• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

यौनसम्पर्कको समय कति हुनु पर्छ ?

January 23rd, 2018 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यौनसम्पर्कको समय कति हुनु पर्छ ?

डा. राजेन्द्र भद्रा,

यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा कतिपय बाह्य तथा आन्तरिक कुराहरूमा भर पर्छ । किन्सेले गरेको अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको दुई मिनेटभित्रै ७५ प्रतिशत पुरुषले चरमसुख पाएको देखिएको थियो । पुरुषले योनिमा लिङ्ग प्रवेश गराएदेखि वीर्यस्खलनसम्मको समयलाई Intravaginal Ejaculation Latency Time भनिन्छ । यो समय व्यक्ति–व्यक्तिअनुसार फरक–फरक हुन्छ र एक व्यक्तिको पनि फरक–फरक समयमा फरक–फरक हुन सक्छ । सामान्यतस् उमेर बढ्दै जाँदा उक्त समय केही घट्छ । एक अध्ययनले सालाखाला यसको समय ५ दशमलव ४ मिनेट रहेको देखाएको छ ।

यहाँ भनिरहनु पर्दैन कि यौनसम्पर्कको समय व्यक्ति, जोडी अनि परिस्थितिअनुरूप फरक–फरक हुन्छ । Journal of Sexual Medicine मा गरिएको एक अध्ययनमा sex therapist ले १–२ मिनेटको यौनसम्पर्कको समयलाई ‘धैरै छोटो’, ३–७ मिनेटको समयलाई ‘पर्याप्त’ अनि ७–१३ मिनेटको समयलाई ‘वाञ्छनीय’ मानिएको छ ।नेपालमा नेपालीले यौनसम्पर्क राख्ने समय कति हुन्छ भन्ने अध्ययन भएको जानकारी मलाई छैन, त्यसैले बाहिरका अध्ययनलाई नै आधार मान्नुपर्ने हुन्छ तर महत्वपूर्ण कुरा यौनसम्पर्क भनेपछि योनिमा लिङ्ग पसाएपछि मात्र सुरु हुने कुरामा सीमित हुने सोचभन्दा वाहिर आउनुपर्छ । तपाईं वा तपाईंकी श्रीमतीलाई राम्रोसँग यौन उत्तेजनामा आउन लाग्ने समयलाई पनि ख्याल गर्नुपर्ने हुन्छ अनि सबैभन्दा मुख्य कुरा यौनसम्पर्कमा संलग्न दुवै जना यस्ता यौनसम्पर्कको समयावधिलाई लिएर सन्तुष्ट हुनुपर्छ ।

 कसरी लामो समयसम्म यौनसम्पर्क राख्ने ?

सर्वप्रथम त तनावरहित हुन आवश्यक छ । तनाव, चिन्ता अनि विशेष गरेर यौन सक्षमताको चिन्ताले यसमा कुनै सहयोग गर्दैन । यौन साथीलाई आफ्नो यौन क्षमता प्रदर्शित गर्नुपर्ने दबाब भए समस्या थप चर्को हुन सक्छ । यौनसम्पर्कको समय छोटो हुने समस्यालाई कम गर्न आफैंले गर्न सकिने केही उपाय अपनाउन सकिन्छ ।

यौनसम्पर्क रोक्ने–सुरु गर्ने : यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै योनिबाट लिङ्ग झिकेर केही बेर यौन क्रीडा रोक्ने र उत्तेजना केही कम भएपछि पुनस् सुरु गर्ने ।

आसन परिवर्तन गर्ने : लोग्नेमान्छे माथि र महिला तलको सट्टा महिला माथि बसेर सक्रिय भै यौनसम्पर्क गर्दा पनि स्खलन रोक्न मद्दत मिल्छ ।

 लिङ्ग अँठ्याउने : यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अँठ्याउने र वीर्य स्खलन हुन नदिने । उत्तेजना केही कम भएपछि पुनस् यौनक्रीडा सुरु गर्ने ।

कन्डमको प्रयोग : कन्डमको प्रयोगवाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेला चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्‍याउँछ ।

मांसपेशीको प्रयोग : पिसाब आउँदा रोक्न प्रयोग हुने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके फाइदा मिल्छ ।

श्रीमती सन्तुष्ट नभएको कुरा

तपाईंकी श्रीमती सन्तुष्ट नभएकै हो वा तपाईंलाई त्यस्तो लागेको मात्र हो भन्ने कुराअनुसार फरक–फरक समाधान हुन सक्छ । तपार्इंकी श्रीमतीमा यौनेच्छा बढी भएको पनि हुन सक्छ । यो कुरा तपाईंहरूबीचको सम्बन्धको सुमधुरता मात्र होइन, शारिरीक तथा मानसिक स्थितिमा पनि भर पर्छ । महत्वपूर्ण कुरा के छ भने यौनसम्पर्कवाट मात्र महिलाले यौन सन्तुष्टि प्राप्त गर्ने होइन । महिलाले कसरी यौन सुख प्राप्त गर्न सक्छन् भन्ने कुरामा ध्यान दिने मात्र होइन, त्यसमा संलग्न पनि हुनुपर्छ ।

महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग ‘भगाङ्कुर’ बाहिरतिरै हुन्छ । त्यसलाई हात वा औंलाले चलाएर यौन चरमसुख प्राप्त गर्न सहयोग गर्न सकिन्छ । योनि अर्को महत्वपूर्ण अङ्ग हो । यसको बाहिरतिरको भाग यौन संवेदनशील हुन्छ । योनिमा केही पसाई त्यसबाट घर्षण गराएर आनन्द प्राप्त गर्न सकिन्छ । स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण अनि चलाउने जस्ता क्रियालापमा संलग्न हुन सकिन्छ । त्यसबाहेक अन्य नयाँ प्रयोग गर्न सकिन्छ ।

यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई साथसाथै चरमसुख प्राप्त गर्न मद्दत गर्छ । दुवैले एकसाथ चरमसुख प्राप्त गर्नु सजिलो कुरा होइन र यही नै हुनुपर्छ भन्ने पनि छैन । साथसाथै चरम सुख प्राप्त भएन भनेर पीर गर्नुपर्ने आवश्यता छैन, पालैपालो यौन चरमसुख प्राप्त गरे पनि हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोल्ड डाइरियाबाट यसरी बच्ने ?
Next article यस्तो छ बालबालिकाको खोप कार्डको महत्व

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134332
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web