना हुनसक्छन् । कतिपय अवस्थामा मानिसको मृत्युसमेत भएको समाचार हामीले पढ्दै–सुन्दै आएका छौं । जाडो मौसममा ग्यास गिजर प्रयोग गर्दा होस् वा हिटर ताप्दा हावा वारपार हुने स्थानमा बस्नु उपयुक्त हुन्छ ।

मनोवैज्ञानिक समस्या

जाडोमा अँध्यारो हुने र घाम धेरै नलाग्ने भएकाले मनोवैज्ञानिक समस्यासमेत देखापर्ने सम्भावना हुन्छ । अँध्यारोका कारण मुड डाउन हुन सक्छ । त्यसैले दिनहुँ केही समय घाममा बस्नुपर्छ । यसैगरी जाडो मौसममा छाला सुख्खा हुने, औंला सुन्निने जस्ता समस्या देखा पर्छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ‘स्वस्थ जीवनशैली परामर्श क्लिनिक’ शुभारम्भ
Next article मिर्गौला फेल भएकै कारण मैले आमा गुमाए, अब कसैले गुमाउनु नपरोस्

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133402
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

74
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

61
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web