• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 4th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

कुष्ठरोगको उपचारमा आनन्दवन संसारमै अब्बल : डा. नापित

January 25th, 2018 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कुष्ठरोगको उपचारमा आनन्दवन संसारमै अब्बल : डा. नापित

कुष्ठरोग उपचारका लागि स्वदेशमा मात्र नभएर विदेशमा पनि ख्यातिप्राप्त अस्पताल आनन्दवन लेप्रोसी हस्पिटलको  मेडिकल डाइरेक्टर हुन् डा. इन्द्र नापित । उनी बिगत एक दशकदेखि आनन्दवनमा कुष्ठरोगीको उपचारमा दत्तचित्त भएर लागेका छन् । आनन्दवन कुष्ठरोगीको उपचारका लागि देशको एकमात्र रिफरल हस्पिटल हो । लेप्रोसी मिसन नेपालले सञ्चालन गरेको यो अस्पतालमा ८० शैया कुष्ठरोगीका लागि छुट्याइएको छ । र कुष्ठरोगीका सबै उपचार नि : शुल्क हुन्छ । कुष्ठरोगको आधुनिक उपचार र शल्यक्रिया सिक्न विदेशी समेत यहाँ  आउँछन् । अस्पतालले दर्जनौं देशका चिकित्सकलाई कुष्ठरोगमा रिकन्ट्रिभ सर्जरीसम्बन्धी तालिम दिने गरेको छ । कुष्ठरोग, यसको उपचार, चुनौति र संभावनका विषयमा डा. नापितसँग हेल्थ टुडेले गरेको संक्षिप्त कुराकानी :

कुष्ठरोग खासमा हुन्छ कसरी ?

कुष्ठरोग न पूर्व जन्मको फल हो न वंशानुगत रोग हो । खानपानका कारणले लाग्ने रोग पनि होइन यो । यो रोग कीटाणुबाट हुने अरू सरुवा रोगजस्तै हाम्रो आँखाले देख्न नसकिने ससाना कीटाणुको कारणले गर्दा लाग्छ । जसलाई माइक्रोब्याक्टेरियम लिप्रे भनिन्छ । स्वास्थ्य मानिसको शरीरमा कुष्ठरोगको कीटाणुले प्रवेश गरेपछि त्यस मानिसको रोग निरोधक शक्तिले ती कीटाणुहरूलाई मार्न सकेन भने यो रोग शरीरमा कुष्ठरोगको कीटाणुले प्रवेश गरेपछि त्यस मानिसको शरीरको रोग निरोधक शक्तिले ती कीटाणुहरूलाई मार्न सकेन भने यो रोग लाग्छ ।

 कसरी थाहा पाउने कुष्ठरोग भएको ?

रोग लाग्दा मानिसको शरीरमा रोगका केही लक्षण देखा पर्छन् । तर एउटै व्यक्तिमा ती सबै चिन्ह र लक्षणहरू देखा नपर्न पनि सक्छ । छालामा रातो वा फुस्रो रङको दाग आएका शंका गर्न सकिन्छ । अनुहार वा शरीरको अन्य भागमा गिर्खा देखा परेमा, आँखी भौं झरेमा वा पातलो भएमा, हात खुट्टाका औंलाहरू बांगो भएमा र हात र पौतालामा नदुख्ने घाउ भएमा कुष्ठरोगको आशंका गर्नुपर्छ । यसका अलावा लगातार हातगोडा झम्झम् गर्ने, हातगोडा पोल्ने र खुट्टा कमजोर हँुदै हिँड्दा चप्पल खुट्टामा नअडिने जस्ता यो रोगको लक्षण हुन्छन् । तर यी लक्षणका भरमा कसैलाई कुष्ठरोग हो वा होइन सजिलै भन्न सकिँदैन । त्यसका लागि स्वास्थ्यसंस्था गएर चेकजाँच गराउनु पर्छ ।

 कस्तो अवस्थामा यो रोग सर्छ ?

सबै कुष्ठरोग लागेका व्यक्तिबाट अरूलाई यो रोग सर्दैन । धेरै कीटाणु भएका र उपचार सुरु नगरेका कुष्ठरोगहरूबाट मात्र अरूलाई सर्न सक्छ । यो रोग श्वासप्रश्वासबाट सर्छ । धेरै कीटाणु भएको बिरामी र उपचार नलिएको रोगीले श्वास फेर्दा वा हाछ्यु गर्दा कुष्ठरोगका कीटाणु रोगीको शरीरबाहिर आउँछन् र निरोगी व्यक्तिले श्वास लिँदा उसको शरीरमा प्रवेश गर्छन् । यसरी यो रोग सर्छ । यसबाहेक शारीरिक सम्पर्क गर्दा यो रोग सर्दैन । रोगीले प्रयोग गरेका भाँडाकुँडा, लुगा प्रयोग गर्दा सर्दैन । आमा बिरामी भए पनि गर्भमा रहेको बच्चालाई समेत यो रोग सर्दैन ।

 आनन्दवन अस्पताल आउने कुष्ठरोगीको संख्या घट्दो छ कि बढ्दो ? 

जुन रूपमा घट्नुपर्ने हो त्योअनुसार घट्न सकेको छैन । ओपीडीमा मात्र वर्षमा पाँच हजारदेखि सात हजार बिरामी आउँछन् । नेपालमा बर्सेनि करिब तीन हजार कुष्ठरोगका नयाँ बिरामी फेला पर्ने गरेका छन् । तीमध्ये गम्भीर प्रकृतिका डेढ सयभन्दा बढी नयाँ बिरामी हरेक वर्ष उपचारका लागि आनन्द वन अस्पताल आउँछन् ।

अस्पतालमा कुष्ठरोगीका लागि कति शय्या छन् ?

अस्पतालका कुल एक सय १० शय्यामध्ये ८० शय्या कुष्ठरोगीका लागि छुट्याइएको छ । बाँकी ३० शय्या हाडजोर्नी तथा अन्य बिरामीका लागि छन् । ७१ शय्यामा जुनसुकै बेला पनि कुष्ठरोगका बिरामी हुन्छन् ।

अस्पतालमा कुष्ठरोगीले सबै सेवा निःशुल्क पाउँछन् होइन त ?

हो । सबै उपचार सेवा आनन्दवन अस्पतालले निःशुल्क उपलब्ध गराउँछ ।  त्यसका अलावा घर फर्कने बेला नेपाल सरकारले एक हजार रुपैयाँसमेत उपलब्ध गराउने गरेको छ । सरकारले पनि पछिल्ला वर्ष कुष्ठरोगलाई प्राथमिकता दिन थालेको छ । यो खुसीको कुरा हो ।

कहाँ कहाँका बिरामी आउँछन् आनन्दवनमा ?

देशभरिकै मात्र नभएर भारतबाट समेत गम्भीर प्रकृतिको उपचारका लागि यहाँ कुष्ठरोगका बिरामी आउँछन् । पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्मका बिरामी आउँछन् । कुष्ठरोगीका लागि आनन्दवन देशको एकमात्र रिफरल अस्पताल हो । यहाँ गम्भीर प्रकृतिका बिरामीको उपचार हुुन्छ ।

अस्पतालका अहिलेका चुनौती के के हुन् ?

भूकम्पपछि चुनौती थपिएका छन् । अस्पतालका अधिकांश भवनमा क्षति पुग्यो । अहिले नयाँ निर्माणको क्रममा छन् । उपकरण धेरै पुरानो भइसकेका छन् । तिनीहरूलाई प्रतिस्थापन गर्दैछौं । नेपालमा कुष्ठरोग निवारण भइसक्यो भन्दै दातृ निकायको सहयोग कम हुँदै गइरहेको छ । तर बिरामीको संख्या कम हुन सकेको छैन । अझै पनि सयौं बिरामी लुकेर बसेका छन् । उपचारमा आएका छैनन् । उनीहरूलाई जनचेतना जगाउनु आवश्यक छ । त्यसमा पनि हामी लागेका छौं । देशभरिका बिरामीको भार कम गर्न अहिले तीनवटा स्याटिलाइट क्लिनिक (ललितपुर, बुटबल र चन्द्रनिगाहपुर) सञ्चालन गरेका छांै । दाताको सहयोगमा मात्र सबै उपचार सम्भव छैन । सरकारले पनि बजेट विनियोजन गर्नु आवश्यक छ ।

विदेशमा पनि कुष्ठरोग उपचारका लागि आनन्दवन अस्पताल प्रख्यात छ भनिन्छ । त्यो कसरी ?

हो, कुष्ठरोग उपचारका लागि हामी संसारमै चिनिएका छौं । चिकित्साशास्त्रका अन्य विधामा हामी तालिम लिन विदेश जान्छांै । तर कुष्ठरोगको आधुनिक उपचार र शल्यक्रिया सिक्न विदेशी नेपाल आउँछन् । हामीले दर्जनौं देशका चिकित्सकलाई कुष्ठरोगमा रिकन्ट्रिभ सर्जरीसम्बन्धी तालिम दिइसकेका छौं । यसका साथै हामी गएर विदेशमा पनि तालिम दिन्छौं । गत वर्ष बंगलादेश गएर यससम्बन्धी तालिम दिएका थियांै भने यो वर्ष म्यान्मारका चिकित्सकलाई तालिम दिने योजनामा छौं ।

भविष्यको योजना के छ अस्पतालको ?

हामी गुणस्तरीय सेवा दिन्छौं । गुणस्तरमा कुनै कम्प्रोमाइज गर्दैनांै । त्यसैले गुणस्तर कायम राखेर आधुनिक उपचार सेवा प्रदान गर्नु हाम्रा लागि चुनौती पनि हो भविष्यको योजना पनि । कम्प्लिकेसन म्यानेजमेन्ट सर्भिसको यो अस्पताल एक मात्र केन्द्र हो । दाताको सहयोग घट्दै गए पनि हामीले अस्पताललाई आत्मनिर्भर बनाएर अहिलेका सेवालाई अझ गुणस्तरीय र आधुनिक बनाउनु आवश्यक छ । त्यसका लागि हामीले आफैं आत्मनिर्भर हुने कार्यक्रम अगाडि बढाउँदै छौं । त्यसका लागि कुष्ठरोगबाहेकका सेवा जस्तै हाडजोर्नी, बालरोग, स्त्रीरोग, छाला रोग, फिजियोथेरापीलगायतका विशेषज्ञ सेवा सञ्चालन गर्न र त्यसबाट प्राप्त हुने रकमलाई कुष्ठरोगीको उपचारमा खर्च गर्ने योजना अगाडि बढाएका छौं ।

 आनन्दवनमा विगत एक दशकदेखि कुष्ठरोगीको सेवामा समर्पित हुनुहुन्छ । आफ्नो पेसाप्रति कति सन्तुष्ट हुनुहुन्छ ?

म आफ्नो पेसा र मैले गरिरहेको कामप्रति पूर्ण सन्तुष्ट छु । आनन्दवन आउनुभन्दा पहिले म मिसन अस्पताल पाल्पामा कार्यरत थिएँ । सुरुवातमा त अलि अल्मलमा परेको थिएँ । आनन्दवन बसेर कुष्ठरोगीको सेवामा लाग्न मलाई मेरी धर्मपत्नीले ठूलो प्रेरणा र प्रोत्साहन दिइन् । कतै पनि निको नभएका गम्भीर प्रकृतिका कुष्ठरोगीको उपचार गरेर निको बनाएपछि जुन खुसी उनीहरूको अनुहारमा मैले देख्छु त्यो नै मेरा लागि संसारको सबैभन्दा ठूलो कमाइ जस्तो लाग्छ । अस्पतालमा काम गर्ने वातावरण छ । गुणस्तरीय सेवा दिन कुनै कम्प्रोमाइज गर्नु गर्दैन । सेवासुविधा राम्रो छ । यी सबै कारणले म मेरो पेसाप्रति सन्तुष्ट छु ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोल्ड डाइरियाबाट यसरी बच्ने ?
Next article विवाह सम्बन्धी कानूनमा कुष्ठरोगीलाई अपमान गरेको भन्दै विरोध

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131641
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web