• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

यस्तो छ एचआइभी÷एड्स महासंघको ११ बुँदे घोषणापत्र

January 22nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यस्तो छ एचआइभी÷एड्स महासंघको ११ बुँदे घोषणापत्र

चितवन, ८ माघ:राष्ट्रिय एचआइभी÷एड्स महासंघको दुईदिने भेला ११ बुँदे चितवन घोषणापत्र जारी गर्दै आइतबार यहाँ सम्पन्न भएको छ ।घोषणपत्रमा एचआइभी संक्रमितलाई परेका समस्या उजागर गरिएको छ । देशभरबाट भेला भएका संक्रमितका प्रतिनिधिले आ–आफ्नो क्षेत्रमा परेका समस्या उठान गरेपछि त्यसलाई निचोडका रुपमा घोषणापत्रमा समेटिएको हो ।

महासंघका अध्यक्ष अच्युत सिटौलाले संक्रमितले प्रयोग गर्दै आएको एआरभी औषधिको गुणस्तरदेखि उनीहरुमाथि गरिने व्यवहारसम्मलाई समेटेर घोषणापत्र तयार गरिएको बताउनुभयो ।घोषणापत्रमा संक्रमितले प्रयोग गरिररहेको औषधि गुणस्तरीय नभएको र त्यसबाट विभिन्न समस्या उत्पन्न भएको जनाइएको छ । औषधि सेवनबाट कलेजोमा असर देखिएको, महिलाको पाठेघरमा क्यान्सर देखापरेको, गाला सुक्ने र पेट फुल्ने समस्या देखिएको, मधुमेहको समस्या देखिएको जनाइएको छ ।

राज्यले गुणस्तरीय महँगो औषधि खरिद नगरेकाले समस्या भएको जनाइएको छ । घोषणापत्रमा ६५ प्रतिशतभन्दा बढी संक्रमितलाई क्षयरोग हुने गरेको भन्दै उनीहरुलाई अन्य क्षयरोगीका रुपमा मात्र उपचार गरेको र विशेष किसिमको उपचार हुन नसकेको उल्लेख छ । संक्रमितमा हेपाटाइटिस सीको उच्च जोखिम रहेको उल्लेख गर्दै संक्रमितमा हेपाटाइटिस सी देखिएपछि मृत्युदर उच्च हुने गरेको घोषणापत्रमा उल्लेख गरिएको छ । हेपाटाइटिस सी भएकालाई गुणस्तरीय उपचार गर्नुपर्ने माग गरिएको छ ।एक ठाउँबाट अर्काे ठाउँमा जाने संक्रमितको सङ्ख्या बढी हुने भन्दै जहाँ गयो त्यहाँ औषधि नपाउने कारण मृत्युदर बढेको घोषणपत्रमा उल्लेख छ । औषधि सेवनसँगै केही निको भएपछि संक्रमित मुख्य रुपमा भारततर्फ रोजगारीका लागि जाने भए पनि त्यहाँ औषधि नपाउने समस्या घोषणापत्रमा उल्लेख छ । तर भारतबाट नेपाल आएका संक्रमितलाई नेपालमा भने औषधि दिने व्यवस्था रहेको छ ।

संक्रमितप्रति मानवीय व्यवहार नभएको भन्दै मानवीय व्यवहारका लागि आग्रह गरिएको छ । अस्पतालमा उपचार हुँदा, स्कुलमा शिक्षा लिँदा, कार्यक्षेत्रमा काम गर्दा समेत फरक व्यवहार भएको घोषणापत्रमा जनाइएको छ । जन्मदैमा एचआइभी संक्रमित भएर जन्मिएका बालबालिकाको हेरचाहमा सहयोग नभएको उल्लेख छ । संक्रमितका समस्यालाई अर्थपूर्ण रुपमा लिएर राज्य र दातृ निकायले सहयोग गर्नुपर्ने उनीहरुको माग रहेको छ ।अध्यक्ष सिटौलाले चितवन घोषणापत्रलाई सरोकारवाला निकायसँग छलफल गरी सरकारलाई बुझाउने बताउनुभयो । देशभरका झण्डै एक सयजना प्रतिनिधि सहभागी भई दुई दिनसम्म छलफल गरेका थिए । नेपालमा ३३ हजार हाराहारी संक्रमित रहेको अनुमान छ । जसमध्ये २६ हजार दर्ता भएका छन् भने १३ हजारले औषधि सेवन गरिरहेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डिप्रेशनबाट बच्न दही सेवन
Next article ‘साबुनपानीले हात धुने’ विषयमा पीएचडी 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 25th 7:19 AM
समाचार

चर्को विरोधपछि डा.गोविन्द केसी अनसन छोडेर सेती प्रादेशिक अस्पताल भर्ना

Jul 24th 7:43 AM
समाचार

डा. केसीविरुद्ध सुदूरपश्चिममा विरोध चर्कियो, संघर्ष समितिले दियो प्रतिअनशनको चेतावनी

Jul 23rd 10:28 AM
समाचार

५ बुँदे माग राख्दै धनगढीबाट डा. गोविन्द केसीले सुरु गरे अनसन

Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133581
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

114
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

110
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web